• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किराँतीहरुको दशैँ बहिस्कार : राजनीतिक कि धार्मिक?

64x64
विश्वरसिंह मेवाहाङ बुधबार, असोज २७, २०७८  ११:०४
1140x725

जब दशैँ सुरु हुन्छ, ‘दशैँ बहिस्कार अभियान’का पोष्टले सामाजिक संजालका भित्ता भरिन थाल्छ। यस्तो लाग्छ, दशैँ बहिस्कार पनि दशैँजस्तै एक पर्व हो। यो ‘बहिस्कारको पर्व’ धुमधामका साथ नै मनाइन्छ। 

हरेक वर्ष असोज लागेपछि केही आदिवासी जनजातिहरु दशैँ बहिस्कारको बहस सुरु गरिहाल्छन्। विशेष गरी किराँती समुदाय यसमा संलग्न हुन्छन्। दशैँ सकिएपछि बहिस्कारको बहस पनि सकिन्छ।

किराँतीहरुले दशैँ बहिस्कार गर्ने सबैभन्दा बलियो आधार भनेको मुन्धुम हो। मुन्धुम किराँतीहरुको समग्र जीवनशैलीको दर्शन हो। मुन्धुममा दशैँ चाडबारे कहीँ कतै केही पनि उल्लेख भएको पाइँदैन। त्यसैले मुन्धुममा उल्लेख नभएको पर्व मनाउन जरुरी पनि भएन।

विश्वरसिंह मेवाहाङ

तर, यथार्थ यस्तो छैन। मुन्धुममा दशैँबारे कुनै श्लोक वा दन्त्यकथा नभए पनि अधिकांश किराँतीहरुले मनाउँदै आइरहेका छन्। दशैँमा किराँतीहरुले सेतो टीका लगाउँछन्। मीठो खाने, राम्रो लगाउने, आफन्तजन भेट्नेजस्ता काममा पनि किराँतीहरु अरुभन्दा कम छैनन्। यस्तो पनि देखिन्छ कि, एक हातले दशैँ बहिस्कारको नारा लेख्ने, अर्को हातले टीका लगाइदिनेहरु पनि छन्।

ऐतिहासिक आधार हेर्ने हो भने, नेपाल एकीकरण हुनुपूर्व किराँतीहरुले दशैँ मनाउने गरेको भेटिँदैन। किराँतीहरु मात्र होइन, विभिन्न बाइसे, चौबिसे राज्यहरुमा बसोबास गर्ने जातजतिहरुले आ–आफ्नो धर्म, संस्कारअनुसारकै चाडपर्व मनाउँथे। एकीकरण पश्चात् धार्मिक र सांस्कृतिक रुपमा सिंगो देशलाई एकताबद्ध बनाउन राज्यसत्ताद्वारा निश्चित भाषा, धर्म र संस्कृतिलाई स्थापित गर्ने रणनीति लियो।

फलस्वरूप आदिवासी जनजातिहरुको मौलिक भाषा, धर्म र संस्कार राज्यबाट अपहेलित भए। बहिष्करणमा पर्दै गए। राज्यसत्ताद्वारा तोकिएको भाषा, धर्म र संस्कारहरुले राज्यबाटै संरक्षण पाएपछि प्राथमिकतामा पर्दै गए। दशैँ पनि यही सिलसिलामा स्थापित भएको चाड हो।

तत्कालीन अवस्थामा स्थानीय प्रशासकको रुपमा राई, जिम्मावालको व्यवस्था गरिएको थियो। राई, जिम्मावाल पद पाएकाहरुले अनिवार्य दशैँ मनाउन पर्ने, नवदुर्गाको पूजा गर्नुपर्ने, नवमीमा मार हान्न पर्ने र दशमीको दिन राई जिम्मावालको घरमा रैतीहरु टीका थाप्न जानु पर्ने नियम बसाइयो। यो नियम पालन गरे नगरेको थाहा पाउन राई जिम्मावालहरुले मार हानेको रगतको पञ्जा छाप घरको भित्तामा लगाउनु पर्ने हुन्थ्यो।

यसरी बलात लादिएको चाडको विरोध नभएको पनि होइन। दशैँ बहिस्कार गर्दा धनकुटामा दुई जना आठपहरियाहरु रामलिहाङ र रिदमालाई १९४२ सालमा राणाहरुले फाँसी नै दिए (राजकुमार दिक्पाल, आदिवासी विद्रोह)। तर, अधिकांश किराँतीहरुले दशैँलाई स्वीकार गरेको पाइन्छ। यसको दुईवटा मुख्य कारण छन्– पहिलो हो, राई जिम्मावालको घरमा क्षेत्री बाहुनसमेत रैतीको रुपमा टीका थाप्न जानुपर्ने भएकोले किराँतीहरुले शासकीय अभ्यास गर्न पाउने तथा थोरै भए पनि ‘ठालु’ हुन पाउने भए। दोस्रो, वर्ष दिनभरिको दुःख, पीडा र संघर्ष भुलेर रमाइलो गर्ने, मीठो खाने, राम्रो लगाउने, भेटघाट गर्ने फुर्सदिलो समय प्राप्त हुने। यसको लागि राज्यले नै बिदाको व्यवस्था गरिदिने र दशैँ खर्चको व्यवस्थासमेत गरिदिएकै छ।

Ncell 2
Ncell 2
nimb
nimb

दशैँ : धार्मिक कि सांस्कृतिक चाड?
हिन्दू धर्मावलम्बीहरुको लागि दशैँ धार्मिक चाड नै हो। तर, अचेल दशैँ धार्मिक मात्र नभइ सांस्कृतिक चाड भइसकेको छ। किनभने यो हिन्दूको मात्र नभइ समस्त नेपालीकै चाड भएको छ। धार्मिक चाडको रुपमा हिन्दूहरुले दशैँलाई घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म विभिन्न धार्मिक अनुष्ठानका साथ मनाउँछन्। जमरा राख्ने, फुलपाती भित्र्याउने, नवदुर्गाको पूजा गर्ने, टीका लगाउने, कोजाग्रत गर्ने आदि कार्य धार्मिक चाडको रुपमा हिन्दूहरुले अभ्यास गरिरहकै छन्। यसको सांस्कृतिक अभ्यास भने अन्य धार्मिक सम्प्रदायले गर्छन्।

दशैँको सुरुवात नै सांस्कृतिक रुपमा भएको हो। धार्मिक रुपमा दशैलाई मनाउने हो भने चैत महिनामा मनाउनु पर्ने हुन्छ (विष्णु प्रभात, कसरी भयो टीका, जमरा र बली?)। रावणमाथि रामको विजयको खुसियालीमा दशैँ मनाउन थालिएको हिन्दू मिथक छ। त्यो चैत महिनामा पर्छ। तर, चैतमा खडेरी, गर्मी, धुवाँ, धुलो, अनिकाल आदि प्रतिकुल अवस्था भएपछि अनुकूल मौसमको खोजीमा दशैँ शरद् ऋतुमा सारियो। 

यो बेला स्वच्छ मौसम हुने, हिलो मैलो नहुने, अन्नबाली र फलफूल पाक्न थाल्ने, नदीनाला सुक्दै जाने भएकोले पारिवारिक भेटघाटको लागि उपयुक्त मौसम हुन पुग्यो। सुरम्य मौसमको कारण धार्मिक अनुष्ठानभन्दा बढी खुसियाली साटासाट, पारिवारिक जमघट, आफन्त भेटघाट, नाचगान र खेलकुदजस्ता क्रियाकलापको लागि दशैँ महत्त्वपूर्ण बहाना भयो।

दशैँ चाड मात्र नभएर एकता, सद्भाव र मित्रताको पर्व पनि हुँदै गइरहेको छ। घर छोडेर परदेश गएकाहरु फर्कने अनुकूल समय दशैँ नै हो। वर्षौँ परदेशमा बिताएकाहरु घर फर्कँदा दशैँकै मौका पार्छन्। पढाइ र रोजगारका लागि गाउँ छाडेर शहर गएकाहरु पनि दशैँमा नै गाउँ फर्कन्छन। दशँैको बेला शहर रित्तो जस्तै हुन्छ। यति बेला गाउँ घर बस्नलायक र वर्षभरिकै सबैभन्दा रमाइलो हुन्छ।

७० प्रतिशत जनता कृषिमा आश्रित भएको मुलुकमा वर्षायाममा हुने खेतीपातीको थकाइ मेट्ने अवसर पनि दशैँ नै हो। असार साउनमा लगाएको अन्नबाली पाक्नै लागेको बेला दशैँ आउने हुनाले कृषकहरुमा हर्ष बढाइ हुन्छ। कतिपय मानिसहरुले मीठो खान र राम्रो लगाउन दशैँलाई नै पर्खिबसेका हुन्छन्। बालबालिकालाई दशैँमा नयाँ लुगा लगाएर हिड्नुको मजा नै बेग्लै हुन्छ। 

मनोरञ्जनको प्रशस्त साधन नभएको उहिलेको समयमा नाचगान, खेलकुद र नाटकहरु गर्ने उचित समय दशैँ नै हुन्थ्यो। रोटेपिङ, लिंगेपिङ, मेला र बजारले गाउँघरको रौनकता उच्चतम् विन्दुमा पुगेको हुन्छ। कतिपयको लागि जुवा तास जस्ता प्रतिबन्धित खेल ‘फुकुवा’को समय पनि दशैँ नै हो। यी सारा क्रियाकलाप दशैँको धार्मिक पक्ष अन्तरगत् पर्दैनन्। बरु, दशैँका सांस्कृतिक क्रियाकलाप हुन्।

दशैँलाई धार्मिक हिसाबमा बहिस्कार गर्न सकिए पनि सांस्कृतिक रुपमा बहिस्कार गर्न सकिने अवस्था छैन। किराँतीहरु दशैँको धार्मिक अनुष्ठानसँग सरोकार राख्दैनन्। घटस्थापनामा जमरा राख्ने र दशमीमा टीका थाप्नेबाहेक अरु क्रियाकलाप छाड्दै गइरहेका छन्। नवदुर्गाको पूजा गर्ने, फुलपाती भित्र्याउने, नवमीमा मार हान्ने र कोजाग्रत गर्ने जस्ता अनुष्ठानहरु किराँतीहरुले गर्दैनन्। बरु दशैलाई कतिपय किरातीहरुले छुट्टै साँस्कृतिक पर्वको रुपमा विकास गर्दै लगिरहेको पाइन्छ।

त्यो वर्षभरिमा बिहेवारी भएका छोरी चेलीहरुको दशैँमा छुट्टै ‘दशैँ रित’ गर्ने चलन छ। बिहेको दिनजस्तै दशैँमा पनि सुँगुरको फिला र पेरुङ्गोमा सुँगुरको मासु च्यापेर बुढापाकासहित छोरीचेलीहरु दशैँमा माइतीघर जाने चलन छ। अष्टमीको दिन किराँतीहरुले आफ्नो घरमा पालेको सुँगुर काट्छन्। उनीहरु सुँगुरको मुटु, कलेजो, मृगौला, कान जिब्रो, आन्द्रा आदि मासुलाई छिमेकमा बाँडेर खाने गर्छन्।

अधिकांश किराँतीलाई दशैँ आफ्नो चाड होइन भन्ने थाह छ। तर, यही सांस्कृतिक महत्वको कारण आज जसले बहिस्कारको अभियान चलाइरहेको छ, उसैले दशैँको टीकाबाहेक अरु क्रियाकलाप बहिस्कार गर्न सकिरहेको छैन। तैपनि दशैँलाई चट्ट छाड्न सकेका छैनन। नेपालमा मात्र होइन देश बाहिर सिक्किम, दार्जिलिङ, भुटान र बर्मामा समेत जहाँ नेपाली भाषी छन्, त्यहाँ दशैँ धुमधाम मनाउने गर्छन्। 

बहिस्कारको ‘राजनीति’
प्रत्येक वर्ष सोह्र श्राद्ध लागेपछि दशैँ बहिस्कार अभियान्तहरुले अभियान सुरु गर्छन्। उनीहरु कुनै एक संस्था वा दलसँग आबद्ध हुन्छन्। उनीहरुको एक मात्र तर्क छ– ‘दशैँ हिन्दूहरुले लादेको चाड हो।’ तर, उनीहरुले बहिस्कार गर्न खोजेको मुख्य कुरा चाहिँ टीका मात्र हो। त्यसैले बहिस्कारवालाहरुले दशमीमा कालो टीका लगाएर विरोध गरेको संकेत गर्छन्।

‘के दशैँमा टीका लगाउनु हिन्दूकरण नै हो त?’ यो विषयमा छोटो चर्चा गर्न जरुरी छ।

सबै हिन्दूहरुले दशैँ मनाउछन्, तर सबैले नै टीका लगाउँदैन। नेपालका मधेसी समुदायका हिन्दूहरुले टीका लगाउँदैनन्। उता भारतमा पनि ९६ करोडभन्दा बढी हिन्दूहरुले दशैँमा टीका लगाउँदैन। जहाँ नेपाली छन, त्यहाँ भने टीका लगाउने चलन छ। दशैँमा टीका लगाउनु पहाडे नेपालीहरुको मौलिक पहिचान हो। त्यसैले हिन्दूको विरोध गर्न दशैँमा टीका बहिस्कार गर्नुको कुनै औचित्य छैन। अर्थात टीका लगाउनुलाई मात्र दशैँ मान्ने कुरा नै गलत छ।

दशैँका अनेकौँ धार्मिक र सांस्कृतिक आयाम छन्, जसलाई न बहिस्कार गरेर सकिन्छ, न त्यस्तो अवस्था नै छ। अर्कोतर्फ हिन्दूको चाड भनेर दशैँ बहिस्कार गर्नेहरुले तिहार, छठ, कुसे औँसी, गुरु पुर्णिमा, कृष्ण जन्माष्टमी, महाशिवरात्री आदि हिन्दू चाडपर्वलाई बहिस्कार गरेको पाइँदैन। अझ भन्ने हो भने नेपालीहरुको मौलिक पर्वहरुको विरुद्ध विकसित हुँदै गइरहेको क्रीसमसजस्तो आयातित पर्वको समेत विरोध गरेको पाइँदैन।

राजनीतिक रुपमा २०४७ सालदेखि दशैँ बहिस्कार आन्दोलन भएको थियो। तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव गोरेबहादुर खपाङगीले बहिस्कार आन्दोलन चलाएका थिए। दशैँको रातो टीका र क्षेत्री–बाहुनबारे उनले गरेको टिप्पणी यति विषाक्त थियो कि, त्यसले तत्कालीन समाजमा निकै हलचल मच्चायो। उनको आन्दोलनले पुर्वी पहाडको किराँती समुदाय (राई र लिम्बू)मा गहिरो छाप पनि पारेको थियो।

तर, २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले खपाङ्गीलाई ‘शाही मन्त्री परिषद्’को सदस्य बनाएपछि उनले दशैँमा राजाको हातबाट रातो टीका लगाए। अनि उनको बहिस्कार आन्दोलन समाप्त भयो। अहिले मंगोल नेशनल अर्गनाइजेसनका अध्यक्षा डा. गोपाल गुरुङले त्यस्तै आन्दोलनको नेतृत्व गरिरहेका छन्। उनका कार्यकर्ताहरु दशैँमा कालो टीका लगाएर सांकेतिक विरोध गर्छन्। 

वास्तवमा दशैँ बहिस्कार एक ‘राजनीतिक फण्डा’ मात्र भएको छ। राजनीतिक रुपमा कुनै व्याक्ति वा समूहलाई जनतासम्म पुग्न दशँै बहिस्कारको राजनीतिले सजिलो बनाएको छ। दशैँ मान्न र नमान्न दुवैमा सबैलाई स्वतन्त्रता छ। तर, कसैले मानिआएको चाडपर्व बहिस्कार गर्नू चाहिँ राजनीतिक फण्डा हो। अझ ‘आफ्नो पर्व होइन’ भन्नेहरुले बहिस्कार गर्नुको त झनै अर्थ रहँदैन। के हिन्दू वा मुसलमानले ‘क्रिसमस बहिस्कार’ गर्नुको अर्थ हुन्छ?

दशै मान्ने वा नमान्नेबारे स्वतन्त्र हुन सकिन्छ। तर, ‘बहिस्कार’को नाराले अराजकता र असहिष्णुता निम्त्याउँछ। समाजमा द्वन्द्व मात्र जन्माउँछ। तर, यसमा राज्य पक्ष पनि संवेदनशील हुनुपर्छ। किनभने बहिस्कारको राजनीतिका पछि केही तथ्यहरु भने छन्।

विगतमा राज्यसत्ताले अवलम्बन गरेको एकल धार्मिक नीतिको कारण आदिवासी जनजातिको धार्मिक र सांस्कृतिक सम्पदाहरु ओझेलमा परेकै हुन्। त्यसैको आक्रोशको रुपमा दशैँ बहिस्कारको राजनीति चलिरहेको छ। यसलाई अस्वाभाविक मान्न पनि सकिँदैन।

अहिले पनि राज्य सत्ता जनजातिहरुको भाषा, धर्म, संस्कारप्रति अनुदार नै छ। हिन्दू धर्मअनुसारका महत्वपूर्ण चाडपर्वमा राष्ट्रिय बिदा घोषणा गरिएको छ, तर जनजातिहरुको मौलिक चाडपर्वमा सम्बन्धित जनजाति समुदायलाई मात्र स्थानीय बिदा दिइन्छ। जब राज्य सत्ताबाट विभेद हुन्छ, स्वभावैले विद्रोह र आक्रोश उठ्छ। दशैँ बहिस्कार पनि यही विद्रोह र आक्रोशको श्रीङ्खला हो।

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  ११:०४
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बादी सोमबार, भदौ २९, २०८३
पशुपतिका चारवटै ढोका खुला, ९ हजार बढीले गरे दर्शन सोमबार, भदौ २९, २०८३
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्