• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन दशैँकै बेला पुस्तक प्रकाशनको ‘बाढी’ चल्छ?

64x64
धनु विश्वकर्मा आइतबार, असोज २४, २०७८  ०७:०२
1140x725

काठमाडौँ– अघिल्लो शनिबार (१६ असोज) मात्र प्रज्ञा प्रतिष्ठानका विभिन्न हलमा पाँच वटा पुस्तक विमोचन भए। केवल बिनाबीको कविता संग्रह यादहरुको संग्राहलय, कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’, तुलसी आचार्यको उपन्यास ‘मोचन’ र नवराज लम्सालको महाकाव्य ‘अग्नि’ एकै दिन एउटै परिसरमा विमोचन गरिए। त्यस्तै राहुल सांकृत्यायनले लेखेको र मीनराज वसन्तले अनुवाद गरेको ‘लेनिन’ पनि त्यही दिन प्रज्ञा प्रतिष्ठानमा नै विमोचन भयो।

सामान्यतयाः वर्षैभरि साहित्यिक र गैरसाहित्यिक पुस्तकहरु प्रकाशन भइरहेका हुन्छन्। तर, लेखक र प्रकाशकहरुका लागि दशैँछेकको समय ‘पुस्तक प्रकाशनको मौसम’जस्तो भएको छ। यति बेला प्रकाशकहरु नयाँ पुस्तक बजार पठाउने हतारोमा हुन्छन्।

पाठकहरुको पनि स्वभाव परिवर्तन हुन थालेको छ। पहिला भेटघाट र रमाइलो गर्ने पर्वका रुपमा मनाइने दशैँलाई अचेल घुमाघाम र पढ्ने समयका रुपमा लिइन्छ। त्यसै कारण लेखकहरुले यही बेला पुस्तक प्रकाशनका लागि मरिहत्ते गर्ने गरेको प्रकाशकहरु बताउँछन्।

यो वर्ष दशैँको छेक पारेर बुकहिल प्रकाशनले सबैभन्दा धेरै पुस्तक बजारमा ल्याएको छ। केही प्रकाशन भइसके भने केही हुने क्रममा छन्। दीपक पराजुलीको उपन्यास ‘मिथ्या’को शुक्रबार मात्र पोखरामा विमोचन भयो। पराजुली पोखरा बसेर कलम चलाइरहेका साहित्यकार हुन्। मिथ्या उनको पहिलो उपन्यास हो। अघिल्लो शनिबार विमोचन भएको महाकाव्य ‘अग्नि’ पनि बुकहिलले नै प्रकाशन गरेको हो।

बुकहिलका भुपेन्द्र खड्काका अनुसार अझै विनोद दीक्षितको ‘तमसोमा ज्योतिर्गमय’, योङ्गे मिङ्युर रिम्पोछेद्वारा लिखित ‘द जोय अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ र चिनियाँ कथा ‘सिनचियाङ बुढो सुय्मो’ प्रकाशन हुँदैछ। द जोय अफ लिभिङ डा.सरोज धितालले र चिनियाँ कथा मल्ल के सुन्दरले अनुवाद गरेका हुन्।

त्यसैगरी पुराना पुस्तकको नयाँ संस्करण पनि बुकहिलले बजारमा ल्याउँदैछ। बुकहिलबाट खप्तडबाबाको ‘स्वास्थ्य विज्ञान’, संजीव उप्रेतीको ‘सिद्धान्तका कुरा’, युवराज नयाँघरेको एक हातको तालीलगायत पुस्तक बजारमा आएका छन्।

खड्का भन्छन्, ‘दशैँ पुस्तक व्यापार हुने सिजन पनि हो। यो समयमा अन्य चिजवस्तुको व्यापार भएजस्तै नयाँ किताब किन्दा पाठकलाई पनि आन्नद आउँछ।’ अरु बेलाभन्दा दशैँतिर पुस्तकको व्यापार बढ्ने गरेको उनी बताउँछन्।

फिनिक्स बुक्सले पनि दशैको छेको पारेर सात वटा नयाँ पुस्तक बजारमा ल्याएको छ। केही पुस्तक दशैँ र तिहारको बीचमा पनि प्रकाशन गर्ने तयारी रहेको फिनिक्स बुक्सका गणेश सुवेदीले जानकारी दिए। अघिल्लो शनिबार विमोचन भएका बिनाबीको ‘यादहरूको संग्राहलय’ र आचार्यको ‘मोचन’ फिनिक्सले नै बजारमा ल्याएको हो।

Ncell 2
Ncell 2

त्यसबाहेक चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’, विजय हिताङ्गको पर्यावरण सम्बन्धी उपन्यास ‘ब्लु प्लानेट’ र विश्व कुइँकेलको कथा संग्रह ‘सुगन्धपुर’ प्रकाशन भइसकेका छन्। सुवेदीका अनुसार दशैँ र तिहारबीचमा राजेन्द्रमान डंगोलको नियात्रा संग्रह ‘पैतालामा हिउँ, आँखामा हिमाल’, कृष्ण मुरारी ढुंगेलको नियात्राकै पुस्तक ‘होहाहोला’ र बीपी कोईरालाको ‘सुम्निमा’ मैथली भाषामा अनुवाद भएर आउँदैछ। यसलाई बृषेश चन्द्रलालले अनुवाद गरेका छन्।

दशैँ र तिहारको मौका छोपेर पुस्तक प्रकाशन गर्ने चलन पुरानै भएको सुवेदी बताउँछन्। यो बेला विद्यार्थी र अन्य पाठक फुर्सदमा हुन्छन्। सरकारी र कतिपय निजी क्षेत्रका कर्मचारीले पनि अतिरिक्त भत्ता पाउने भएकाले पाठकलाई पुस्तक किन्न पनि सहज हुने उनको बुझाइ छ।

‘दशैँको बेला किताब बिक्ने शहरी क्षेत्रमा पनि काठमाडौँमा नै बढी हो। त्यसैले धेरैजसो प्रकाशनको यति बेलाको लक्ष्य भनेको काठमाडौँकै बजारका लागि हुन्छ,’ उनी भन्छन्, ‘बाहिर जानेले पनि यतैबाट किताब बोकेर जाने गर्छन्।’ यति बेला प्रकाशन भएका कतिपय किताब दशैँतिहारपछि मात्र काठमाडौँ बाहिर जाने पनि उनी बताउँछन्।

यो वर्ष भने कोभिड महामारीका असर बाँकी नै रहेकाले महामारी हुनुअघिजस्तो पुस्तकको व्यापार नभएको उनको भनाइ छ। तर, खोपको सर्वसुलभतासँगै फेरि पुस्तकको बजार माथि उक्सिनेमा उनी आशावादी छन्।

दशैँअगाडि फाइनप्रिण्टले पनि दुई वटा पुस्तक बजारमा ल्याउँदैछ। दुवै अनुवाद उपन्यास छन्। फाइनप्रिन्टका अजित बरालका अनुसार सुरेश बडालले नेपालीमा अनुवाद गरेको पाउलो कोएलोको ‘हिप्पी’ बजारमा आउँदैछ। त्यसै गरी छुदेन काविमोको उपन्यास ‘फातसुङ’को अंग्रेजी अनुवाद ‘सङ्स अफ द सोइल’ पनि बजारमा आउँदैछ।

दशैँ आसपास पारेर फाइन प्रिन्टले मात्र नभइ सबै प्रकाशकले पुस्तक बजारमा ल्याउन जोड दिने गरेको बराल बताउँछन्। उनी भन्छन, ‘दशैंमा पाठकलाई पढ़ने समय हुन्छ, पुस्तक किन्न पैसा पनि हुने हुनाले दशैंअघि किताब बढी बिक्छन्। त्यही भएर दशैंमा साबिकभन्दा बढी पुस्तक बजारमा आउँछन्।’ धेरै लेखकले यही बेला पुस्तक प्रकाशनका लागि जोडसमेत गर्ने गरेको उनको अनुभव छ।

शिखा बुक्सले पनि दशैँको मौका पारेर अन्य समयमा भन्दा बढी नै पुस्तक प्रकाशन गर्ने गरेको छ। गएको बिहीबार मात्र कवि सुरेन्द्र पौडेल अस्तफलको कविता संग्रह ‘तेल भिसा’ को विमोचन भएको छ। त्यसबाहेक शिखा बुक्सले डा. राजाराम सुवेदीको ‘नेपालको तथ्य इतिहास’, प्रतिक ढकालको ‘त्यो उज्यालो कर्णाली’, महेश पौड्यालको कथा संग्रह ‘अपरिचित अनुहार’ बजारमा ल्याइसकेको छ। शिखा बुक्सका पुष्पराज पौडेल अन्य केही पुस्तक पनि प्रकाशनको तयारीमा रहेको बताउँछन्।

पौडेल भने शिखा बुक्सले दशैँको मौकामा मात्र नभएर अरु बेला पनि नियमित रुपमा पुस्तक प्रकाशन गर्ने बताउँछन्। उनी भन्छन्, ‘अरु प्रकाशनको थाहा भएन। तर, हामीले दशैँलाई लक्षित गरेर किताब निकाल्ने गरेका छैनौँ। हामी निरन्तर काम गरिराखेका छाँै।’ दशैँको बेला आउने पुस्तक नियमित तालिकाअनुसार नै प्रकाशन भएको उनी बताउँछन्।

बेला प्रकाशनकी बन्दना ढकाल पनि दशैँको मौकाभन्दा पनि क्यालेण्डरअनुसार किताब प्रकाशन गर्ने गरेको बताउँछिन्। ‘हामी कार्यालयको क्यालेण्डरअनुसार पुस्तक बजारमा ल्याउने गरेका छौँ। अहिले आएका पुस्तक पनि नियमित तालिकामा नै आएका हुन्,’ उनी भन्छिन्।

बेला प्रकाशनबाट भर्खरै मात्र विमल निभाको कविता संग्रह ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ र विनोदविक्रम केसीको निबन्ध संग्रह ‘भेन्टिलेटरमा आमा’ बजारमा आएका छन्। दशैँपछि भोगीराज चाम्लिङको ‘खुवालुङ’ र ‘किरात सभ्यता र मुन्दुम’ प्रकाशन हुँदैछन्। ढकालका अनुसार, दशैँमा धेरै पुस्तक प्रकाशन हुँदा पठन माहोल तयार हुन्छ।

दशैँ तिहारमा मात्र पढ्नुपर्छ भन्ने सोचाइ राखेर बेला प्रकाशनले पुस्तक ननिकाल्ने उनी बताउँछिन्। ‘एक वर्षमा १० वटा किताब प्रकाशन गर्ने भन्ने बेलाको समय तालिका छ। त्यही अनुसार प्रकाशन गर्छौँ। दशैँकै लागि भनेर प्रकाशन गर्दैनौँ,’ उनले भनिन्।

दशैँकै लागि भनेर पुस्तक प्रकाशन गर्दा महिलाहरुका लागि उपयुक्त नहुने उनको भनाइ छ। ‘पढ्ने पाठक महिला र पुरुष दुवै हुन्छन्। दशैँलाई मौका बनाएर निकाल्ने हो भने हाम्रो समाजमा चाडबाडमा महिलाहरु झन् घरको काममा व्यस्त हुन्छन्’ ढकाल भन्छिन्, ‘महिलाले पढ्न त के पुस्तक छुन पनि भ्याउँदैनन्। थकान हुन्छ। त्यसैले हामी चाडबाडको सन्दर्भमा पुस्तक निकाल्ने भन्ने पक्षमा छैनौँ।’ पुस्तकको विषयवस्तु राम्रो भए जुनसुकै समयमा प्रकाशन गर्दा पनि पाठकले खाजेर पढ्ने उनी बताउँछिन्।

यीबाहेक साङ्ग्रिला प्रकाशनले पनि रमेश रुछेन राईले लेखेको ‘श्वेतशार्दूल : मदन भण्डारीको जीवन’, निलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’, नरहरि आचार्यको ‘जीवनको पाठशाला’ बजारमा ल्याएको छ। उता इन्डिगो इन्कले चन्द्रदेव जोशीको ‘विश्व कम्युनिष्ट आन्दोलनको इतिहास’, प्रमोद प्रधानको ‘साहसी डाँफे’ लगायत पुस्तक प्रकाशन गर्दैछ।

त्यसैगरी किताब पब्लिसर्सले सुजित मैनालीको पुस्तक ‘सति : इतिहास र मिमांशा’ बजारमा ल्याएको छ। बीएन पुस्तकले रेशम गिरीको उपन्यास ‘चक्रधूम’, दिनेशकुमार संग्रौँलाको कथा संग्रह ‘मैतुंगो’ लगायत प्रकाशन गर्दैछ। सिकाइ समूहले भर्खरै मात्र हरिहर तिमिल्सिनाको उपन्यास ‘कखरा’ बजारमा ल्याएको छ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्