• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सफल होला प्रचण्ड रणनीति?

64x64
वीरेन्द्र ओली सोमबार, कात्तिक १५, २०७८  २१:०६
1140x725

काठमाडौं- तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियामा आउँदा उनको ‘ओज’ बेग्लै थियो। एकातिर पूर्वीय दर्शन र मार्क्सवादका ज्ञाता मोहन वैद्य, अर्कोतिर समसामयिक ज्ञान, विज्ञान र राष्ट्रिय अन्तराष्ट्रिय विषयका जानकार डा. बाबुराम भट्टराई अनि केन्द्रमा वाकपटुताका धनी प्रचण्ड। त्यसरी प्रचण्डले दायाँ–वाँयाँ वैद्य र भट्टराईलाई राखेर बोल्दा उनको ‘चमक’ बेग्लै हुन्थ्यो। यी र यस्तै विशेषताले १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्वपछि शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डलाई देश/विदेशमा एउटा क्रान्तिकारी नेताको रुपमा स्थापित गर्‍यो।

शान्तिपूर्ण राजनीतिमा आएपछिको चुनावमा ठूलो पार्टी बनेको माओवादीले त्यसलाई कायम राख्न सकेन। त्यसको एक दशक नपुग्दै वैद्य, भट्टराई, रामबहादुर थापा ‘बादल’ सहितका अरु नेताहरुले समेत छोड्दै गएपछि प्रचण्ड हतास र निक्कै ठूलो दबाबमा पर्न थालेका छन्।

सधैं शक्तिमा रहन चाहने प्रचण्डले पछिल्लो चुनावसम्म आइपुग्दा कमजोर बनेको माओवादी केन्द्रको नेतृत्वमा भन्दा एमालेसहितको कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने अभिलाषा बोके। शक्ति आर्जनका लागि नेकपा एमालेसँग माओवादी केन्द्रको एकता गराएर एमाले कार्यकर्ताको समेत नेता हुन खोजे। तर, अदालतले एकतालाई भत्काइदिएपछि उनी ठूलो दबाबमा परेका छन्।

उक्त घटनापछि उनी कमजोर र निराश बनेको पछिल्लो समयको हाउभाउ र अभिव्यक्तिमा देखिँदै आएको छ। एमालेसँगको एकता ब्युँतिएपछि अब पूर्वमाओवादी खेमा र वामपन्थी विचार बोक्ने पार्टींसँग चुनावी तालमेल र एकतालाई प्रचण्डले प्राथमिकतामा राखेका छन्।

माओवादी पार्टी राजनीतिक संस्कार-संस्कृतिमा निकै स्खलित भएको बताउँदै रुपान्तरण आफूबाट नै सुरु गर्ने उद्घोष उनले गरेका छन्। हरेक जसो भाषणमा उनले पार्टी बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिइरहेका छन् र उनले पनि राजनीतिक सक्रियता बढाएका छन्।

माओवादी पार्टी आफ्नै जगमा उभिन सांस्कृतिक रुपमा सबैभन्दा पहिले रुपान्तरण हुन आवश्यक रहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेल बताउँछन्। ‘अब हामीले कस्तो पार्टी बनाउने भन्ने मुख्य प्रश्न छ। त्यसका लागि नेतादेखि कार्यकर्तासम्म बस्ने, उठ्ने, खानपिन र संस्कृति रुपान्तरण हुन आवश्यक छ’, पोखरेलले भने, ‘माओवादी राजनीतिसँगै सांस्कृतिक रुपमा रुपान्तरण भए अझै पनि आमश्रमजीवी किसानको पार्टी अरु हुन सक्ने अवस्था छैन। यही पार्टी नै सबैको आडभरोसाको केन्द्र बन्ने छ।’

माओवादी पार्टीले अबको कम्युनिस्ट आन्दोलनको अजेण्डा बोक्ने पोखरेलको दाबी छ। यस्तै, माओवादीका केन्द्रीय सदस्य राम कार्कीले माओवादीमा विचारकै संकट आएकाले एकपछि अर्को गर्दै समस्यामा परेको टिप्पणी गरे।

माओवादीमा विचारकै संकट भएकाले उसले लेख्ने दस्तावेज र बहसका विषयमा विद्वान वर्गबाट कुनै व्याख्या, विश्लेषण टिप्पणी हुन छाडेको कार्कीले स्वीकार गरे

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीमा विचारकै संकट आएको अध्यक्ष प्रचण्डले समेत स्वीकार गर्ने गरेका छन्। ‘पार्टीमा नयाँ विचार र दृष्टिकोण निर्माण गर्न हामीले मार्क्स, लेनिन, माओलाई फेरि एक पटक अध्ययन गर्नु पर्‍यो। त्यही अध्ययन र विश्लेषणबाट नयाँ विचार आउने हो’, कार्कीले नेपाल लाइभसँग भने, ‘मार्क्सवाद, लेनिनवाद र माओवाद विचार नपढेर अरु हावादारी विचार त आउला तर, प्रगतिशील विचार र आधुनिक विचार आउँदैन।’  

माओवादीमा विचारकै संकट भएकाले उसले लेख्ने दस्तावेज र बहसका विषयमा विद्वान वर्गबाट कुनै व्याख्या, विश्लेषण टिप्पणी हुन छाडेको कार्कीले स्वीकार गरे। पछिल्लो समय माओवादीले लिने विचार, दृष्टिकाणले कुनै वर्ग वा समुदायलाई छुन छोडेको उनको तर्क छ।

माओवादीले सोच्ने तरिका नबदलेसम्म पार्टी रुपान्तरण हुन गाह्रो हुने उनले बताए। ‘माओवादीले सोच्ने तरिका नबदलेमा माओवादी मात्रै होइन, सिंगो कम्युनिस्ट आन्दोलन विघटनको अवस्थामा छ,’ उनले भने, ‘तर, एमाले कर्पोरेट पार्टी भइसकेकाले त्यसको अवस्था यथावत अवस्थामा रहन्छ। त्यो हुनु/नहुनुको कुनै अर्थ छैन।’ प्रचण्डले पूर्वमाओवादी खेमा एक ठाउँमा उभिन जरुरी रहेको बताइरहँदा त्यसलाई विश्वास गर्ने आधार भने देखिएको छैन।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि पूर्वमाओवादीहरुलाई एक ठाउँमा ल्याएर प्रचण्डले शक्ति आर्जन गर्ने सम्भावना कम देखिएको बताउँछन्। ‘पूर्वमाओवादीहरु एक ठाउँमा आउन सक्छन् भनिन्छ। तर, त्यो सम्भावना देख्दिनँ। बरु एमाले बाहेक विचार मिल्ने कम्युनिस्ट पार्टीहरुले तालमेल वा कार्यगत एकतासम्म गर्न सक्छन्। त्यसबाट प्रचण्डले शक्ति आर्जन गर्न सक्छन्’, पोखरेलले भने, ‘अहिलेकै अवस्थामा पनि माओवादी तेस्रो शक्ति हुने देखिन्छ। प्रचण्डजीको पार्टी सानो भएपनि राजनीतिको केन्द्रमा भने प्रचण्डजी रहिरहने जस्तो लाग्छ।’ प्रचण्ड राजनीतिक रुपमा सानो वा ठूलो पार्टी जस्तो भएपनि निर्णायक ठाउँमा नै हुने पोखरेलको विश्लेषण छ।

एमालेबाट माधव नेपाल छुट्टिए पनि छैन उत्साह
तत्कालीन नेकपामा हुँदा अध्यक्ष ओलीविरुद्ध प्रचण्ड–माधव पक्ष शक्तिशाली बनेको थियो। तर, अदालतले पार्टी एकतालाई मान्यता नदिएर साविककै पार्टीलाई व्युँताइदिएपछि अवस्था फेरियो। कमजोर बनेका ओलीले राजनीतिक ‘पुनर्जिवन’ पाए।

एमालेमा रहँदा पनि प्रचण्ड र नेपालबीच भेटवार्ता चलिरहेको थियो। कतिपयले एमालेबाट नेपालपक्ष छुटिएर प्रचण्डसँग पार्टी एकता गर्नसक्ने अनुमानहरु सार्वजनिक भएका थिए, तर त्यसो भएन।

एमाले विभाजन हुँदा अध्यक्ष केपी शर्मा ओली कमजोर हुन्छन् कि भन्ने अपेक्षा प्रचण्डको थियो। त्यो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि चाहेका थिए। माधवकुमार नेपालको पक्षमा रहेका प्रभावशाली १० नेताले साथ नदिएपछि ओली बलियो र नेपाल कमजोर बनेका छन्।

नेपाल सोचे भन्दा कमजोर भएपछि त्यसको असर दुवै नेतालाई पर्न गएको छ। अब माधव–प्रचण्ड मिल्दा पनि ओलीलाई ठेगान लगाउन हम्मेहम्मे पर्ने देखिएको छ। यस्तो अवस्थामा नेपाल तत्काल माओवादीसँग पार्टी एकता गर्ने पक्षमा छैनन्। यही हालतमा एकता गरे माओवादीसँग बिलय हुन सक्ने भएकाले उनीहरुकै  हाराहारीमा शक्ति आर्जन गरेमा एकता गर्ने पक्षमा उनी रहेको विश्लेषण गरिएको छ।

त्यसैले अध्यक्ष नेपाल अहिले शक्ति आर्जन गर्न मरिमेटेर लागेका छन्। त्यसका लागि सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर राम्रो काम गरेर देखाउन निर्देशन दिएका छन्। यदी आफ्ना मन्त्रीले कुनै गल्ती गरेमा छुट दिन नसकिने उनले बताइरहेका छन्।

उता प्रचण्ड, नेपालसँग एकता गर्ने भन्दा तत्काल मोर्चाबन्दी मात्रै गर्ने पक्षमा देखिएका छन्। अहिलेकै अवस्थामा नेपालले एमालेको १० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा ल्याएको विश्लेषण छ।

यदी नेपालपक्षको माओवादीकै हाराहारीमा शक्ति भएको भए तत्काल एकता हुने सम्भावना बलियो थियो। कमजोर अवस्थामा रहेका नेपालसँग प्रचण्ड तत्काल एकता गरेर दुःख विसाउने पक्षमा छैनन्। उनी नेकपा एकीकृत समाजवादीसहित राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ सँंग चुनावी मोर्चाबन्दी गर्ने पक्षमा देखिएका छन्।

पूर्वमाओवादीसँग सकेसम्म एकता नभए चुनावी मार्चोबन्दी गर्ने रणनीतिमा प्रचण्ड लागेका छन्। त्यसलाई प्राथमिकतामा राखेर प्रचण्डले अभिव्यक्ति दिने गरेका छन्। तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्ड एकीकृत समाजवादीसँग तत्काल एकताको पक्षमा देखिएको दाबी गरे। पार्टीका नेताहरुले तत्काल एकता भन्दा मोर्चाबन्दीलाई प्राथमिकता दिनु पर्ने सुझाव दिएकाले प्रचण्ड रोकिएको उनले बताए।

पूर्वमाओवादीलाई एक ठाउँमा जोड्ने प्रयास
मालेसँगको एकता टुटेपछि एउटै स्कुलिङमा हुर्किएका पूर्वमाओवादीलाई एक ठाउँमा जोड्ने प्रयासमा प्रचण्ड लागेका छन्। एमाले जनमतबाट नेतृत्वमा पुग्ने आकांक्षा गरेका प्रचण्डमा पार्टी विभाजन भएपछि त्यो आशा मरेको छ। अब पूर्वमाओवादीहरुलाई एक ठाउँमा ल्याएर शक्ति आर्जन गर्ने पक्षमा उनी लागेका छन्।

माओवादीहरु एक ठाउँमा उभिँदा जनमतमा खासै प्रभाव नपरेपनि आमजनतामा मनोवैज्ञानिक प्रभाव पार्न सकिनेमा प्रचण्ड आशावादी देखिएका छन्। त्यसैले प्रचण्डले प्रायः कार्यक्रममा पूर्वमाओवादी एक हुने अभिव्यक्ति दिइरहेका छन्।

गत असोज १५ गते प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा प्रचण्डले पूर्वमाओवादी एक ठाउँमा उभिनु पर्ने समय आएको बताएका थिए।

विमोचन कार्यक्रममा प्रचण्डसहित बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ सहित नेताहरुलाई समेत बोलाइएको थियो। सोही कार्यक्रममा प्रचण्डले माओवादीबाट फुटेर गएका नेताहरुलाई आत्मसमीक्षा गरेर फेरि नयाँ उचाइको एकताका लागि प्रस्ताव गरेका थिए।

‘माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने काम तीव्र रुपमा भइरहेका छन्। त्यसकाविरुद्ध एक हुने उपाय खोज्नु बुद्धिमानी हुन्छ। हामी लडाइँ लडेकाहरु जनयुद्धलाई बिद्रुपीकरण र विसर्जित गर्न खोज्नेविरुद्ध एकता गरौं’, प्रचण्डले भनेका थिए। एकताको सुरुवात आत्मसमीक्षाबाट गर्नुपर्ने उनको भनाइ थियो।

‘शान्ति प्रक्रियामा आएपछि हामी टुक्राटुक्रा भएर एकले अर्कोलाई गलत सिद्ध गर्नेतर्फ लागिपर्‍यौं। त्यो संघर्षको चरण थियो, अब फेरि नयाँ उचाइको एकता गर्ने अवस्थामा पुग्यौं’, प्रचण्डले स्मरण गर्दै भने। लगत्तै प्रचण्डको प्रस्तावको जवाफ दिँदै बाबुराम भट्टराईले पूर्वमाओवादी कुन मुद्दामा एक ठाउँमा उभिने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए। ‘हामी पुुरानै विचार बोकेर एकता सम्भव छैन, नयाँ विचार ज्ञान विज्ञानमा आधारित भएर बहस छलफल गरेर एक ठाउँ आउनु पर्छ’, भट्टराईले भनेका थिए।

त्यस कार्यक्रमले पनि पूर्वमाओवादीहरु एक ठाउँमा उभिन गाह्रो देखिन्छ। एकाध नेता कार्यकर्ता माओवादी केन्द्रमा जोडिएपनि सबै माओवादी एक ठाउँमा जोडिने सम्भावना कम देखिएको छ। तर, प्रचण्ड 'जनयुद्ध'कालिन मुद्दा वा अन्य भावनात्मक विषयलाई जोडेर भएपनि पूर्वमाओवादी एक ठाउँमा जोड्ने प्रयासमा लागेका छन्।

जनवर्गीय संगठनमा छैन उभार
माओवादी केन्द्रलाई आफ्नै जगमा टेकाउनेगरी आवश्यक परे निर्वाचन विधिबाट नेतृत्व चयन हुने पार्टीको अन्तरिम विधानमा उल्लेख भयो। विधानमा उल्लेख भएपनि सहमतिका नाममा असहमतिलाई एकै पोको पारेर बाँध्न थालेपछि जनवर्गीय संगठनमा विवाद चुलिएको छ।

यसअघि युवाहरुको संगठन योङ कम्युनिस्ट लिग ‘वाईसिएल’को राष्ट्रिय सम्मेलन गत १२ भदौमा उद्घाटन भयो। वाइसिएलको नेतृत्वमा को पुग्ने भन्ने विषयलाई लिएर विवाद चुलिएपछि निर्धारित समय भन्दा १० दिन ढिलागरी सम्मेलन सकियो। वाइसिएलको सम्मेलन सकिएपनि अन्य पदाधिकारी टुंगो लगाउन सकेपछि संयोजकमा सुमन देवकोटा, सह-संयोजकमा सुवोध सिर्पाली भए। अध्यक्षमा देवकोटा र सिर्पालीले निर्वाचनबाट नेतृत्वमा आउन चाहेका थिए। पार्टी अध्यक्ष प्रचण्डबाटै हस्तक्षेप भएपछि सहमतिमा संयोजक र सहसंयोजक टुंगो लगाइयो। अन्य पदाधिकारी टुगो लगाउने विषयमा वाइसिएल नेताहरुले बारम्बार छलफलसमेत गरे।

अन्तिममा पदाधिकारी कुनै हालतमा टुंगो लगाउन नसकेपछि संयोजक र सहसंयोजक मात्रै घोषणा गरी २३१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरिएको छ। सर्वसम्मतिको नाममा नेतृत्वबाट टपक्क टिपेर ल्याउँदा सम्बन्धित व्यक्तिले पदीय गरिमा नसम्झने, कार्यकर्ता र जनताप्रति उत्तरदायी नहुने वाइसीएलकै नेताहरु बताउँछन्। अहिले सर्वसम्मतिबाट आएका संयोजक र सहसंयोजकले पदाधिकारी टुंगो लगाउन नसक्दा प्रभावकारी  काम गर्न सकेका छैनन्।

यस्तै, गत असोज १४ गते अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन भयो। असोज १५ र १६ गते बन्दसत्र गरेर नेतृत्व टुंगो लगाउने भनिएको थियो। तर, अध्यक्षका प्रत्यासी नै ६ जना भएपछि निर्वाचनमा जानु पाउनु पर्ने भन्दै अध्यक्ष प्रचण्डलाई दबाब दिए। अध्यक्षका प्रत्यासी सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, पञ्चा सिंह, दिपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमलाई प्रचण्डले खुमलटारमै बोलाएर छलफल गरेका थिए। सबैले अध्यक्ष पद छोड्न नमानेपछि प्रचण्डले महिलालाई अध्यक्ष बनाएर पठाए। अरु अध्यक्षका प्रत्यासीलाई पार्टी केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर पठाएपछि समस्या मिल्यो।

विद्यार्थी नेतृत्वका लागि चुनावी प्रतिष्पर्धा गर्न पाउनु पर्ने भन्दै विद्यार्थी नेताहरुले माग गर्दा उल्टै पार्टी केन्द्रीय सदस्य पाउने आश्वासन पाएपछि उनीहरु पनि खुसी देखिए। तर, अध्यक्ष पञ्चा सिंहको टुंगो लागेपनि पदाधिकारी अझै घोषणा हुन पाएको छैन। पदाधिकारीमा को–को जाने भन्ने विषयमा विवाद भएपछि अध्यक्ष सिंहले पदभार समेत ग्रहण गर्न पाएकी छैनन्।

आफूहरुलाई पदाधिकारी नसमेटिएको र विधान विपरित केन्द्रीय कमिटी थपिएको भन्दै तत्कालीन कोषाध्यक्ष केशव रावलपक्षले पदाधिकारी घोषणा गर्न दिएका छैनन्। यदी आफूहरुलाई पदाधिकारी नसमेटिए केन्द्रीय समितिका पदाधिकारी बढाए समानान्तर कमिटी चलाउने रावल पक्षले धम्कीसमेत दिएको छ।

पार्टीको सबैभन्दा प्रभावकारी मानिने युवा र विद्यार्थीमा नेतृत्वसहित पदाधिकारी र केन्द्रीय कमिटीका विषयमा विवाद हुँदा प्रभावकारी काम गर्न सकेका छैनन्। पार्टीलाई बलियोगरी थेग्ने युवा र विद्यार्थी आफैं विवादमा रुमल्लिन थालेपछि पार्टी निर्माणसमेत अस्तव्यस्त भएको छ। यस्तै, अन्य मजदुर, पत्रकार, वकिल, शिक्षक लगायत जनवर्गीय संगठनमा पनि निर्वाचन नभएमा यस्तै अस्तव्यस्त हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २१:०६
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र बिहीबार नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशै... शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, वैशाख ५, २०८३
संयुक्त राष्ट्रसंघको मुख्यालयमा मनाइयो आरोग्य दिवस शनिबार, वैशाख ५, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार, वैशाख ४, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्