complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसको पहिलोदेखि १३औं महाधिवेशनसम्म : सभापतिमा को-को थिए प्रतिस्पर्धी?

64x64
लिलु डुम्रे शनिबार, कात्तिक ६, २०७८  २१:२१
1140x725

काठमाडौं- नेपाली कांग्रेसका विगतका १३ वटा महाधिवेशनलाई फर्केर हेर्दा आसन्न महाधिवेशनमा सभापतिको दाबी गर्ने सर्वाधिक संख्या हुने संकेत देखिएको छ।

सभापतिमा दाबी गर्नेले एकलाई अर्कोले स्वीकार्ने स्थिति हालसम्म बनेको छैन। सभापतिको उम्मेदवारीबाट पछि हट्न शीर्ष तहका नेता तयार नभएकाले प्रतिस्पर्धा दुई जनामा सीमित हुने देखिँदैन। वर्तमान सभापति शेरबहादुर देउवा सोही पदमा दोहोरिन चाहेका छन्। १३ औं महाधिवेशनमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका अर्का स्वाभाविक प्रत्यासी हुन्। संस्थापन समूहबाट विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

संस्थापनइतरको पौडेलपक्षमा सभापतिको दाबी गर्ने संख्या संस्थापनमा भन्दा बढी छ। पौडेलसहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालाले उम्मेदवारी दिने बताएका छन्। सोही समूहबाट सुजाता कोइरालाले अन्य नेता पछि नहट्ने भए आफू पनि नहट्ने भन्दै सभापतिको दाबी गरेकी छन्।

तेस्रो धारका रुपमा चिनिएका नेता कृष्णप्रसाद सिटौलाले औपचारिक रुपमा घोषणा नगरेपनि सभापतिका आकांक्षी हुन्। गत महाधिवेशनमा उनी तेस्रो स्थानको मत ल्याएर दोस्रो चरणमा पुग्न सकेनन्।

संस्थापनइतरकै रुपमा रहेका युवा नेता कल्याण गुरुङ पनि सभापतिको दौडमा छन्। उनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरिसकेका छन्।

विगतका १३ वटा महाधिवेशनमा सभापतिको प्रत्यासीको आधारमा हेर्दा १४ औं महाधिवेशनमा सभापतिमा धेरै जना भिड्ने देखिन्छ।

विगतका १३ वटा महाधिवेशनमा सभापतिमा को-को भिडे?

प्रथम महाधिवेशन
२००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो। त्यसै सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रुपमा लिने गरिन्छ। उक्त सम्मेलनले सर्वसम्मतिले नै टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो। आचार्य नेपाल प्रजा परिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति बनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वेश्वरप्रसाद कोइराला उक्त कार्यसमितिको कार्यवाहक सभापति बने। सभापति हुने इच्छा डिल्लीरमण रेग्मीको थियो। उनको नामलाई अन्य नेताले प्रस्ताव नगरेपछि सभापतिको दौडमा उनी रहेनन्।

दोस्रो महाधिवेशन
२००३ साल फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुर हड्ताल भएको थियो। हड्तालको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए। उक्त मजदुर आन्दोलनको नेतृत्व गर्न बीपी कोइराला विराटनगर पुगेका थिए। फागुन २६ मा उनी पक्राउ परे।

बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न २००३ चैत २७ र २८ मा जोगवनीमा पार्टी प्रतिनिधिहरुको सम्मेलन बोलाइयो। कार्यकारी सभापतिका रुपमा मातृकाप्रसाद कोइरालाई चयन गरिएको थियो।

तेस्रो महाधिवेशन
२००५ फागुन १८ मा दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसले तेस्रो वार्षिक अधिवेशन गर्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त महाधिवेशनमा बीपीलाई नै सभापति बनाउने माग पनि उठेको थियो। तर, उनको अवस्था निश्चित थिएन। तसर्थ, मातृकाप्रसाद कोइरालालाई नै सभापति बनाइयो। सभापतिको आकांक्षीमा गोपालप्रसाद भट्टराई पनि थिए।

चौथो महाधिवेशन
२००६ चैत २७ मा भएको चौथो महाधिवेशन पनि भारतमा भएको थियो। कोलकत्ताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरियो। उक्त महाधिवेशनमा विगतका सम्मेलनमा सहभागी भएका प्रतिनिधि सहभागी भएका थिए। तीन सय प्रतिनिधिसहित सम्मेलन दुई दिनसम्म चलेको थियो।

सोही सम्मेलनले दलको नयाँ नाम ‘नेपाली कांग्रेस’ राखेको थियो। सभापति मातृकाप्रसाद कोइराला चयन भए।

पाँचौ महाधिवेशन
पाँचौं महाधिवेशन भने जनकपुरमा गरिएको थियो। २००९ जेठ १० देखि १२ सम्म पाँचौं महाधिवेशन भएको थियो।

पाँचौं महाधिवेशनमा नेतृत्वको विषयले तनावपूर्ण अवस्था बनेको थियो। मातृकाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नहुने त्यसअघि नै बताएका थिए। बीपीलाई सघाउने बताए पनि मातृकाले आफूले मनोनयन गरेको नाम कानुनी रुपमा फिर्ता लिएनन्। एक पक्षले मातृकालाई नै सभापति बनाउनुपर्ने माग गर्‍यो। विवाद बढेपछि झडपसमेत भयो। तनावपूर्ण स्थितिमा भएको मतदानमा सभापतिमा बीपी नै विजयी भए। उनले २९८ मत प्राप्त गरेर विजयी भए। मातृकाले ६८ मत ल्याएका थिए।

छैटौं महाधिवेशन
२०१२ माघमा कांग्रेसको छैटौं महाधिवेशन भएको थियो। सभापतिमा सुवर्ण शमसेर राणा चयन भए भने गणेशमान सिंहले पराजय भोगेका थिए। छैटौं महाधिवेशनपछिको कार्यसमितमा सभापतिमा सुवर्णसमशेर जबरा, महामन्त्रीद्वयमा विश्वबन्धु थापा र डा. तुलसी गिरी रहे। त्यस्तै, सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मा, गिरिजाप्रसाद कोइराला थिए।

विशेष महाधिवेशन
कांग्रेसको इतिहासमा विशेष महाधिवेशन पनि भएको छ। २०१४ सालको जेठमा विशेष महाधिवेशन विराटनगरमा भएको थियो। जसबाट बीपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बने। महामन्त्रीमा डा तुलसी गिरी र  विश्ववन्धु थापा चयन भएका थिए।

७ औं महाधिवेशन
काठमाडौंको महाराजगंजस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ मा सातौं महाधिवेशन गरिएको थियो।

सभापतिको प्रत्यासीमा बीपी र भूदेव राई थिए। ६ सयभन्दा बढी प्रतिनिधि रहेको महाधिवेशनले बीपीलाई नै सभापतिमा चयन गर्‍यो। बीपीले सभापतिका अर्का उम्मेदवार राईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

कांग्रेसको सातौं महाधिवेशन भएको आठ महिनामै अर्को महाधिवेशन गर्नुपरेको थियो।

२०१७ पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेपछि प्रधानमन्त्री तथा पार्टी सभापति बीपी कोइरालासहित गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेता जेल परे। संयोगवश राजाले 'कू' गर्दा सुवर्ण शमशेर भारत भ्रमणमा थिए। शीर्ष तहका नेताहरु जेल परेपछि उनले सोही वर्ष माघमा भारतको पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन बोलाए। त्यही सम्मेलनले उनलाई कार्यवाहक सभापति पनि चयन गर्‍यो।

२०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो। रिहा भएका बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए।

८औं महाधिवेशन
बहुदलीय व्यवस्था पश्चात् सरकारको नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार भएकै बेला २०४८ फागुन १ देखि ३ सम्म आठौं महाधिवेशन आयोजना गरिएको थियो। उक्त महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए। सभापतिमा भट्टराईको मात्रै एकल उम्मेदवारी परेको थियो। भट्टराई सभापतिमा निर्विरोध चयन भएका थिए।

९औं महाधिवेशन
नेपाली कांग्रेसले आफ्नो नवौं महाधिवेशन २०५३ वैशाख २६ देखि २८ सम्म काठमाडौंमा आयोजना गरेको थियो। सभापतिका प्रतिस्पर्धी गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरि जोशी थिए।

कुल खसेको १४१० मत मध्ये कोइरालाले ११४४, वाग्लेले २५४ र रामहरि जोशीले १२ मत पाएका थिए। कोइरालाले पाएको मत ८१ प्रतिशतभन्दा बढी हो। गणेशमान सिंह यस महाधिवेशनमा उपस्थित नहुनु अर्को ऐतिहासिक परिघटना बन्यो।

१० औं महाधिवेशन
दशौं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धामा फेरि कोइराला अघि सरे। कोइरालासँग सभापतिमा भिड्न शेरबहादुर देउवा पनि अघि बढे। अघिल्लो महाधिवेशनमा तेस्रो स्थानको मत ल्याएका रामहरी जोशी पनि सभापतिका प्रत्यासी भए।

१४७७ मतदाताबाट सभापतिमा ९३६ मत सहित कोइराला नै दोहोरिए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए।

११ औं महाधिवेशन
११ औं महाधिवेशन हुँदै गर्दा कांग्रेस विभाजित अवस्थामा थियो। प्रजातान्त्रिक कांग्रेसको नेतृत्व देउवाले गरेका थिए।

मुल कांग्रेसतिर कोइरालालाई चुनौती दिन सक्ने नेता थिएनन्। २०६२ भदौ १४ देखि १७ सम्म भएको उक्त महाधिवेशनबाट पनि कोइराला नै सभापतिमा चयन भए। कोइरालाको प्रतिस्पर्धी बनेका नरहरि आचार्यले न्यून मत पाए। कोइरालाको पक्षमा १२१५ मत आउँदा आचार्यले १६५ मत मात्रै पाए।

कांग्रेसको दशौं महाधिवेशनले सभापतिमा निरन्तर दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था गरेको भए पनि कोइराला तेस्रो पटक उम्मेदवार भएका थिए। कांग्रेस कार्यसमितिको बहुमतले दशौं महाधिवेशनले मात्रै विधान संशोधन गरेकाले कोइरालालाई तेस्रो पटक उम्मेदवार हुन बाधा नपर्ने व्याख्या गरेकाले उनी पुनः उम्मेदवार भएका थिए।

१२ औं महाधिवेशन
बाह्रौं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्यासी थिए।

कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत ल्याउँदा पराजित देउवाले १३१७ र तामाङले ७८ मत पाए।

१३ औं महाधिवेशन
२०७२ फागुन २० देखि २३ सम्म तेह्रौं महाधिवेशनबाट देउवा सभापतिमा विजयी बने। उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए।

तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत कटाउन नसकेपछि मतदान दोस्रो चरणमा प्रवेश गरेको थियो। पहिलो चरणमा देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याए।

शीर्ष दुई जना सभापतिका लागि पुनः प्रतिस्पर्धा गर्दा देउवाले १८२२ मत पाए। पौडेलले भने १२९६ मतसहित पराजय भोगे। दोस्रो चरणको मतदानमा  सिटौला पक्षले देउवालाई साथ दिएको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्