काठमाडौं- जलाशययुक्त सुनकोसी २ आयोजना खारेजीको माग गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र विद्युत विकास विभागका महानिर्देशक सन्दिप कुमार देवलाई माझी समुदायले ज्ञापनपत्र बुझाएको छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले यसबारे आफू गम्भीर रहेको र अध्ययन गरेर अगाडि बढ्ने बताए। महानिर्देशक देवले हाल वातावरणीय प्रभाव मूल्यांकनबारे अध्ययन भइरहेको अहिले नै बनिहाल्यो भन्ने नसोच्न आश्वासन दिँदै माझी समुदायको मागलाई प्राविधिक, सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन गरी प्रतिवेदनमा समावेश गरी पठाउने बताए।
बागमती प्रदेश सांसद रिता माझीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै आदिवासी माझी र अन्य स्थानीय समुदायको पुर्ख्यौली भूमि, पहिचानजन्य भाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रितिरिवाज, ऐतिहासिक थातथलो, पुरातात्विक स्थलको अस्तित्व र पहिचान रक्षाका लागि सुनकोशी २ जलविद्युत खारेजी हुनुपर्ने बताएका छन्।
विद्युत् विकास विभागले सिन्धुली र रामेछापका बीच भएर सुनकोशी नदीमा उच्च बाँध निर्माण गरी ९७८ मेगावाट क्षमताको आयोजना अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।