काठमाडौं- भारतको मुम्बईमा जहाजमा भइरहेको पार्टीमा लागु औषध भेटिएको मुद्दासँग बलिउडका बादशाह मानिने शाहरुख खानका छोरा पनि अभियुक्त भेटिएका छन्।
गत साता मुम्बईमा पार्टी भइरहेको जहाजमा लागु औषधको व्यापार र प्रयोग गरिएको भेटिएपछि भारतको लागु औषध नियन्त्रण ब्युरो (एनसिबी)ले अभियुक्तहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। हिरासतमा रहेका अभियुक्तमा शाहरुख खानका आर्यन खान पनि रहेका छन्।
बुधबारको सुनुवाइमा आर्यनसँगै अन्य आठ जनालाई न्यायिक हिरासत पठाउने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आर्यनसँगै आठ जनालाई १४ दिनलाई लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान हुनेछ।
हालसम्म यो मुद्दामा १७ जनालाई एनसिबीले गिरफ्तार गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।