काठमाडौं– सौन्दर्य प्रतियोगिताको निर्देशनमा आधा दशकभन्दा लामो समय बिताएकी प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डिरेक्टर अवार्ड पाएकी छिन्।
राष्ट्रिय नाचघरमा आयोजित नेपाल म्युजिक एण्ड फेसन अवार्ड कार्यक्रममा उनलाई राष्ट्रिय सभाका सभामुख गणेश प्रसाद तिमिल्सिनाले उत्कृष्ट महिला निर्देशकको उपाधि दिएका हुन्।
‘सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन’ भन्ने नारासहित नाचघरमा सौन्दर्य प्रतियोगिता र यससँग सम्बन्धित कार्यक्रम आयोजना भएको थियो। विगत ६ वर्षदेखि सौन्दर्य प्रतियोगिता र योसँग सम्बन्धित क्षेत्रमा क्रियाशिल रहेकी कार्कीलाई उनको कामको सम्मान स्वरुप यो अवार्ड दिइएको आयोजकले बताएका छन्।
कानुन व्यवसायी समेत रहेकी कार्कीले मिसेस नेपाल ग्याल्म, मिस एण्ड मिस्टर सि ग्याल्म, मिस्टर एण्ड मिस टिन इन्टरनेशनल, मिस सि युनिभर्स लगायतका प्रतियोगीताहरु आयोजना गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।