काठमाडौं– बलिउडमा मुलधारका अभिनेताहरू नै ओटीटी (ओभर द टप )माध्यममा प्रवेश गर्ने ट्रेण्ड बढेको छ। सलमान खानदेखि कंगना रौनतसम्मका कलाकारले पनि ओटीटी माध्यममा प्रवेश गरिसकेका छन्। यसबीच ६० वर्ष पुगेका भारतीय अभिनेता सुनील शेट्टीले पनि ओटीटी माध्यममा प्रवेश गरेका छन्।
उनले ‘इनविजिबल वुमन’मार्फत् ओटीटी माध्यममा डेब्यु गर्ने भएका हुन्। तामिल निर्देशक राजेश एम सेल्वाले निर्देशक गरिरहेको एक्सन थ्रिलर सिरिजमार्फत् उनले ओटीटी माध्यममा प्रवेश गर्न लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्म यही वर्ष फ्लोरमा जाँदै छ।
सुनिलले आफ्नो इन्स्टाग्राममार्फत् सिरिजमा आवद्ध भएको जानकारी दिएका छन्। उनले वेब सिरिजको कथा राम्रो लागेकाले यसमा काम गर्न राजी भएको बताए। सँगै उनले आफू लामो समयदेखि ओटीटी माध्यममा प्रवेश गर्न इच्छुक रहेकाले यो प्रोजेक्ट उनको लागि महत्त्वपूर्ण भएको समेत बताएका छन्।
उक्त सिरिजमा सुनिलसँगै अभिनेत्री इशा गुप्तालाई मुख्य भूमिकामा लेख्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।