फाइल तस्बिर
काठमाडौं– त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ। एयरलाइन्सको कल साइन नाइन एनएएनएफ भएको जहाज मंगलबार बिहान ट्याक्सी वेबाट चिप्लिएको हो।
बिहान ९ बजेर ३३ मिनेटमा ट्याक्सी वेबाट रन वेतर्फ जाने क्रमका विमान चिप्लिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख प्रताबबाबु तिवारीले बताए। जहाज निकाल्ने प्रयास जारी रहेको उनको भनाइ छ।
विमानबाट नेपालगञ्ज जाने यात्रुलाई अर्को जहाजमा नेपालगञ्ज पठाउने तयारी गरिँदै छ। विमानमा चालक दलका चार सदस्यसहित ८० जना यात्रु रहेका थिए।
विमानले धावन मार्ग अवरोध नगरेका कारण अन्य उडान नरोकिएको विमानस्थल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।