काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार साँझ ८:१३ धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।
यसअघि साँझ ७ :५८ मा पनि ४.६ म्याग्नेच्युडको भूकम्पको धक्का सिन्धुपाल्चोकसहित विभिन्न स्थानमा महसुस गरिएको थियो।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।