काठमाडौं– यो वर्ष विजया दशमीको टीका भोलि (शुक्रबार) छ। घटस्थापनादेखि नै सुरु भएको दशैं नेपालका हकमा अर्थतन्त्रलाई चलायमान बनाउने पर्व पनि हो।

टीका लगाउनका लागि शहर बस्नेहरु पनि घर (गाउँ) फर्किन्छन्। दशैं नयाँ समान (लुगादेखि खानेकुरासम्म) किनमेल गरिने पर्व पनि हो।
दशैंका बेला संघीय राजधानी काठमाडौं सुनसानजस्तै हुन्छ। दशैंको घटस्थापनादेखि फूलपाथीसम्म थामिनसक्नु भिड हुने काठमाडौं असन, भोटाहिटी लगायतका बजार टीकाको दिन नजिकिएसँगै सुनसान बन्दै गएका छन्।

असनमा भने टीकाको अघिल्लो दिन नवमी (बिहीबार) पनि किनमेल जारी छ। भिडमा किनमेल गर्न नआएकाहरु नवमीको दिनसम्म बजार आइरहेका छन्।
भिडभाड केही कम देखिए पनि दशैंको 'अन्तिम किनमेल' गर्ने मानिसले बिहीबारसम्म असनमा चहलपहल छ।

दैनिक उपभोग्य सामग्रीदेखि तरकारी, दशैं विशेष किनमेलका सामग्री बेचिने असनका फुटपाथ पसलदेखि सटरमा भएका पसल सबैतिर गाह्रकको चहलपहल देखियो बिहीबार पनि।

'नुनदेखि सुनसम्म' पाइने असनका प्राय सबै पसलहरुमा बिहीबार पनि मानिसहरुको चहलपहल देखियो।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।