• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बाजुराका झुप्राबाट उठेर काठमाडौंमा फुटबल खेल्दै रानीवन क्लब

64x64
दीप सुवेदी सोमबार, असोज ४, २०७८  ०७:०२
1140x725

काठमाडौ‌ं- बाजुराका युवामा पनि फुटबलप्रतिको चासो बढ्दै थियो। स्थानीयले २०५८ सालतिर सानो चौरमा फुटबल खेल्न थाले। तर, न गुणस्तरीय र फराकिलो मैदान थियो, न गतिलो बल नै। उनीहरु खेल्ने रहर मात्र मेट्थे। लगाव भने बढ्दै थियो।

टेलिभिजनमा फुटबल खेलेको देखेर यसप्रति लगाव जागेको होइन। कामका लागि भारत जाँदा-आउँदा फुटबल खेलेको देखेपछि उनीहरु पनि चौरमा उत्रिएका थिए। तर, त्यति बेला माओवादी द्वन्द्व उत्कर्षमा थियो। युवाहरु जम्मा भएर फुटबल खेल्दा पनि जोखिम हुन सक्थ्यो।

तर, उनीहरुले खेल्न छाडेनन्। यसरी खेल्दाखेल्दै जन्मियो, रानीवन स्पोर्टस् क्लब। र, यही क्लबले अहिले बाजुरेली खेलाडीलाई फुटबल खेल्न काठमाडौँसम्मको यात्रा गराएको छ।

दुई दशकअघि बाजुरामा फुटबलको सपना देख्नेहरुले नै अहिले युवाहरुलाई काठमाडौँ ल्याएका हुन्। र, अहिले उनीहरु शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटको तयारीमा छन्। आगामी असोज ६ देखि उनीहरुले प्रतिस्पर्धा थाल्दैछन्।

जिल्लामा अहिले त १२ वटा क्लब भइसकेका छन्। सीमित प्रतियोगितामा भाग लिइरहेका ती क्लबका खेलाडी समेटेर काठमाडौं ल्याउन पक्कै सहज थिएन। एक त विकट ठाउँ, त्यसमाथि गरिबीको चपेटा। यस्तोमा खेलाडी एकीकृत पार्नु नै कठिन काम हो। 

तर, क्लबका सल्लाहकार नरेश रोकायसहितको टोलीले हिम्मत जुटायो। पढ्न र कामका लागि शहर गएकाहरुलाई समेट्यो ‘अघिल्लो पटक हाम्रो उत्पादनले ‘सी’ डिभिजन क्लबबाट प्रतियोगिता खेले। गाउँमै रहेका खेलाडीमा पनि भरपूर क्षमता देख्यौं। त्यसैले सदरमुकामबाट ८०/९० किलोमिटर टाढासम्म गएर खेलाडी खोजेर टिम बनायौं,’ रोकायाले भने। 

टिम बनाएपछि क्लबलाई अर्को समस्या भयो, गाउँबाट अनजान सहर आउन खाली हात र रित्तो गोजी संभव थिएन। कहाँ बस्ने, कहाँ अभ्यास गर्ने र खेलाडीलाई दिने पारिश्रमिक कसरी जुटाउने? क्लबलाई नयाँ समस्या आइलाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

केही अघिसम्म अखिल नेपाल फुटबल संघ एन्फाले ‘सी’देखि ‘ए’ डिभिजनसम्मका प्रतियोगिता खेल्ने टोलीलाई तयारीस्वरुप निश्चित रकम दिन्थ्यो। त्यसमाथि होस्टेल र अन्य खर्च पनि व्यहोर्थ्यो। यसपालि प्रतियोगितामा सहभागी क्लबको संख्या ह्वातै बढेपछि एन्फाले ती सुविधा कटौती गर्‍यो। उल्टै टिम दर्ताको लागि ३० हजार रुपैयाँ तिर्नुपर्‍यो।

टिम दर्ता गरेपछि रानीवनको समस्या थपिँदै छ। अभ्यासको लागि मैदान, बस्न होस्टेल, आउनजान यातायात र खेलाडीको बीमामा खर्चिनुपर्ने रकमले क्लब व्यवस्थापकलाई झन्झन पिरोल्न थाल्यो। त्यसपछि क्लबले एक जुक्ति निकाल्यो, सामाजिक सञ्जालमार्फत सहयोग उठाउने। ‘हामीले सामान्यतया १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं। अहिलेसम्म लगभग ५ देखि ६ लाख उठ्यो होला। तर, त्यसमा ४ लाख त क्लबकै पदाधिकारीहरुसँग मिलेर उठाएका हौँ। उठेको रकम पनि खर्च भइसकेको छ। अरु ऋण त तिर्न नै बाँकी छ,’ रोकायाले भने।

क्लबको ऋण धेरै छ। अभ्यासका लागि भक्तपुरमा सानोठिमी क्यामपसको मैदान भाडामा लिएका छन्। तर, वर्षाको समय भएकाले मैदानमा पानी भरिएर खेल्न मिल्दैन। त्यसको विकल्पमा रानीवनका खेलाडी फुटसल मैदानतिर अभ्यास गरिरहेका छन्। फुटसल मैदानका लागि घन्टाकै दुई हजार तिर्नु पर्दा खर्चको समस्या झनै थपिएको छ।

उता बाजुरामा पनि ११ जनाले खेल्न सक्ने मैदान छैन। क्लब स्थापनाकालमा रहरैरहरले फुटबल खेले पनि भविष्यमा काठमाडौंसम्म फुटबल खेल्न जाने कल्पना सायद कसैले गरेका थिएनन्। २०५८ ताका गाउँघरमा सामान्य प्रतियोगिता सञ्चालन गर्दा ‘सेभेन-ए-साइड मैदान’मा खेलिन्थ्यो। त्यसमाथि शहरमा जस्ता सुकिला र हरिया मैदान बाजुराको डाँडाकाडामा हुने कुरै भएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिरालो जमिन, खाल्टाखुल्टी परेको मैदान र खोला बगरमा खेल्नुपर्ने बाध्यता थियो। खाली खुट्टा खेल्दा त रोकाया जस्ता खेलाडीले कति रगत बगाए त्यसको लेखाजोखा सम्भाव छैन। ‘त्यो बेला मैदान बनिसकेको थिएन। जस्तो थियो हामीले त्यस्तैमा खेल्यौं। फुटबल खेल्ने बुट पनि थाहा थिएन। कतिपटक औला भुइँमा ठेस्सिएर रगत बगाइयो त्यो हाम्रो स्मरणमा ताजै छ,’ उनी भन्छन्।

रोकायासँगै पहिलो ब्याचका खेलाडी थिए, क्लबका अध्यक्ष ध्रुव रोकाया। अनि कप्तान थिए, दीपक बोगटी। उनीहरुले पनि लामो समय फुटबल बुट र जर्सी देख्न पाएनन्। जे छ त्यसैमा रमाएर फुटबललाई अगाडि बढाए। 

खेल्दै जाँदा बुझ्दै पनि गए। उनीहरुलाई जर्सी र बुट लगाउनुपर्ने रहेछ भन्ने थाहा भयो। बाजुरामा त्यसबेला आर्थिक हिसाबले सबल कमै थिए। भएकालाई पनि फुटबलमा लाग्न घरपरिवारले रोक्थे। ‘त्यतिखेर कसैले फुटबल खेललाई राम्रो मान्दैन थिए। पढ्नुपर्छ, भविष्य बनाउनुपर्छ भन्थे। बल उडेर अरुको घरमा लाग्ने र बालीनालीमा जाने भएको कारण यसलाई दुःख दिने खेल मानिन्थ्यो। त्यैले घरबाट जर्सी र बुट किन्दिने कुरै भएन,’ रोकाया सुनाउँछन्।

तर, उनीहरुले खेल्न भने छाडेनन्। उनको प्रेरणका स्रोत थियो, कुनै बेलकाका टप एथ्लेटिक्स खेलाडी निर्मला भारती र पाकिस्तानमा आयोजना भएको नवौँ दक्षिण एसियाली खेलकुदमा बक्सिङतर्फ कास्य जितेका कुल रावल। ‘भारती दिदी एथ्लेटिक्समा नेशनल च्यापियन हुनुभयो। कुल दाइले पनि सागमा बक्सिङमा कास्य पदक ल्याए। उनीहरुले त ट्रेनिङ पाएकै होइन। नेचुरल खेलाडी हुन्। उहाँहरु पनि त्यही गरिबीमा हुर्किएका हुन्। उनीहरुको उदाहरण दिएर परिवारमा झगडा नै गरेर यतातिर लाग्यौं,’ उनले भने।

घरपरिवारमा फुटबललाई नरुचाउँदा पहिलो ब्याचीलाई निकै गाह्रो भयो। जिल्लामै हुने प्रतियोगिताका लागि जर्सी र बुट अनिवार्य नभए पनि जिल्लाबाहिरका प्रतियोगिता खेल्न नियममा बाँधिनै पर्थ्यो। परिवारसँग पैसा माग्ने हिम्मत थिएन।

घरपरिवारमा फुटबललाई नरुचाउँदा पहिलो ब्याचीलाई निकै गाह्रो भयो। जिल्लामै हुने प्रतियोगिताका लागि जर्सी र बुट अनिवार्य नभए पनि जिल्लाबाहिरका प्रतियोगिता खेल्न नियममा बाँधिनै पर्थ्यो। परिवारसँग पैसा माग्ने हिम्मत थिएन। विद्यालयमा तिर्नुपर्ने शुल्क र साथिभाइसँग लिएको सापटीले जेनतेन फुटबलप्रतिको चाहना अगाडी बढाए। ‘प्रतियोगिता खेल्न गयो फर्किने पैसा हुँदैन थियो। कतिपटक त हामी हिँडेरै घर पुग्यौँ। पोखरा र आसपासका जिल्लामा फुटबल खेल्न जाँदा होटेलमा बसेको पैसा तिर्न सक्दैन थियौं। एक दुई जनासँग बाहेक बुट नहुँदा निकै गाह्रो हुन्थ्यो,’ उनी सुनाउँछन्।

पोखरा, अछाम, धनगढीलगायत आसपासको जिल्लामा अब्बल खेल प्रदर्शन गरेपछि टोली बिस्तारै राष्ट्रिय प्रतियोगितातिर तानियो। छैठौं राष्ट्रिय खेलकुदमा रानीवनका केही खेलाडीले भाग लिन पाए। तर, खाली खुट्टा भोको पेटले खेल्नुपर्दा सफल हुन सकेनन्। ‘हामीसँग खेल्न आउने टिम माथिल्लो स्तरको हुन्थे। उनीहरुले राम्रो अभ्यास पाएका कारण हामीभन्दा उनीहरुको खेल राम्रो हुनु नौलो कुरा होइन। हामीलाई त ट्रेनिङ किटको बारेमा समेत थाहा थिएन। त्यहीपनि हामीले छौठौं र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेनतेन खेल्यौं,’ उनी भन्छन्।

खेलाडीमा केही गर्ने इच्छाशक्ति देखर होला त्यसपछि भने उनीहरुप्रति हेरिने दृष्टिकोण परिवर्तन हुँदै गयो। सहयोग र आश्वासन बिस्तारै थपिँदै गयो। यही सहयोग र आश्वासनका कारण २०६४ सालमा रानीवन स्पोर्टस क्लब दर्ता भयो। त्यसपछि फुटबलले गति लिन थाल्यो। जसले फुटबलमा भविष्य छैन भनेर गाली गर्थे उसैका नातीनातिना र छोराछोरी पनि रानीवनमा फुटबल खेल्न आउन थाले। 

तर, रानीवनसँग अभ्यासका लागि आफ्नो मैदान छैन। तीन वटा विद्यालयको मैदान अभ्यासको लागि प्रयोग गर्न पाएका छन्। उनीहरु मालिका नमूना माध्यमिक विद्यालय, बाजुरा क्याम्पस र क्रिएटर जोन बोर्डङ स्कुलको मैदानमा अभ्यास गर्छन्। यिनै मैदानमा रानीवनले उत्पादन गरेका दुई खेलाडी दिपक विक र हिमाल बडुवाल काठमाडौंसम्म आएर ठूला क्लबबाट खेल्ने मौका पाएका छन्। 

दीपकले नेपाल पुलिसबाट र हिमालले जाउलाखेलबाट ललितस्मृति कप खेलेपछि बाजुरा फुटबलप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भयो। त्यसपछि बाजुराका डाँडापाखामा पनि फुटबल खेलेर भविष्य बनाउन सकिन्छ भन्ने सन्देश गएको छ। अहिले त मनोज रोकाय, हिमाल बढुवाल र सागर शर्मा, मिलन रेग्मी, दिनेश रेग्मी र उमेश रेग्मी लगायतले ‘बी’ र ‘सी’ डिभिजन लिग खेल्ने मौका पाए।

त्यसपछि उनीहरुले महिला टिम पनि बनाउन लागे। अर्को साल त्यस टिमलाई पनि प्रतियोगिताका लागि काठमाडौँ ल्याउने तयारी छ। यति धेरै गतिविधि भइरहँदा पनि बाजुरा फुटबल संघ स्थापनाका लागि एन्फाले अुनमति दिएको छैन। झुप्राहरुबाट खेलाडी उत्पादन गर्ने रानीवनलाई कुनै निकायले पत्याइसकेको छैन। तर, उनीहरु काठमाडौँमा फुटबल खेलिरहेका छन्। 

‘अहिले फुटबलमा केही हासिल गर्छौं भन्ने सोचभन्दा पनि हाम्रो क्षमता देखाउन आएका हौं। त्यसैले हामीले १०/१२ खेलाडी राष्ट्रिय क्लबमा छनोट हुने आश लिएका छौं। हामीसँग दुःख कष्ट भए पनि क्षमता छ,’ रोकायाले भने।

अब प्रत्येक वर्ष काठमाडौँ आउने उनले बताए। त्यसका लागि विशिष्ट प्रकारले तयारी गर्ने उनको भनाइ छ। ‘एन्फाले प्रशिक्षक पठाए ठीक छ। नपठाए हामी आफैँ काठमाडौंबाट प्रशिक्षक लैजान्छौं,’ उनले भने, ‘तबसम्म हामी काठमाडौं धाउछौं, जबसम्म राष्ट्रिय डिभिजनको क्लबको नाम बनाउँदैनौं,’ उनी भन्छन्। रानीवनले अर्को वर्षदेखि आफ्नै एकेडेमी सञ्चालन गर्ने योजना बनाएको उनले सुनाए।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्