• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन दशैँकै बेला पुस्तक प्रकाशनको ‘बाढी’ चल्छ?

64x64
धनु विश्वकर्मा आइतबार, असोज २४, २०७८  ०७:०२
1140x725

काठमाडौँ– अघिल्लो शनिबार (१६ असोज) मात्र प्रज्ञा प्रतिष्ठानका विभिन्न हलमा पाँच वटा पुस्तक विमोचन भए। केवल बिनाबीको कविता संग्रह यादहरुको संग्राहलय, कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’, तुलसी आचार्यको उपन्यास ‘मोचन’ र नवराज लम्सालको महाकाव्य ‘अग्नि’ एकै दिन एउटै परिसरमा विमोचन गरिए। त्यस्तै राहुल सांकृत्यायनले लेखेको र मीनराज वसन्तले अनुवाद गरेको ‘लेनिन’ पनि त्यही दिन प्रज्ञा प्रतिष्ठानमा नै विमोचन भयो।

सामान्यतयाः वर्षैभरि साहित्यिक र गैरसाहित्यिक पुस्तकहरु प्रकाशन भइरहेका हुन्छन्। तर, लेखक र प्रकाशकहरुका लागि दशैँछेकको समय ‘पुस्तक प्रकाशनको मौसम’जस्तो भएको छ। यति बेला प्रकाशकहरु नयाँ पुस्तक बजार पठाउने हतारोमा हुन्छन्।

पाठकहरुको पनि स्वभाव परिवर्तन हुन थालेको छ। पहिला भेटघाट र रमाइलो गर्ने पर्वका रुपमा मनाइने दशैँलाई अचेल घुमाघाम र पढ्ने समयका रुपमा लिइन्छ। त्यसै कारण लेखकहरुले यही बेला पुस्तक प्रकाशनका लागि मरिहत्ते गर्ने गरेको प्रकाशकहरु बताउँछन्।

यो वर्ष दशैँको छेक पारेर बुकहिल प्रकाशनले सबैभन्दा धेरै पुस्तक बजारमा ल्याएको छ। केही प्रकाशन भइसके भने केही हुने क्रममा छन्। दीपक पराजुलीको उपन्यास ‘मिथ्या’को शुक्रबार मात्र पोखरामा विमोचन भयो। पराजुली पोखरा बसेर कलम चलाइरहेका साहित्यकार हुन्। मिथ्या उनको पहिलो उपन्यास हो। अघिल्लो शनिबार विमोचन भएको महाकाव्य ‘अग्नि’ पनि बुकहिलले नै प्रकाशन गरेको हो।

बुकहिलका भुपेन्द्र खड्काका अनुसार अझै विनोद दीक्षितको ‘तमसोमा ज्योतिर्गमय’, योङ्गे मिङ्युर रिम्पोछेद्वारा लिखित ‘द जोय अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ र चिनियाँ कथा ‘सिनचियाङ बुढो सुय्मो’ प्रकाशन हुँदैछ। द जोय अफ लिभिङ डा.सरोज धितालले र चिनियाँ कथा मल्ल के सुन्दरले अनुवाद गरेका हुन्।

त्यसैगरी पुराना पुस्तकको नयाँ संस्करण पनि बुकहिलले बजारमा ल्याउँदैछ। बुकहिलबाट खप्तडबाबाको ‘स्वास्थ्य विज्ञान’, संजीव उप्रेतीको ‘सिद्धान्तका कुरा’, युवराज नयाँघरेको एक हातको तालीलगायत पुस्तक बजारमा आएका छन्।

खड्का भन्छन्, ‘दशैँ पुस्तक व्यापार हुने सिजन पनि हो। यो समयमा अन्य चिजवस्तुको व्यापार भएजस्तै नयाँ किताब किन्दा पाठकलाई पनि आन्नद आउँछ।’ अरु बेलाभन्दा दशैँतिर पुस्तकको व्यापार बढ्ने गरेको उनी बताउँछन्।

फिनिक्स बुक्सले पनि दशैको छेको पारेर सात वटा नयाँ पुस्तक बजारमा ल्याएको छ। केही पुस्तक दशैँ र तिहारको बीचमा पनि प्रकाशन गर्ने तयारी रहेको फिनिक्स बुक्सका गणेश सुवेदीले जानकारी दिए। अघिल्लो शनिबार विमोचन भएका बिनाबीको ‘यादहरूको संग्राहलय’ र आचार्यको ‘मोचन’ फिनिक्सले नै बजारमा ल्याएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसबाहेक चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’, विजय हिताङ्गको पर्यावरण सम्बन्धी उपन्यास ‘ब्लु प्लानेट’ र विश्व कुइँकेलको कथा संग्रह ‘सुगन्धपुर’ प्रकाशन भइसकेका छन्। सुवेदीका अनुसार दशैँ र तिहारबीचमा राजेन्द्रमान डंगोलको नियात्रा संग्रह ‘पैतालामा हिउँ, आँखामा हिमाल’, कृष्ण मुरारी ढुंगेलको नियात्राकै पुस्तक ‘होहाहोला’ र बीपी कोईरालाको ‘सुम्निमा’ मैथली भाषामा अनुवाद भएर आउँदैछ। यसलाई बृषेश चन्द्रलालले अनुवाद गरेका छन्।

दशैँ र तिहारको मौका छोपेर पुस्तक प्रकाशन गर्ने चलन पुरानै भएको सुवेदी बताउँछन्। यो बेला विद्यार्थी र अन्य पाठक फुर्सदमा हुन्छन्। सरकारी र कतिपय निजी क्षेत्रका कर्मचारीले पनि अतिरिक्त भत्ता पाउने भएकाले पाठकलाई पुस्तक किन्न पनि सहज हुने उनको बुझाइ छ।

‘दशैँको बेला किताब बिक्ने शहरी क्षेत्रमा पनि काठमाडौँमा नै बढी हो। त्यसैले धेरैजसो प्रकाशनको यति बेलाको लक्ष्य भनेको काठमाडौँकै बजारका लागि हुन्छ,’ उनी भन्छन्, ‘बाहिर जानेले पनि यतैबाट किताब बोकेर जाने गर्छन्।’ यति बेला प्रकाशन भएका कतिपय किताब दशैँतिहारपछि मात्र काठमाडौँ बाहिर जाने पनि उनी बताउँछन्।

यो वर्ष भने कोभिड महामारीका असर बाँकी नै रहेकाले महामारी हुनुअघिजस्तो पुस्तकको व्यापार नभएको उनको भनाइ छ। तर, खोपको सर्वसुलभतासँगै फेरि पुस्तकको बजार माथि उक्सिनेमा उनी आशावादी छन्।

दशैँअगाडि फाइनप्रिण्टले पनि दुई वटा पुस्तक बजारमा ल्याउँदैछ। दुवै अनुवाद उपन्यास छन्। फाइनप्रिन्टका अजित बरालका अनुसार सुरेश बडालले नेपालीमा अनुवाद गरेको पाउलो कोएलोको ‘हिप्पी’ बजारमा आउँदैछ। त्यसै गरी छुदेन काविमोको उपन्यास ‘फातसुङ’को अंग्रेजी अनुवाद ‘सङ्स अफ द सोइल’ पनि बजारमा आउँदैछ।

दशैँ आसपास पारेर फाइन प्रिन्टले मात्र नभइ सबै प्रकाशकले पुस्तक बजारमा ल्याउन जोड दिने गरेको बराल बताउँछन्। उनी भन्छन, ‘दशैंमा पाठकलाई पढ़ने समय हुन्छ, पुस्तक किन्न पैसा पनि हुने हुनाले दशैंअघि किताब बढी बिक्छन्। त्यही भएर दशैंमा साबिकभन्दा बढी पुस्तक बजारमा आउँछन्।’ धेरै लेखकले यही बेला पुस्तक प्रकाशनका लागि जोडसमेत गर्ने गरेको उनको अनुभव छ।

शिखा बुक्सले पनि दशैँको मौका पारेर अन्य समयमा भन्दा बढी नै पुस्तक प्रकाशन गर्ने गरेको छ। गएको बिहीबार मात्र कवि सुरेन्द्र पौडेल अस्तफलको कविता संग्रह ‘तेल भिसा’ को विमोचन भएको छ। त्यसबाहेक शिखा बुक्सले डा. राजाराम सुवेदीको ‘नेपालको तथ्य इतिहास’, प्रतिक ढकालको ‘त्यो उज्यालो कर्णाली’, महेश पौड्यालको कथा संग्रह ‘अपरिचित अनुहार’ बजारमा ल्याइसकेको छ। शिखा बुक्सका पुष्पराज पौडेल अन्य केही पुस्तक पनि प्रकाशनको तयारीमा रहेको बताउँछन्।

पौडेल भने शिखा बुक्सले दशैँको मौकामा मात्र नभएर अरु बेला पनि नियमित रुपमा पुस्तक प्रकाशन गर्ने बताउँछन्। उनी भन्छन्, ‘अरु प्रकाशनको थाहा भएन। तर, हामीले दशैँलाई लक्षित गरेर किताब निकाल्ने गरेका छैनौँ। हामी निरन्तर काम गरिराखेका छाँै।’ दशैँको बेला आउने पुस्तक नियमित तालिकाअनुसार नै प्रकाशन भएको उनी बताउँछन्।

बेला प्रकाशनकी बन्दना ढकाल पनि दशैँको मौकाभन्दा पनि क्यालेण्डरअनुसार किताब प्रकाशन गर्ने गरेको बताउँछिन्। ‘हामी कार्यालयको क्यालेण्डरअनुसार पुस्तक बजारमा ल्याउने गरेका छौँ। अहिले आएका पुस्तक पनि नियमित तालिकामा नै आएका हुन्,’ उनी भन्छिन्।

बेला प्रकाशनबाट भर्खरै मात्र विमल निभाको कविता संग्रह ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ र विनोदविक्रम केसीको निबन्ध संग्रह ‘भेन्टिलेटरमा आमा’ बजारमा आएका छन्। दशैँपछि भोगीराज चाम्लिङको ‘खुवालुङ’ र ‘किरात सभ्यता र मुन्दुम’ प्रकाशन हुँदैछन्। ढकालका अनुसार, दशैँमा धेरै पुस्तक प्रकाशन हुँदा पठन माहोल तयार हुन्छ।

दशैँ तिहारमा मात्र पढ्नुपर्छ भन्ने सोचाइ राखेर बेला प्रकाशनले पुस्तक ननिकाल्ने उनी बताउँछिन्। ‘एक वर्षमा १० वटा किताब प्रकाशन गर्ने भन्ने बेलाको समय तालिका छ। त्यही अनुसार प्रकाशन गर्छौँ। दशैँकै लागि भनेर प्रकाशन गर्दैनौँ,’ उनले भनिन्।

दशैँकै लागि भनेर पुस्तक प्रकाशन गर्दा महिलाहरुका लागि उपयुक्त नहुने उनको भनाइ छ। ‘पढ्ने पाठक महिला र पुरुष दुवै हुन्छन्। दशैँलाई मौका बनाएर निकाल्ने हो भने हाम्रो समाजमा चाडबाडमा महिलाहरु झन् घरको काममा व्यस्त हुन्छन्’ ढकाल भन्छिन्, ‘महिलाले पढ्न त के पुस्तक छुन पनि भ्याउँदैनन्। थकान हुन्छ। त्यसैले हामी चाडबाडको सन्दर्भमा पुस्तक निकाल्ने भन्ने पक्षमा छैनौँ।’ पुस्तकको विषयवस्तु राम्रो भए जुनसुकै समयमा प्रकाशन गर्दा पनि पाठकले खाजेर पढ्ने उनी बताउँछिन्।

यीबाहेक साङ्ग्रिला प्रकाशनले पनि रमेश रुछेन राईले लेखेको ‘श्वेतशार्दूल : मदन भण्डारीको जीवन’, निलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’, नरहरि आचार्यको ‘जीवनको पाठशाला’ बजारमा ल्याएको छ। उता इन्डिगो इन्कले चन्द्रदेव जोशीको ‘विश्व कम्युनिष्ट आन्दोलनको इतिहास’, प्रमोद प्रधानको ‘साहसी डाँफे’ लगायत पुस्तक प्रकाशन गर्दैछ।

त्यसैगरी किताब पब्लिसर्सले सुजित मैनालीको पुस्तक ‘सति : इतिहास र मिमांशा’ बजारमा ल्याएको छ। बीएन पुस्तकले रेशम गिरीको उपन्यास ‘चक्रधूम’, दिनेशकुमार संग्रौँलाको कथा संग्रह ‘मैतुंगो’ लगायत प्रकाशन गर्दैछ। सिकाइ समूहले भर्खरै मात्र हरिहर तिमिल्सिनाको उपन्यास ‘कखरा’ बजारमा ल्याएको छ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्