काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार)को लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढी हो।
यसअघि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। यसअघि एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।