काठमाडौं– भारतीय अभिनेता अनुपम खेर यति बेला नेपालमा छन्। सुरज वर्जत्यले निर्देशन गरिरकेको फिल्म ‘उचाइँ’का लागि खेरसहित बोमन इरानी, परिणीति चोडपा लगायतको टोली नेपाल आएको हो।
नेपालमा रहेका खेरले लुक्लाका बालबालिकालाई आफ्नी आमाले बुनिदिएको स्वेटर उपहारमा दिएका छन्। फिल्मको छायांकनको क्रममा लुक्ला पुगेका उनले त्यहाँका बालबालिकालाई आफ्नी आमाले बुनिदिएको स्वेटर उपहारको रुपमा दिएका हुन्।
स्वेटर दिइरहेको भिडियो ट्विट गर्दै खेरले लेखेका छन्, ‘आमाले बालबालिकाको लागि स्वेटर बुनिदिनु भएको थियो। उहाँले मैले आफैंले दिनु भन्नुभयो। लुक्लामा मैले बालबालिकालाई बोलाएर उनीहरुलाई मन परेको रंगको स्वेटर लैजान भनेँ। उनीहरु स्वेटर लगाउन पाउँदा खुसी थिए।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।