काठमाडौं- नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले 'फाइदा मोर, टेन्सन नो मोर' शीर्षकका साथ 'बजाज एक्सचेञ्ज महामेला' अफर ल्याएको छ। असोज १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी महामेलामा यो अफर लागू हुने जनाएको छ। मेला असोज २३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।
'यस अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउनसक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कनसक्ने छन्। यसमा १८ भन्दा बढी भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसका अतिरिक्त बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको कम्पनीले जनाएको छ। 'एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनुहुनेछ,' कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ। जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुतले प्रस्तुति दिएका छन्। असोज २१ मा गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रस्तुति रहने कम्पनीले जनाएको छ।
'बजाजले 'बजाज खुसीको ३ डोज' नामक आफ्नो दसैं अभियान सफलतापूर्वक चलाइरहेको छ। ग्राहकहरुले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यसबाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।