काठमाडौं– आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले भारतको बिहार नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।
बिहान गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा समेत अपराह्नतिर वर्षाको सम्भावना रहेको विभागको भनाय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।