काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि सुनियोजित प्रहार भइरहेको बताएका छन्।
सोमबार बिहान सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा उनले पछिल्लो समय मन्त्रिपरिषद्मा भाग मागेको भनेर आएका समाचार पनि त्यसैको निरन्तरता भएको बताए।
उनले यसमा कुनै सत्यता नभएको र यसबारे औपचारिक रुपमा खण्डन गरिने पनि बताएका छन्।
सोमबार बिहान सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न पुगेको थियो।
मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश राणाले पनि भागबण्डा मागेको समाचार सार्वजनिक भएसँगै सर्वोच्च बारका पदाधिकारी उनलाई भेट्न गएका थिए। तर, प्रधानन्यायाधीश राणाले सुनियोजित र षडयन्त्रपूर्वक यस्ता समाचार सार्वजनिक गरिएको जवाफ दिए।
'विगतदेखि नै पटक पटक न्यायपालिकामाथि सुनियोजित प्रहार भइरहेको छ। त्यसैको निरन्तरता यो घटना हो। यसमा कुनै सत्यता छैन। भ्रममा नपर्नुहोला', भेटमा राणाले भने, 'हामीले यसको औपचारिक रुपमै खण्डन गर्नेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।