काठमाडौं– बडा दशैंको मुख्य दिन आज विजया दशमीको अवसरमा घर–घरमा टीका लगाइसकेकाहरु आफन्त तथा मान्यजन्य र ठूलाबडाबाट टीका लगाइ आशीर्वाद ग्रहण गर्न जान थालेका छन्।
यसबीच नेपाली कलाकारिता क्षेत्रका कलाकारहरुले पनि आफूले परिवारसँग टिका लगाएका छन्। सामाजिक सञ्जालमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले दशैंको टिका लगाएको तस्बिर राखेका छन्।

अभिनेत्री, निर्माता तथा निर्देशक दिपा श्री निरौलाले यो वर्षको दशैं विराटनगरमा मनाएकी छिन्। आफ्नो सामाजिक सञ्जालमा टिकाको तस्बिर राख्दै निरौलाले यो वर्षको दशैं विराटनगरमा मनाएको जानकारी दिएकी हुन्।
त्यस्तै, अभिनेत्री केकी अधिकारीले आफ्नो बुबाआमाको हातबाट टिका लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन्।

अर्कि अभिनेत्री ऋचा शर्माले पनि दशैंको टिका लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन्। गत महिना मात्रै उनले छोरालाई जन्म दिएकी थिइन्। सामाजिक सञ्जालमार्फत आफ्नो छोरासँगको पहिलो दशैं भएको बताउँदै ऋचाले दशैंका तस्बिर राखेकी छिन्।

अभिनेता भुवन केसीले पनि दशैं मनाएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। भुवन केसीले अभिनय गरेको फिल्म ‘डाँडाको वरपिपल’ यो वर्ष दशैंमा प्रदर्शन समेत भएको थियो।

भुवनले छोरा अनमोल केसीलाई टिका लगाइरहेको फोटो सामाजिक सञ्जालमा राख्दै दशैंको शुभकामना दिएका छन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।