काठमाडौं– जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंका सव-इन्जिनियर २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई पक्राउ गरेको हो।
कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग मागेको २ लाख रुपैयाँ घुससहित अख्तिायरको टोलीले केसीलाई पक्राउ गरेको हो।
केसीलाई घुस रकम लिइसकेको अवस्थामा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरा परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।