• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महिलालाई स्वरोजगार बनाउने अभियानमा ब्युटिसियन अनु

64x64
धनु विश्वकर्मा आइतबार, असोज ३१, २०७८  ०७:०९
1140x725

काठमाडौं– चक्रपथस्थित महाराजगंज चोकबाट चावहिलतिर लाग्दा बायाँतर्फ भाटभटेनी सुपरमार्केटछेउ भएर जाने एउटा गल्ली छ। त्यही गल्लीमा ‘श्रुति मेकिङ आर्ट एन्ड ब्युटीपार्लर’ छ। हेर्दा सानो तर चिटिक्कको कोठा छ। हामी पुग्दा ब्युटीपार्लर सञ्चालक अनु श्रेष्ठ सेवाग्राहीको कपाल सुन्दर बनाइदिँदै थिइन्।

अनुले यो काम गर्न २०६४ सालमा नै सिकेकी हुन्। सुरुमा ब्युटिसियन सम्बन्धी ६ महिने कोर्ष गरेकी थिइन्। पछि थप एक वर्षको तालिम लिइन्। लगत्तै ब्युटीपार्लरको काम सुरु गरिहालिन्। 

उनको माइती काठमाडौंकै साँखु हो। उनी बिहे गर्नुअघि नै ब्युटिसियन भइसकेकी थिइन्। बिहेपछि एक वर्ष काम गरिनन्। तर, काम नगरी बस्न चाहिनन्। अनि आफैंले ब्युटीपार्लर खोलिन्। 

उनले काँगियो, काटा र कपालसँग खेलको १३ वर्षभन्दा बढी भइसकेको छ। बिहे गरेको पनि एक दशक भइसकेको छ। भक्तपुर सूर्यविनायकस्थित घरमा संयुक्त परिवार छ। उनी भने श्रीमान् र दुई छोराछोरीसँग महाराजगंज नै बस्छिन्।

संयुक्त परिवारमा बसेर व्यवसाय गर्न समस्या भएपछि श्रीमान्–श्रीमती सल्लाह गरेर कोठा भाडामा लिएर छुट्टै बसेको उनी बताउँछिन्। ब्युटिसियन उनको रुचिको पेसा हो। त्यस कारण काम गरेर थाक्दिनन्। ‘मैले रुचिको काम गर्न पाएकाले थकाइ महसुस हुन्न। काम गर्न उर्जा मिलेको छ,’ उनी भन्छिन्।

उनको श्रीमान्को पहिला मासु पसल थियो। अहिले किराना पसल छ। श्रीमानको पसल र उनको ब्युटीपार्लरका लागि उनीहरुले सिङ्गै घर भाडामा लिएका छन्। उनी ब्युटिसियन तालिम पनि दिन्छिन्।

भाडाको घरको पहिलो तलामा किराना पसल र तालिमका लागि कक्षा सञ्चालन गर्ने कोठा छ। दोस्रो तलामा ब्युटीपार्लर छ। घरभाडा मासिक ५० हजार रुपैयाँ तिर्नुपर्छ। तर, श्रीमान् श्रीमतीले नै व्यवसाय गर्दा कुनै असहज छैन। बरु श्रीमान् बाहिर जाँदा उनी किराना पसल पनि हेरिदिन्छिन्।

उनले पशुपति क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेकी छिन्। काम गर्दै पढाइ अघि बढाइन्। बिहेपछि पढाइ पूरा गरिन्। ‘सीपले गरिखाने ठाउँ दिन्छ। पढाइ भनेको त उज्यालो ज्ञान हो। त्यसैले पढेर जागिर खाने मात्र होइन, शिक्षित हुने हो,’ उनी भन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्वरोजगार हुँदा उनलाई घर–व्यवहार गर्न सहज भएको छ। आफ्ना माग श्रीमानसँग राख्नु परेको छैन। आफ्ना आवश्यकताका सामग्री आफैं किन्छिन्। छोराछोरीको विद्यालयको शुल्क तिर्छिन्। घर खर्च चलाउँछिन। बरु कहिलेकाहीँ आवश्यकतामा श्रीमानलाई पनि सघाउँछिन्।

उनले तालिम दिएर अन्य महिलालाई पनि आत्मनिर्भर हुन हौसला दिएकी छिन्। जो जति महिना सिक्न चाह्यो त्यहीअनुसारको कोर्ष सिकाइदिन्छिन्। ‘महिलाहरु आर्थिक रुपमा बलियो हुन र आत्मानिर्भरका लागि यो व्यवसाय उत्तम लाग्छ,’ उनी भन्छिन्, ‘म सानोमा  अलि नक्कली थिएँ, राम्री बन्न मन लाग्थ्यो। त्यसैले सानैदेखि मेरी रुचि यतै भयो। अहिले यो व्यवसायबाट सन्तुष्ट छु।’ 

त्यसो त उनको माइती पनि व्यापारमा नै लागेको छ। त्यसैले पनि उनले जागिर खाने सोच कहिल्यै बनाइनन्। 

उनले २० लाख रुपैयाँ लगानीमा पार्लर व्यवसाय सुरु गरेकी हुन्। बिस्तारै लगानी बढाउँदै लगिन्। उनको काम लकडाउनमा पनि रोकिएन। नजिकका सेवाग्राही फोन सम्पर्क गरेर हिँडेरै पार्लर आइपुग्थे। त्यसैले अरु व्यवसायजस्तो उनको व्यवसाय चौपट भएन।

Xtrem

Xtrem

श्रीमान् र श्रीमतीले आफ्नो–आफ्नो व्यवसायको छुट्टाछुट्टै हिसाब राख्छन्। उनी घर–व्यवहारबाट बचेको पैसा आफ्नै ब्याङ्कखातामा जम्मा गर्छिन्। पैसा जम्मा गरेर तीन–चार आना जग्गा किन्ने र घर बनाउने उनको सपना छ। दुवै जनाको कमाइले सपना साकार हुने उनको विश्वास छ।

उनी दिनमा १० देखि १५ हजारसम्म कमाउँछिन्। उनले थे्रडिङ्ग, कपाल स्टेट, केरोटिन, नेल आर्ट, बेहुली सिँगार्ने, हेयर कलरिङ, फेसियल, हेयर कट र तालिमजस्ता सेवा दिँदै आएकी छिन्।

उनले फेसबुक पेज पनि खोलेकी छिन्। दँशैतिहारमा विशेष छुट दिएर फेसबुक पेजबाट प्रचार गरेकी छिन्। फेसबुक पेजबाट विज्ञापन गर्दा उनका सेवाग्राही टाढाबाट समेत आउने गरेका छन्। फेसबुक र टिकटकमा हेरेर चितवनबाट पनि सेवाग्राही आएको उनी बताउँछिन्।

उनले आफूसँग एक जना कर्मचारी पनि राखेकी छिन्। सर्लाही घर भएकी कर्मचारी सुनिता तामाङले ब्युटिसियन तालिम लिएको पाँच वर्ष भइसकेको छ। उनले सीटीईभीटीबाट ६ महिनाको कोर्ष लिएकी थिइन्। उनी एक महिनादेखि अनुसँग काम गर्न थालेकी छिन्। पहिला उनको आफ्नै पार्लर थियो। तर, त्यसलाई बन्द गरेर उनी अनुसँग काम गर्न आएकी हुन्। 

अनुलाई अझ यो व्यवसाय विस्तार गर्ने चाहना छ। ठूलो तालिम केन्द्र खोलेर महिलाहरुलाई स्वरोजगार बनाउने चाहना छ। महिला उद्यमीका लागी सबैभन्दा सजिलो र सरल काम यही भएको उनी बताउँछिन्।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ०७:०९
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्