काठमाडौं- क्रुज ड्रग्स पार्टीमा लागुऔषधको मुद्दामा आरोपित पाइएका शाहरुख खानका छोरा आर्यन खानको मुद्दामा आज फैसला हुँदै छ।
भारतको मुम्बईस्थित एनडीपीएस अदाललमा बीबी पाटिलको इजालसले १३ र १४ अक्टोबरमा बहस गरेको थियो। आज आर्यन अब जेलमा बस्ने वा धरौटीमा रिहा हुने भन्नेबारेमा फैसला हुनेछ।
अदालतले आर्यनको मुद्दामा फैसला गर्ने दिन अर्को नयाँ खुलासा भएको छ। आर्यनले बलिउडमा भर्खर प्रवेश गरेकी एक अभिनेत्रीसँग लागुऔषधको विषयमा कुरा गरेको खुलेको छ। भारतको राष्ट्रिय लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले आर्यनले ती अभिनेत्रीसँग ह्वाट्सएपमा गरेको कुराकानी फेला पारेको हो।
एनसीबीले फेला पारेको च्याटका कारण आर्यनले रिहाइ पाउने सम्भावना कम देखिएको छ। ती अभिनेत्रीसँग आर्यनले गरेको कुराकानी अदालतमा प्रमाणको रुपमा पेस गरिएको छ। सँगै ती अभिनेत्री पार्टीमा पनि उपस्थित भएको एनसीबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।