काठमाडौं- मुम्बई क्रुज पार्टी घटनामा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदनमाथि बिहीबार मुम्बईस्थित अदालतमा सुनुवाइ हुँदैछ।
सोमबार अदालतले आजसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। आर्यनका साथ अरबाज मर्चेंट र मुममुन धमेचाको जमानतमाथि पनि आजै सुनुवाइ हुनेछ।
यसबीच महाराष्ट्र सरकारमा मन्त्री रहेका नवाब मलिकले यो सम्मपूर्णमा घटना फर्जी भएको दाबी गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आर्यन खानलाई फसाउने उद्देश्यका साथ सबै गरिएको दाबी गरे। एनसीबीको यो कारबाहीमा बीजेपीको हात रहेको र गिरफ्तारी पूर्णरुपमा राजनीतिबाट प्रेरित रहेको उनको आरोप छ।
नवाब मलिकले आर्यनलाई एनसीबीमा लैजाने र सेल्फी खिच्ने केपी गोस्वावी र मनीष भानुशाली बीजेपीका नेता भएको बताए।
तर एनसीबीले भने मलिकको आरोपलाई गतल बताएको छ।
यो घटना मुम्बईमा एक क्रुजमा भइरहेको एक रेव पार्टीसँग जोडिएको छ। एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्रग्स घटनाको निष्पक्ष जाँच गरिने बताए। यस घटनामा बलिउड र अन्य केही धनी व्यक्तिहरु शामिल छन्।
महाराष्ट्र टाइम्सको रिपोर्ट अनुसार समुद्रको बीचमा एक क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो। त्यहाँ रेड गरेर एनसीबीले १० जनालाई हिरासतमा लिएको थियो।
केही मिडिया रिपोर्ट्सहरुका अनुसार यो पार्टीका लागि क्रुज शिपको टिकट करीब ८० हजार रुपैयाँको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।