• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
पुस्तक-अंश

आमालाई बुहारी चाहियो, तर म ‘छोरो’ थिइनँ

भूमिका श्रेष्ठ शनिबार, असोज ३०, २०७८  १८:३२
1140x725

दिदीको विवाह भइसकेको थियो। दाजुको कुनै भर थिएन। ममीको उमेर पनि ढल्कँदै थियो। म पहिचान र अधिकारको सङ्घर्षमा होमिएकी मान्छे, कहिले कहाँ त कहिले कहाँ? घरमा सघाउने मान्छे थिएन।

उता, आममानिसको दृष्टिमा म ‘तन्नेरी’ अनि आफ्नो अनुभवमा तरुनी भइसकेकी थिएँ। ममीलाई मेरो अवस्था थाहा थियो। तैपनि भन्नुभयो, ‘बाबु, बाहिर जेसुकै गर्, घरमा एउटी बुहारी त जसरी पनि चाहियो। तेरो कोही छ भने भन् नत्र म खोज्छु।’

ममीले घरायसी कामकाजका लागि मात्र बुहारी खोज्नुभएको थिएन, मलाई ‘छक्का’, ‘हिजडा’ भन्दै हेप्ने छिमेकी र आफन्तको मुखमा बुजो लगाइदिन चाहनुहुन्थ्यो।

‘बाहिर जसरी हिंड्छस् हिँड्, घरका लागि एउटी बुहारी भित्र्याइदे, दुनियाँको मुख टाल्न यति गर्नैपर्छ बाबु,’ उहाँ भन्नुहुन्थ्यो।

म सुनेको नसुनेझैँ गर्थें।

नेपालभाषामा पारिवारिक जीवन सफल बनाउन नसाः, तिसाः र सुसाः व्यवस्थापन गर्न सक्नुपर्छ। नसाः अर्थात् खानपान, तिसाः अर्थात् घरजग्गा-गहना। यी दुई कराको जसोतसो व्यवस्थापन हुने भए पनि सुसाः अर्थात यौनसुख कुनै केटीप्रति झुकाब नभएको मबाट सम्भव थिएन। म त तेस्रो लिङ्गी हुँ।

झट्ट हेर्दा केटीजस्तो देखिन्थें। साथी पनि धेरै केटीं थिए। तर, उनीहरूप्रति मेरो कुनै आकर्षण थिएन। छोरोलाई धेरै केटीले घेर्न थालेको महसुस गरिरहनुभएकी ममीलाई भने कुन केटी ल्याउने होला भन्ने पिर परेछ।

‘म कुनै हालतमा केटीसँग विवाह गर्दिनँ। आफैँ केटी भएकाले केटा पाए मात्र विवाह गर्छु,’ ममीलाई जवाफ दिएँ।

Ncell 2
Ncell 2
nimb
nimb

पछि केही छिमेक र आफन्तले ममीलाई सम्झाएछन्, ‘यसको इच्छाविपरीत जबरजस्ती केही नभन्नू, तेस्रो लिङ्गी, समलिङ्गीहरूको छुट्टै स्वभाव हुन्छ। इच्छाविपरीत गराए जे पनि हुन सक्छ।’

ममीले कर गर्न छाड्नुभयो।

‘मैले किन विवाह गर्नुपर्‍यो, म तपाईलाई कमाएर खुवाइहाल्छु नि। बुहारीले गर्ने काम सबै गरिहाल्छु,’ उहाँलाई ढाड्स दिएँ।

लैङ्गिक पहिचान लुकाएर बिहे गर्दा धेरै महिला, पुरुष र हाम्रो समुदायको परिवार भताभुङ्ग भएको, आत्महत्यासम्मका घटना थाहा पाएकी थिएँ। ममीलाई पनि त्यस्ता घटना सुनाउँथें।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसबीच मसँग विवाहको प्रस्ताव लिएर थुप्रै केटी आए। विभिन्न तरिकाले ‘इग्नोर’ गर्दै गएँ। आफ्नो लैङ्गिक पहिचानका कारण उनीहरुलाई धोका दिन चाहिनँ। भगवानले जस्तो लैङ्गिक विशेषता दिए त्यहीअनुसार हिँड्न चाहेँ। आखिर म मात्र अपवाद थिइनँ। नेपालमै पनि मजस्ता फरक यौनिक तथा लैङ्गिक विशेषताका १३ प्रतिशत मानिस एकत्रित भइसकेका छन्। संगठित हुने क्रम अझ बढ्दै छ।

आखिर मेरो कुरामा ममी सहमत हुनुभयो। घरमा बुहारी भित्र्याउने कुरा त्यत्तिकै सेलायो।

-यो लेख हामीले भूमिका : तेस्रो लिङ्गीको आत्मकथाबाट लिएका हौँ। पुस्तकमा यो लेखको शीर्षक ‘आमालाई चाहियो बुहारी’ छ।

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्