काठमाडौं- आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज ‘क्राइमफाइल्स’ यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ।
नेपालभित्रै घटेका विभिन्न किसिमका आपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइमफाइल्समार्फत् प्रस्तुत गरिने निर्माणपक्ष एड प्याड र रोमाप्रोडक्सनले जनाएको छ।
एड प्याड र रोमाप्रोडक्सनका अनुसार नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटनामध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरु समेटेर क्राइमफाइल्स निर्माण गरिएको हो। यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइमफाइल्स टोलीले लिएको छ।
कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफइन्स्योरेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन्।
कार्यक्रमलाई एड प्याड र रोमाप्रोडक्सनले निर्माण गरेका हुन् भने कार्यक्रमको मेकिङ टि–फोल्क्स् प्रोडक्सनले गरेको हो।
क्राइमफाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्ने छ। यसको होस्ट सुरज गिरीले गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।