काठमाडौं– बिगबोसको नवौं शृङ्खलाबाट चर्चामा आएकी बलिउड अभिनेत्री युविका चौधरीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत जातीय विभेद गरेको आरोपमा चौधरीलाई भारतको हरियाणा प्रहरीले सोमबार पक्राउ गरेको हो।
अभिनेत्री चौधरीका वकिल अशोक विष्नोइले सञ्चारमाध्यमलाई बताएअनुसार भारतको उच्च अदालतले दिएको आदेश अनुसार चौधरी छानबिनमा सामेल भएकी हुन्। हाललाई प्रहरीले पक्राउ गर्नुअघि उनी अस्थायी रुपमा रिहा गरेको विष्नोइले बताएका छन्।
हरियाणा प्रहरीले चौधरीलाई गत मे महिनामा पक्राउ गरेको थियो। दलित अधिकारका अभियन्ताहरुले उनीविरुद्ध प्रहरीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो। त्यत्ति बेला अस्थायी रुपमा रिहा पाएकी उनलाई प्रहरीले सोमबार पुनः पक्राउ गरेको हो।
चौधरीले एक भिडियोमा जातीय विभेद हुने किसिमको टिप्पणी गरेकी थिइन्, जुन सार्वजनिक हुन साथ भाइरल भएको थियो। उक्त घटनापछि सामाजिक सञ्चालमा युविका चौधरीलाई पक्राउ गर्नुपर्ने भन्दै ट्रेण्ड चलेको थियो। पछि उक्त विषयमा सामाजिक सञ्जालमार्फत नै चौधरीले माफी मागे पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।