काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई बधाई तथा फाइनल खेलका लागि शुभकामना दिएका हुन्।
'साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु,' प्रधानमन्त्री देउवाले भनेका छन्।
समूह चरणको अन्तिम खेलमा आज बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।