काठमाडौं– बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले छापा मारेको छ।
मुम्बईको एक जहाजमा लागूऔषधको प्रयोग र व्यापारसहितको पार्टीमा संलग्न रहेको पाइएपछि गिरफ्तार गरिएका आर्यन खानसँगको ह्वाट्सएप च्याटमा पाण्डेसँग कुराकानी भएको पाइएपछि एनसीबीले उनको घरमा पनि छापा मारेको हो।
एनसीबीले पाण्डेको घरमा छापा मारेर उनलाई सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०१९ मा बलियडमा डेब्यू गरेकी पाण्डेले थुप्रै महंगा प्रोजेक्टहरुमा काम गरेकी छिन्। बलिउडका हस्ती चंकी पाण्डे र भावना पाण्डेकी छोरी अनन्या र शाहरुख खानका छोरा आर्यन खान साथी हुन्। आर्यनको मोबाइलको छानबिन गर्दा एनसीबीले अनन्यासँग लागूऔषधको बारेमा कुराकानी भएको पाएको थियो।
हाल लागूऔषधको मुद्दामा पक्राउ परेका आर्यन जेलमा छन्। मुम्बईको जिल्ला अदालतले उनको जमानतका लागि दिइएको निवेदन अस्वीकार गरेपछि रिहाइका लागि आर्यनको पक्ष उच्च अदालतमा निवेदन दिएको छ। उक्त निवेदनमा अक्टोबर २६ मा सुनुवाइ हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।