फाइल तस्बिर
काठमाडौं- कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन्।
‘विकिनी किलर’का रूपमा परिचित शोभराज सन् २००३ देखि नेपालमा जेलजीवन बिताइरहेका छन्। उनको रिट न्यायाधीश मिरा खड्काको एकल इजलासमा पेसी रहेको छ ।
शोभराजले गत वर्ष १९ कात्तिकमा अधिवक्ता शकुन्तला थापामार्फत जेष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।