काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० छ। तेजाबी सुन शुक्रबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।