काठमाडौं- रानीवन स्पोर्टस् क्लब, बाजुरा ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न नकआउटको आफ्नो पोलको अन्तिम खेलमा नुवाकोट युनाईटेड फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै रानीवन सी डिभिजनमा बढुवा भएको हो।
रानीवनको जितमा विवेक संजेलले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरे।
यसअघि आरसी-३२ र स्पोर्टस एकेडेमी साँगा सी डिभिजनमा उक्लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।