काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको शल्यक्रिया भएको छ। उनको गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया भएको हो।
अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरेको हो। परिवारसँग छुट्टी मनाउन दुबई पुगेका बेला स्वास्थ्यमा अचानक समस्या आई उनी हृदयघातबाट पीडित भएको नर्भिक स्पतालले जनाएको छ।
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन्। अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया भएको नर्भिक अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।