complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

झलकमानको गीतले नेपाल तानिएका घुमन्ते गायक

64x64
युवराज भट्टराई बुधबार, कात्तिक ३, २०७८  ०७:०४
1140x725

काठमाडौं– उनी आफूलाई संगीतको अध्येता मान्दैनन्, तर लोकगीतबारे अनुसन्धान गरिरहन्छन्। नयाँ ठाउँ पुगेर त्यहाँको लोकगीत संकलन गर्नु, गाउनु उनको काम बनेको छ। विभिन्न देशका लोकगीतहरुलाई उनले पुनःजन्म दिएका छन्। उनी लोकगीतलाई ‘माटोको धुन’ मान्छन्।

उनी हुन् अर्को मुखर्जी।

भारतीय नागरिक मुखर्जीले धेरै नेपाली गीत गाएका छन्। कलकत्ता बस्छन्। तर, नेपाली लोकगीतबारे अध्ययन गरिरहन्छन्। उनका ‘कभर’ गीतहरु युट्युबमा चर्चित छन्। ‘रेशम फिरिरि’, झलकमान गन्धर्वले गाएको ‘अल्लारे नानी’, ‘तिम्रो नै माया’ लगायत गीतमार्फत उनी नेपाली स्रोतामाझ चिनिएका हुन्।

मुखर्जी आफूलाई ‘ट्राभलिङ म्युजिसियन’ अर्थात् ‘घुमन्ते संगीतकार’ मान्छन्। ह्वाट्स एपमार्फत सम्पर्कमा आएका मुखर्जी भन्छन्, ‘अनुसन्धान भनेको प्राज्ञिक काम हो। म यो क्षेत्रमा पर्छु जस्तो लाग्दैन। म संगीतलाई माया गर्ने मान्छे चाहिँ हुँ। कलालाई प्राज्ञिक रुप दिनु धेरै महत्वपूर्ण काम हो।’

मुखर्जी सांगीतिक परिवारमा जन्मिए। उनका बुबाआमा दुवै शास्त्रीय गायक थिए। बुबा मजदुर वर्गको व्यथा बोकेका गीत गाउँथे। आमा बंगलादेशबाट शरणार्थीको रुपमा भारत आएकी थिइन्। आमाले पनि मजदुर र भु्ईंमान्छेका गीतहरुलाई बढी महत्व दिन्थिन्। ‘म आमाबुबाले विभिन्न ठाउँमा गाएको गीत सुन्दै हुर्किएँ,’ मुखर्जी भन्छन्, ‘उहाँहरुले लोकगीत गाउनुहुन्थ्यो। हरेक ठाउँको गीतलाई उत्तिकै प्रेम गर्नुपर्छ भन्ने भावना उहाँहरुले नै उमारिदिनुभयो।’

बाल्यकालबाटै लोकगीततर्फ आकर्षित भएका मुखर्जीले यसैलाई आफ्नो क्षेत्र ठाने। त्यसमा थोरै आधुनिकता मिसाए, तर मौलिकता मर्न दिएनन्। लोकगीतमा मान्छेको कथा हुने भएकाले त्यसैलाई सुनाउन यो क्षेत्र रोजेको उनी बताउँछन्। मुखर्जी भन्छन्, ‘लोकगीत त्यस्तो गीत हो, जुन संसारमा त्यहीँको माटोसँग मिल्ने हुन्छ। शास्त्रीय संगीत पनि लोकसंगीतकै आधारमा निर्माण हुन्छन्। तर, लोकगीतको शास्त्रीय संगीतसँग कुनै लेनादेना छैन। लोकगीत लोकको भएकोले आफ्नो माटोसँग मात्रै सरोकार राख्छ।’

नेपाली लोकगीतमा लगाव
९–१० वर्षको उमेरमा उनी पहिलो पटक नेपाल आए। इलामको सन्दकपुरमा उनको भेट अर्जुन शेर्पासँग भयो। अर्जुनले नै उनलाई पहिलो पटक चर्चित नेपाली लोकगीत ‘रेशम फिरिरी’ सुनाए। मुखर्जी भन्छन्, ‘त्यसपछि हरेक वर्ष म नेपाल घुम्न आएँ। काठमाडौंमा विनय मोक्तान भन्ने साथीले मलाई धेरै नेपाली गीतसँग परिचित गराए।’

सन् २०१६ मा मुखर्जी फेरि नेपाल आए। ट्याक्सीमा काठमाडौंको कुनै गल्लीमा पसिरहँदा चालकले बजाएको गीतमा उनको ध्यान गयो। अनि सोधिहाले, ‘यो कसको गीत हो?’

Ncell 2
Ncell 2
nimb
nimb

तर, चालकले आफूलाई थाहा नभएको बताए। मुखर्जी भन्छन्, ‘त्यति राम्रो लोकगीत गाउने कलाकार को होला भन्ने लाग्यो। चालकले पुरानो कलाकार भएको जानकारी दिए।’ उनले ट्याक्सीमा सुनेको गीतका दुई शब्द याद गरेका थिए– तिम्रो र माया। उनले युट्युबमा यी शब्दबाट गीत खोजे। नेपाली साथीभाइलाई पनि सोधे।

त्यो गीत थियो झलकमान गन्धर्वले गाएको ‘तिम्रो नै माया लाग्दछ साइँली।’

त्यसपछि उनले झलकमानबारे खोज्न सुरु गरे। खोज्दै जाँदा उनका गीतहरूको एउटा एल्बम नै पाए। ‘त्यसलाई मैले दुई सयभन्दा बढी पटक सुनेँ होला। झलकमानको स्वरमा नेपाली बास्ना आउँछ। उनको स्वरले नेपाली माटोको कथा भन्छ,’ मुखर्जीले भने।

झलकमानको गीत मात्र नभएर उनले अन्य धेरै लोक र आधुनिक गीत गाएका छन्। उनको कभर सङ ‘रेशम फिरिरी’ त युट्युबमा ५० लाखभन्दा धेरै पटक हेरिएको छ। उनले गाएको झलकमानको ‘तिम्रो नै माया’ बोलको गीत पनि ४८ लाखभन्दा धेरै पटक हेरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूले बाल्यकालमा बाबुआमाबाट सुनेका गीतहरुको मिठास सम्झिएर नेपाली गीतहरुमा प्रस्तुति दिने गरेको मुखर्जी बताउँछन्। तर, उनलाई कहिल्यै लागेको थिएन, आफूले गाएका गीत यति धेरै लोकप्रिय हुन्छन्। विदेशी लवजमा गाइएका नेपाली गीतलाई स्रोताले खूबै मन पराए। 

‘लोकगीत भनेको सधैं उत्पत्ति भइरहने संगीत हो, कहिल्यै हराउँदैन,’ उनी भन्छन्, ‘लोकगीत एकै ठाउँमा बस्दैन, मान्छेसँगै बसाइसराइँ गर्छ। मान्छे जुन माटोमा पुग्छ लोकगति त्यहिँ पुगिहाल्छ। मैले नेपाली लोक गीतलाई विश्वमाझमा पुर्‍याएको होइन, पहिल्यै भएको चीज गाएको हुँ।’

विश्वभरिका २१ भाषाका गायक
मुखर्जीले २१ भाषामा गीत गाएका छन्। तीमध्ये अफ्रिकामा बोलिने पाँच भाषा पनि छन्। स्पेनिस, पोर्चुगिज र सबैजसो दक्षिण एसियाली भाषामा गाइसकेका छन्। विभिन्न ठाउँ पुगेर फरक भाषाका तर नसुनिएका लोकगीत सुनाउने जमर्को गरेको उनी बताउँछन्। ‘कुनै पनि कुरालाई विश्वव्यापीकरण गर्न आवश्यक छैन। लोकगीतको आफ्नो मौलिकता हुन्छ। पुग्नुपर्ने ठाउँमा यो आफैं पुग्छ। म नसुनिएका लोकगीतलाई कानसम्म पुर्‍याउने एउटा माध्यम मात्रै हुँ,’ उनी भन्छन्।

मुखर्जीले आफ्ना गीत थोरै मात्र गाएका छन्। धेरैजसो अरुले संकलन गरेका लोकगीत नै गाएका छन्। दुई वर्षअघि मात्रै ‘बोन्धुर बारी’ नामको एल्बम सार्वजनिक गरेका थिए। एल्बममा बंगाली भाषाका तीन लोकगीत, एउटा उनले नै रचना गरेको गीत र एउटा नेपाली गीत छन्। ‘बोन्धुर बारी’को अर्थ ‘साथीको घर’ हुन्छ। उनी भन्छन्, ‘मैले यो एल्बम मेरा तमाम साथीहरुको लागि निकाले, जसले मेरो गीत सुन्छन्। यसमा झलकमान गन्धर्वकै ‘बाला जोबन’ बोलको गीत पनि संग्रहित छ।’

उक्त एल्बम युट्युबमार्फत सार्वजनिक भएको थियो। नेपाली दर्शकले यो एल्बममा संग्रहित ‘बाला जोवन’ गीतलाई पनि निक्कै रुचाएका छन्। अरुले संकलन गरेका र गाइसकेका लोकगीतलाई गाउँदै हिँड्ने उनी आफ्नै मौलिक गीत निकाल्न भने आवश्यक नरहेको ठान्छन्। 

‘लोकगीतको पिता’का रुपमा चिनिने अमेरिकी गायक पिट सिगरको उदाहरण दिँदै उनी भन्छन्, ‘उनले जीवनभर १२ हजार गीत गाए, रेडर्क गरे। तर, तीमध्ये ९८ प्रतिशत लोकगीत थिए। मलाई अरुले संलकन गरेको लोकगीत गाएर आफू हराउँछु वा आफ्नो परिचय बन्दैन भन्ने डर छैन। मलाई बनाउनु पनि छैन।’

मुखर्जी अहिले आफ्नै देश भारतमा छन्। कोलकातामा बसेर संगीत साधनामा व्यस्त छन्। कोभिडका कारण बाहिर निस्किन नपाउँदा आफूले निस्सासिएको अनुभव गरेको उनको भनाइ छ। ‘फेरि कुनै ठाउँ पुगेर त्यहाँको माटोको कथा भन्न मन छ, त्यहाँको लोकगीत गाउन मन छ। अब फेरि विस्तारै यात्रामा निस्किन्छु, सडकमा हिँड्छु। नेपालमा आएर केही समय बिताउने, लोकगीत गाउने योजना छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्