काठमाडौं- बझाङ जिल्ला अधिवेशनबाट कांग्रेस सभापतिमा खड्क बहादुर बोहरा निर्वाचित भएका छन्।
बोहराले रमेश बहादुर भण्डारीलाई पराजित गरेका हुन्। शनिबार सकिएको मतगणनामा विजयी बोहराले ७३० मत ल्याए। उनका प्रतिस्पर्धी भण्डारीले ४६४ मत प्राप्त गरे। विजयी बोहरा संस्थापन समूहका जिल्ला नेता हुन्।
बझाङका कांग्रेस नेता प्रकाश स्नेहीले उनलाई विजयी बनाउन संस्थापन इतरको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि साथ रहेको बताए।
बोहराको जीत सँगै संस्थापन पक्षबाट विजयी हुने जिल्ला सभापतिको सङ्ख्या ५ पुगेको छ। संस्थापनइतरबाट हालसम्म ७ जिल्लामा सभापति चयन भएका छन्।
असोज अघि २१ हिमाली जिल्लाको अधिवेशन सक्ने पार्टी निर्णय कार्यान्वयन हुन सकेको छैन। हालसम्म १२ जिल्लाको अधिवेशन सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।