काठमाडौं- भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारण भएको पौराणिक कार्यक्रम 'रामायण' मा रावणको भूमिका निभाउने कलाकार अरविन्द त्रिवेदीको मृत्यु भएको छ।
मंगलबार राति उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
८० को दशकमा दूरदर्शनमा प्रसारण भएको रामानन्द सागरको निकै लोकप्रिय धारावाहिक 'रामायण' मा रावणको भूमिका निभाएका त्रिवेदी ८३ वर्षका थिए।
मंगलबार राति ११ बजे घरमा नै उनको मृत्यु भएको जनाइएको छ। लामो समयबाट उनी स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए।
रामायणमा रावणको भूमिका निभाउने बाहेक त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल‘ मा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसका साथै उनी गुजराती फिल्म उद्योगमा चर्चित थिए।
यस वर्षको मे महिनामा उनको मृत्यु भएको समाचार सामाजिक सञ्जालमा फैलिएको थियो र त्यस समयम ‘रामायण’ मा लक्ष्मण को भूमिका निभाउने सुनील लहरीले यस हल्लालाई खारेज गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।