• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले

64x64
नेपाल लाइभ बुधबार, जेठ २७, २०८३  १४:३०
1140x725

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन्। 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले उक्त प्रकरणमा संलग्न र देशको राजनीतिलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्ने दाबी गरेका हुन् ।

समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालेर आधारहीन आरोप लगाइएको बताए। ‘नेपालकै इतिहासमा सबैभन्दा ठुलो वित्तीय अपराधको अहिले छानबिन चलिरहेको छ। त्यसमा संलग्न, देशलाई मुठ्ठीमा लिएर सिंगो राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्नेछन्,’ उनले भने, ‘म ढुक्क छु, गल्ती गरिएको छैन, नियत पूर्ण रूपमा ठीक छ। तर सेतो कपडामा हिलो छ्यापेपछि केही न केही दाग बाँकी रहन सक्छ र सरकारलाई कमजोर बनाउने प्रयास सफल होस् भन्ने उद्देश्यले नै यस्तो प्रहार गरिएको हो।’

पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरूलाई अर्थमन्त्री वाग्लेले भ्रामक र अतिरञ्जित भएको स्पष्ट पारे। उनले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको बताउँदै रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै विशुद्ध मानवीय कारणले सामान्य परिवर्तन गरिएको जानकारी दिए। 

डकुमेन्टबाट १६ पाना गायब भएको भन्ने आरोपको खण्डन गर्दै उनले यसलाई माइक्रोसफ्ट वर्डको प्राविधिक विषय भएको प्रस्ट पारे। ‘४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलम तन्काइदियो भने पानाको संख्या बढेर ५०० पुग्न सक्छ वा घटाउँदा घट्न सक्छ। कन्टेन्टमा एउटा थोप्लो, एउटा कमा वा पूर्णविराम पनि परिवर्तन भएको छैन,’ उनले भने। सार्वभौम संसदमा विधेयक पेस गरिसकेपछि त्यसमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको बताउँदै उनले यसलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिए।

Ncell 2
Ncell 2
nimb
nimb

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले विगतका सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई नै निरन्तरता दिइएको बताए। कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक र औद्योगिकतातर्फ रूपान्तरण गर्न सरकारले नयाँ नीति लिएको उनको भनाइ छ। 

बजेटमा मल अनुदानका लागि ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। विगतमा बीउ र कृषि सामग्रीमा दिइने अनुदान वास्तविक किसानसम्म नपुगेको गुनासोलाई सम्बोधन गर्न अब अनुदानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने नीति लिइएको उनले जानकारी दिए। यसका लागि कृषिमा दुई करोड रुपैयाँसम्म लगानी गर्ने व्यक्तिगत वा सामूहिक परियोजनालाई उत्पादनमा आधारित अनुदान दिइनेछ। हाललाई यो कार्यक्रम परीक्षणका रूपमा लागू गरिएको र सफल भए थप विस्तार गरिने उनले बताए।

पूर्वाधार विकासको सन्दर्भमा अर्थमन्त्री वाग्लेले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा उत्तर–दक्षिण करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखिएको बताए। पूर्वाधार मन्त्रालयको बजेट करिब ३ खर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै उनले सीमित स्रोतका कारण सबै माग एकैपटक सम्बोधन गर्न सम्भव नभए पनि कामको प्रगतिका आधारमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए। 

यसैगरी, बजेट कार्यान्वयनलाई सहज बनाउन अर्थ मन्त्रालयले महत्त्वपूर्ण नीतिगत सुधार गरेको छ। काम अघि बढिरहेका आयोजनालाई आवश्यकताअनुसार रकमान्तर गर्न सम्बन्धित मन्त्रालयलाई नै अधिकार दिइएको बताउँदै मन्त्री वाग्लेले अब सामान्य रकमान्तरका लागि फाइल बोकेर अर्थ मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको जानकारी दिए। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ‘सनसेट ल’ सम्बन्धी व्यवस्था तथा वन र वातावरणसँग सम्बन्धित कानुनी जटिलता समाधान गर्न सरकार अघि बढिरहेको उनले बताए।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन
भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च सम्भावना
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीबाट ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्... आइतबार, भदौ २१, २०८३
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन आइतबार, भदौ २१, २०८३
भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च सम्भावना आइतबार, भदौ २१, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ४४ जना अझै बेपत्ता आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीमा रसुवामा मात्रै ३ हजार जना अझै सम्पर्कविहीन आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्