काठमाडौं– क्रुज ड्रग केसमा आरोपित पाइएका आर्यन खानलाई अनुसन्धानका लागि हिरासतमा लिएपछि शाहरुख खान र उनको परिवारको साथमा बलिउड उत्रिएको छ। बलिउडका अभिनेता अभिषेक कपुर, जोनी लिवर, सोनु सुद लगायतले आर्यनको समर्थन गरेका हुन्।
गत साता मुम्बईमा एक जहाजमा भइरहेको ‘रेव पार्टी’मा भारतको राष्ट्रिय लागूऔषध नियन्त्रण ब्युरोले मारेको छापामा लागूऔषध पाइएको थियो। उक्त जहाजबाट बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित अन्यलाई पक्राउ गरिएको थियो। पक्राउ परेका आर्यनलाई हाल जेल चलान गरिएको छ।
छोरालाई जेल पठाएपछि शाहरुखको परिवारको समर्थनमा बलिउडका कलाकारहरुले सामाजिक सञ्जालमार्फत् साथ दिएका हुन्। अभिशेष कपुरले ट्विटरमार्फत् शाहरुख र उनकी श्रीमती गौरीका लागि शान्त्वाना दिएका छन्।
जोनी लिवरले पनि ट्विटरमा शाहरुखसँगको फोटो राख्दै उनलाई धैर्य गर्न भनेका छन्। त्यस्तै, अर्का अभिनेता सोनू सुदले कानुनले आवश्यक समय अनुसन्धानमा लिने भन्दै शाहरुख र उनको परिवारको चरित्र हत्या नगर्न मिडिया र दर्शकलाई अनुरोध गरेका छन्।
यीबाहेक बलिउडका ऋतिक रोशन, उनकी श्रीमती सुजैन खान, सुनील शेट्टी, हन्सन मेहता, पूजा भट्ट, आलिया भट्ट, रविना टण्डनलगायतले पनि शाहरुखको परिवारलाई समर्थन गर्दै धैर्य गर्न भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।