• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गोविन्द केसीको अवहेलना मुद्दामा सर्वोच्चको व्याख्या- व्यक्तिको हकलाई अदालतले पनि सम्मान गर्नुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, असोज १९, २०७८  १९:२६
1140x725

काठमाडौं- सर्वोच्च अदालतले चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

डा. केसीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध दिएको अभिव्यक्तिका कारण अवहेलना मुद्दा खेप्नु परेको थियो।अनसनस्थलबाट पक्राउ परेर अवहेलना मुद्दा खेपेका केसीले २०७६ माघ २३ गते अभियोगबाट सफाइ पाएका थिए। तत्कालीन समयमा भएको फैसलाको पूर्णपाठ हालैमात्र सार्वजनिक भएको हो।  

६ जना न्यायाधीशको बृहत् पूर्ण इजलासले प्रतिवादी सबैलाई सफाइ दिने फैसला सुनाएको थियो। डा. केसी, कान्तिपुर दैनिका अध्यक्ष तथा प्रबन्धक निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र सम्वाददाता कृष्ण ज्ञवालीलाई पनि अदालतले सफाइ दिएको थियो।

गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनी समाचार प्रकाशन गरेको अभियोगमा कान्तिपुरका प्रकाशक सिरोहिया, सम्पादक शर्मा र सम्वाददाता ज्ञवालीलाई अवहेलना मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासले फैसला सुनाएको थियो।  

फैसलामा एकजना आमरण अनसनमा बसेको सत्याग्रहीलाई विज्ञप्ति प्रकाशित गरेको र सो कुरा सञ्चार माध्यमद्वारा सार्वजनिक भएको केही घण्टाभित्रै कर्मचारीमार्फत् प्रतिवेदन लिने, पेसीसूची निकाल्ने र तत्काल इजलास गठन गरी पक्राउ गर्ने आदेश दिने, पक्राउ गरी प्रहरी हिरासतमा राख्ने, प्रतिरक्षाको लागि पर्याप्त समय पनि नदिइ भोलिपल्ट अदालत खुल्नुभन्दा अघि नै अर्थात ९:३० बजे उपस्थित गराउने जस्ता कार्यहरु स्वच्छ सुनुवाइको दृष्टिले उचित देखिँदैन भनिएको छ।

अवहेलना मूलतः न्याय सम्पादनमा अवरोध गर्ने वा अदालतका आदेश वा फैसलाहरुको अवज्ञा गर्ने कार्यलाई रोक्ने अदालतको अन्तरनिहित अधिकार भएको फैसलाको पूर्णपाठमा उल्लेख छ।

मुद्दामा उठेको विषयवस्तु र अवहेलना भयो भनी दाबी गरिएको कार्य कति गम्भीर छ, यसले अदालतको निष्पक्षताउपर प्रत्यक्ष आक्रमण गरेको वा सर्वसाधारणको नजरमा न्यायिक कार्यहरुप्रति भ्रम फैलाउने वा न्यायालयको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेको छ वा छैन भनी हेर्नुपर्ने पूर्णपाठमा उल्लेख छ।

त्यस्ता कार्यहरु भए गरेको देखिएमा अवहेलनामा कारबाही र सजाय गर्न मिल्ने तर, यो शक्तिको प्रयोग गर्दा संविधानप्रदत्त हक र स्वच्छ सुनुवाइका मान्यताहरुबारे समेत गहिरिएर विचार गरी सन्तुलित र सहिष्णु दृष्टिबाट निष्कर्षमा पुग्नुपर्ने पूर्णपाठमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको अवहेलना भयो भन्ने आधारको पुष्टि नगरेको र डा. केसीउपरको कारबाहीको हकमा प्रकाशित विज्ञप्ति र अभिव्यक्ति अशोभनीय देखिएपनि उनीविरुद्धको कारबाही स्वच्छ सुनुवाइको सिद्दान्तको सही रूपमा अनुशरण नगरिएकाले  दोषी ठहर गर्न नमिल्ने पूर्णपाठमा भनिएको छ। 

‘स्वच्छ सुनुवाइको हकको सम्मान गर्नु अदालतको प्राथमिक दायित्व हो। यो कसैले माग गरेमा अनुशरण गर्नुपर्ने अन्यथा अनुशरण गर्नु नपर्ने विषय होइन’, फैसलामा भनिएको छ, ‘संविधानले नै व्यक्तिको हक भनी प्रत्याभूत गरेको विषयलाई अदालतले पनि सम्मान गर्नुपर्छ। न्याय गरेर मात्र हुँदैन, न्याय गरेको पनि देखिनुपर्छ भन्ने मान्यतालाई यस अदालतले सदा अनुशरण गरिआएको छ।’

सर्वोच्चले कान्तिपुर दैनिकको हकमा तत्कालीन प्रधानन्यायाधीशको जन्म मिति सम्बन्धी विवाद न्याय सम्पादनसँग सम्बन्धित नदेखिइ उनको व्यक्तिगत जीवनसँग सम्बन्धित विषय देखिएकाले समाचार लेखेकै आधारमा अवहेलना ठहर नहुने फैसलामा भनेको छ।

‘न्याय सम्पादनसँग सम्बन्धित नभएपछि सो विषयमा प्रकाशित समाचारको कारणबाट न्याय सम्पादनमा अवरोध पुर्‍याएको भनी आरोप लाग्न सक्ने अवस्था भएन’, फैसलामा उल्लेख छ, ‘नागरिकता प्रदान गर्ने वा त्यसको प्रतिलिपि दिने निकाय अर्थात् जिल्ला प्रशासन कार्यालय र उहाँको जन्म मिति कुन कायम हुन्छ भनी पटक पटक निर्णय गर्ने निकाय अर्थात न्याय परिषद् दुवै सार्वजनिक निकाय देखिन्छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सार्वजनिक निकायद्वारा भए गरिएका काम कारबाही र अभिलेखको विषयमा समाचार प्रकाशन हुनु स्वभाविक कार्य हुने फैसलामा उल्लेख छ। ‘जन्म मितिहरू हामीले सृजना गरेका होइनौं, अभिलेखमा देखिएका कुराहरू प्रकाशित गरेकासम्म हौं भनी विपक्षीहरूले लिखित जवाफमा लिएको जिकिर ग्रहणयोग्य देखिन्छ’, फैसलामा भनिएको छ, ‘वस्तुतः सार्वजनिक निकायको अभिलेखमा उल्लेखित कुनै तथ्यगत कुराहरू प्रकाशित गर्नु संविधानद्वारा प्रत्याभूत व्यक्तिको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चार जगतको स्वतन्त्रताको कुरा हो।’  

कान्तिपुर दैनिकमा मिति २०७४ माघ २७, २८ र २९ गते प्रकाशित समाचारबाट अदालतको अवहेलना भयो भन्न मिल्ने नदेखिएको फैसलामा उल्लेख छ। 

डा. केसीको अनसन २०७४ पुस २३ मा भएको निर्णय आदेशसँग सम्बन्धित रहेको भन्दै फैसलामा भनिएको छ, 'प्रा.डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनको पदमा चार दिनका लागि पुनर्वहाली गर्ने कार्यको न्यायिक पुनरवलोकन हुनसक्ने अवस्था हुदाँ हुँदै विरोध गरेको भनिएको छ।' 

उक्त फैसला भएको भोलिपल्ट नै डा. केसीले ‘हाम्रो न्यायालय न्याय दिने हैन न्यायको किनबेच गर्ने भ्रष्ट र अपराधीहरूसँग मिलेमतो गरेर तिनिहरूको संरक्षण गर्ने तथा इमान्दारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको’ टिप्पणी गरेका थिए।

‘कतिपय अवस्थामा अदालतभित्र वा इजलासमा भएका अभद्र व्यवहार वा अदालतका कर्मचारीहरुउपर आक्रमण वा अदालतको परिसरभित्र भएका फौजदारी प्रकृतिका कार्यहरूलाई अदालतको सामुन्ने भएको अवहेलना मानी अवहेलनाको कार्यमा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने पनि हुन सक्छ’, फैसलामा भनिएको छ, ‘डा. केसीले गरेको कार्य अदालत परिसर भन्दा बाहिर गरिएको केही आवेशपूर्ण प्रतिक्रिया हो भन्नेसम्म देखिएको छ।’  

यस प्रकारको विषयमा अदालतले उपस्थितिको लागि म्याद दिई सूचना जारी गर्ने आमप्रचलन रहेको फैसलामा उल्लेख छ। तर, यसलाई तत्कालै पक्राउ गर्नुपर्ने अनिवार्यता भएको विषय ठान्न पनि नमिल्ने फैसलामा भनिएको छ।

यस्तो छ फैसलाको पूर्णपाठ :

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्