काठमाडौं- दुई वटा संवैधानिक आयोगले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आदिवासी जनजाति आयोगले राष्ट्रपतिसमक्ष गत आर्थिक वर्षको प्रतिवेदन बुझाएका हुन्।
वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र जनजाति आयोगका रामबहादुर थापामगरले आ-आफ्नो आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।