• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

डाक्टरको कलायात्रा : बंगलादेश पढ्न जाँदा पनि चित्र बनाउनमै मस्त

64x64
ज्ञानेन्द्र विवश शनिबार, असोज १६, २०७८  १८:४७
1140x725
आफ्ना चित्रहरुको साथमा डा.सविना श्रेष्ठ।

डा.सविना श्रेष्ठ वरिष्ठ नेत्र विशेषज्ञ हुन्। तर, उनको परिचय यतिले मात्र पूरा हुँदैन। उनी पेसाले डाक्टर र रुचिले चित्रकार हुन्। कविता पनि लेख्छिन्।

चित्रकारितामा उनको गहिरो लगाव छ। डाक्टर पढ्न बंगलादेश रहँदा पनि उनले चित्र बनाउन छोडिनन्। उनले भर्खरै एकल चित्रकला प्रदर्शनी पनि गरिसकेकी छिन्। पहिलो प्रदर्शनीमै सयभन्दा बढी संख्यामा चित्र राखेकी थिइन्। तीमध्ये धेरै बिक्री भए। बिक्रीबाट उठेको रकम सामाजिक कार्यमा लगाउने उनी बताउँछिन्।

‘भाइब्रेसन’ नाम दिइएको तीन दिवसीय एकल चित्रकला प्रदर्शनीका चित्र करिब तीन वर्ष लगाएर तयार पारिएको उनी बताउँछिन्। उनका चित्रहरू हेर्दा सामान्य लाग्छ, तर तिनमा गहिरो अर्थ र अभिप्राय छ। प्रत्येक चित्रमा जीवन र प्रकृतिलाई, माया र प्रेमलाई एक्रिलिक रङबाट आकार दिएकी छन्। तिनले उनीभित्रको गहिरो संवेदनालाई प्रतिविम्बित गर्छ।

ज्ञानेन्द्र विवश

सो प्रदर्शनीका तीनवटा चित्र उनले अमूर्तशैलीमा बनाएकी छिन्। तिनमा रङ संयोजन र भाव सम्प्रेषणको प्रस्तुति आकर्षक छ। तर, उनी आफूलाई मूर्तशैलीका चित्रकारितामै काम गर्न आनन्द आउने बताउँछिन्। त्यस्ता चित्रहरूमा दृश्यहरू यथार्थ र आमदर्शकले पनि सजिलै बुझ्न सक्छन्। रङलाई राम्ररी खेलाउन सक्ने क्षमता भइसकेपछि मात्र अमूर्तकलामा काम गर्न सकिने उनको अनुभव छ।

सविनाले दृष्टिविहीनका लागि समेत चित्र बनाएकी छन्। दृष्टिविहीनहरूले आफूले बनाएको चित्र क्यानभासको सतहमा छामेर कलाको भाव महसुस गर्न सक्ने उनी बताउँछिन्। ती चित्रमा हिमाली छटाको उज्यालो चहक, हरियाली प्रकृतिको विराट सौन्दर्य मात्र होइन समुन्द्र किनारका चट्टानसमेत देख्न सकिन्छ। ती चित्रमा हाँसो, खुसी र दुःखका पीडाजन्य भावका चित्र पनि छन्।

उनी भन्छिन्– ‘कतिपय चित्रहरू मेरो आफ्नै जीवनसँग सन्निकट छन्। ती चित्रहरूले आफ्नै जीवनयात्राका विविध पाटाहरूलाई झल्काउँछन्।’ प्रदर्शनीमा राखिएका उनका चित्रमा प्रेमको गहिरो भाव, विछोडको पीडा, भगवान कृष्णप्रति मिराको समर्पण, भगवान गणेशलगायत आशा, निराशाका दृश्य अंकित छन्।

वनस्पति श्रृंखला, समुन्द्री छाल, बादलका तरङलगायत उनका कलामा फूलपात, लतालहरा र जीवन सादृश्य अनेकौँ आकृति सिर्जित छन्। ती सबैका ‘भाइब्रेसन’ भन्नु सुन्दरताको अपेक्षा र आग्रह हो। मायाममता र शुभेच्छाका कम्पनहरू अन्ततः मानवीय सौन्दर्यका साक्षात् स्वरूप हुन्। अनि सकारात्मक सोँच र असल विचारका कलाकारी अभिव्यक्ति हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनका कलामा परिपक्व रङ संयोजनको कमी छ। तर, अभिव्यक्त भएका भाव र विचार कलाका माध्यमबाट जीवन्त र प्रभावकारी रुपमा सम्प्रेषण भएको छ। उनका चित्रले मानवीय सद्भावको सन्देश दिन्छन्।

हुन त डा. सविनाले चित्रकलाको कुनै औपचारिक अध्ययन गरेकी छैनन्। न कुनै गुरु छन्, न आधारभूत शिक्षा। उनले आफ्नो रुचिको क्षेत्र चित्रकलामा स्वअध्ययनबाट नै धेरै संख्यामा चित्र बनाएकी छिन्। त्यसैगरी पेसागत व्यस्तताबीच पनि सिर्जनात्मक क्षमताको प्रयोग र त्यसलाई सार्वजनिक गर्नुपर्छ भन्ने दृढ मान्यता आफैँमा उदाहरणीय छ।

उनी भन्छिन्– ‘हुन त सानै उमेरदेखि म स्केचहरू गर्थेँ। मेरो यही रूचिलाई साकार पार्न मैले केही समय रामानन्द जोशीसँग चित्रकला सिकेँ। तर, त्यो मेरो जीवनमा त्यतिबेला प्रयोग भएन। बंगलादेशमा पढ्न बस्दा केही अनुहार स्केच गरेर कलामा फर्किने सोँच बनाएकी थिएँ। त्यसपछिको निकै दशकको अन्तरालपश्चात कूची समातेर मैले क्यानभासमा रङ खेलाउन थालेँ।’

Xtrem

Xtrem

उनको एकल चित्रकला प्रदर्शनी निकै सुखद भयो। कोरोना कहरका कारण लामो समयसम्म बन्द भएर खुलेको ग्यालरीमा दर्शकको भीड लागेको थियो। प्रदर्शनी अवधिमा उनका कलाप्रति दर्शकको जिज्ञासा त थियो नै आकर्षणका अनुरागहरू जागृत भएको अनुभव पनि भएको छ। बिक्रीका हिसाबले तथा दर्शक आगमनका कारण कलानुराग निकै बढेको महसुस गर्न सकिन्छ। तीन दिने प्रदर्शनीमा दैनिक दर्शकको भीड र बिक्री भएको थियो।   

चित्रहरूको उद्घाटन शताब्दी पुरूष सत्यमोहन जोशीबाट गरिनु अनि प्रदर्शनीमा सय थान चित्रहरू समावेश हुनु आफैँमा संयोग मात्र होइन अनुपम कार्यको एउटा उदाहरण हो।

उनको कवितायात्रा पनि चलिरहेको छ। उनले २०५८ सालमै ‘मनको स्पर्श’ शीर्षकको कविता संग्र्रह प्रकाशित गरेकी छिन्। त्यो समयसम्म उनी आफ्नो नाम सविना श्रेष्ठ ‘स्मृति’ लेख्थिन्। विद्यालय अध्ययनकै क्रममै आफूले कविता पढ्ने र लेख्ने गरेको उनी बताउँछिन्।

कामको चाप र व्यस्तताको तनाव हुँदाहुँदै पनि सिर्जना गर्न पाउँदा आनन्द लाग्ने उनको भनाइ छ। मानिसलाई फुर्सद भयो भने उसले रचनात्मक काम गर्न नसक्ने उनी बताउँछिन्। तर, आफूले अलिअलि फुर्सद निकालेर पनि यतिका धेरै चित्र बनाउन सकेकोमा आफैँलाई अचम्म लागेको बताउँछिन्।

डा. सविना पेशाले नेत्र विशेषज्ञ र प्राध्यापक पनि हुन्। उनी डाक्टर, साहित्यकार हुँदै अब चित्रकार पहिचानमा आफूलाई स्थापित गराउन सफल भएकी छिन्। एक कुशल डाक्टरले चित्रकारितामा पनि यतिका कलाकर्म सार्वजनिक गर्नु प्रसंशनीय कार्य हो। आगामी दिनमा अझ सशक्त कलारचनाका लागि अग्रिम शुभकामना।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्