• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गुप्तचर निकायबाटै सरकारको ‘सुराकी’, बालुवाटारको सूचना यसरी पुग्छ बालकोट

प्रधानमन्त्री देउवाको सचिवालय बेखबर
64x64
नारायण अधिकारी शुक्रबार, असोज १५, २०७८  २१:४०
1140x725

काठमाडौं– तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) दिलिप रेग्मीलाई बर्खास्त गर्‍यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो। 

विशेष सेवा नियमावली, २०४४ लाई संशोधन गर्दै सरकारले मुख्य अनुसन्धान निर्देशकको पदावधि एक वर्ष घटाएर उनलाई हटाएको थियो। ओली सरकारले रेग्मीलाई बर्खास्त गर्नुको कारण खुलाएन। तर, विभिन्न तीन कारणले उनी बर्खास्त भएको जानकार स्रोतहरु बताउँछन्। 

पहिलो, रेग्मीको राजनीतिक निकटता नेपाली कांग्रेससँग रहेको मानिन्थ्यो। त्यही निकटतालाई भजाएर आफूभन्दा वरिष्ठलाई पछि पार्दै उनी गुप्तचर प्रमुखमा बढुवा भएका थिए। कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४ गते रेग्मीलाई गुप्तचर प्रमुखमा बढुवा गरेको थियो। 

उनी बर्खास्तमा पर्नुको अर्को कारण हो, तत्कालीन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी) तथा वर्तमान गुप्तचर प्रमुख गणेश अधिकारी। रेग्मीलाई ओली सरकारले बर्खास्त गरेका बेला अधिकारीको एआइजीको कार्यकाल एक महिना मात्रै बाँकी थियो। त्यसैले उनी अनिवार्य अवकाशमा जाँदै थिए। एमालेनिकट मानिएका अधिकारीलाई गुप्तचर प्रमुख बनाउने ओलीको योजनाअनुसार नै त्यसबेला रेग्मीलाई बर्खास्त गरिएको जानकारहरु बताउँछन्। 

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएका बेला रेग्मीले नेताहरुका सूचना अख्तियारलाई दिने गरेको आरोप पनि उनी बर्खास्तीको एउटा कारण थियो। यसरी एमाले निकट र ओलीको विश्वासपात्र भएकै कारण अप्रत्याशित रुपमा गुप्तचर प्रमुख बनेका अधिकारीले ओली सरकारमा नहुँदा पनि उनलाई 'गुण लगाइरहेको' उच्च सुरक्षा स्रोतहरु बताउँछन्।

यो पनि पढ्नुहोस्

शक्तिशाली बनाउने भन्दै ओलीले ‘निकम्मा’ बनाएको गुप्तचर विभाग : देउवाले गृहमै फर्काउलान्?

अधिकारीको यही 'कनेक्सन'कै कारण सरकारका लागि गुप्तचरी गुनपर्ने निकाय अहिले ‘सरकारकै गुप्तचरी’ गर्दै सूचना ओलीनिवास बालकोटसम्म पुर्‍याउन सक्रिय रहेको जानकारी उच्च स्रोतले नेपाल लाइभलाई दिएको छ। सरकारका सूचनादेखि विभिन्न भेटघाट र प्रधानमन्त्री निवास बालुवाटारसम्मका सूचना गुप्तचरी निकायमार्फत् अहिले बालकोट पुग्ने गरेको स्रोतले जनाएको छ।

ओलीबाट बालुवाटार भित्रिए, अहिले देउवाका सुराकी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अर्थात्, प्रधानमन्त्री कार्यालयमा उप–अनुसन्धान निर्देशक (एसपी)को कमाण्डमा गुप्तचर विभागको टोली रहने व्यवस्था छ। २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएको एक हप्तामै ओलीले बालुवाटारमा रहेका गुप्तचर अधिकारीहरु हटाएका थिए। 

राज्यका लागि आवश्यक पर्ने सूचना संकलन र विश्लेषण गर्ने मुख्य जिम्मेवारी राअविको हुन्छ। सरकारको सफलता र असफलतामा यही निकायको भूमिका महत्वपूर्ण मानिन्छ। यो बेग्लै हो कि राअविको गुप्तचरी क्षमतामाथि प्रश्न पनि ठूलै उठ्छ। सूचनाको दुरुपयोग हुँदा सरकार नै असफल हुने बुझेका ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले राखेका गुप्तचर हटाएर आफूनिकटलाई बालुवाटार प्रवेश गराएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रोपटक २०७४ फागुनमा प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो विश्वासपात्र र एमाले निकट मानिएका एसपी विमल डंगोल नेतृत्वको १५ सदस्यीय गुुप्तचर टोली बालुवाटारमा राखे। ओलीले आफ्नो विश्वासपात्र मानेर राखेका एसपीसहितको उक्त टोली अहिले पनि बालुवाटारमै छ। 

शेरबहादुर देउवा प्रधानमन्त्री भएको साढे दुई महिना पुगिसकेको छ। तर, अहिलेसम्म ओलीले राखेका गुप्तचरकै टोलीलाई देउवाले निरन्तरता दिएका छन्। ‘देउवाले सचिवालय चुस्त पार्न सकेका छैनन्। अझ कतिसम्म लापरबाही छ भने ओलीले राखेका सुराकीसमेत अहिलेसम्म बालुवाटारमै छन्। उनीहरुमार्फत् बालुवाटारको सूचना बालकोटसम्म पुग्ने गरेको हामीले पनि सुनेका छौं,’ कांग्रेसकै एक उच्च तहका नेताले नेपाल लाइभसँग भने। बालुवाटारमा कसैको प्रवेशदेखि भेटघाट, छलफल र भावी रणनीतिका सूचनाहरु उक्त टोलीबाट गुप्तचर प्रमुख अधिकारी हुँदै बालकोटसम्म पुग्ने गरेको छ। कांग्रेस महाधिवेशनदेखि आगामी चुनावसम्मको अवस्था कस्तो हुने भन्नेबारे अधिकारीले ओलीलाई ब्रिफिङ सुनाउने गरेको जानकारी स्रोतले दिएको छ।

यो पनि पढ्नुहोस्

प्रदेश २ लाई किन चाहियो अनुसन्धान ब्युरो? गुप्तचर पूर्वप्रमुख शर्मा भन्छन्- यो राम्रो संकेत होइन

'त्यतिमात्र होइन उहाँले आफ्ना मान्छे शेरबहादुर देउवा, माधवकुमार नेपाल र प्रचण्डसँग राख्नुभएको छ', स्रोतले भन्यो, 'अनि त्यहाँबाट आउने सूचना तत्कालै केपी ओलीकहाँ पुर्याइन्छ।'

देउवा र ओलीलाई फरक-फरक रिपोर्ट, कुन सही?

राजनीतिका ‘चतुर खेलाडी’ भनिएका प्रधानमन्त्री शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भइसकेका छन्। तर, उनले त्यो पदमा रहेर निर्वाह गर्ने भूमिकामाथि सधैं प्रश्न उठ्दै आएको छ। कम्युनिष्ट पार्टी टुटफुटपछि कमजोर बन्दै गएको र पूर्वप्रधानमन्त्री ओलीको ‘अहंकार’ र दुई–दुई पटकको संसद विघटनजस्ता कारणले फेरि पनि कांग्रेस बलियो बनेको बुझाइमा देउवा छन्। यो घटनाक्रममा आफू ‘केन्द्रीय पात्र’ चित्रित भएकाले आगामी महाधिवेशनमा पुनः सभापति हुनेमा उनी विश्वस्त देखिन्छन्। 

स्रोतका अनुसार पुनः सभापति हुनेमा देउवा ढुक्क हुनुको अर्को मुख्य कारण हो, गुप्तचरको रिपोर्ट। गुप्तचर प्रमुख  अधिकारीले देउवालाई देशभरको रिपोर्ट सुनाउँदै आगामी महाधिवेशनमा पुनः सभापति जित्ने विश्वसनीयता दिलाएका छन्। एमाले निकट मानिएका अधिकारी यिनै महाधिवेशनका रिपोर्ट सुनाउँदै र सभापति जित्नेमा ढुक्क हुन भन्दै अहिले देउवा निकट भएका छन्। 

तर, बालकोटमा भने यही रिपोर्ट फरक तरिकाले पुग्ने गरेको स्रोतले जानकारी दिएको छ। बालकोट पुगेको गुप्तचरको वास्तविक रिपोर्टमा भने आगामी महाधिवेशमा देउवाले सभापति जित्ने संभावना एकदमै न्यून रहेको उल्लेख गरिएको स्रोतको भनाइ छ। गुप्तचर रिपोर्टको दाबीअनुसार देउवा यति कमजोर भएका छन् कि विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासँग मिलेर पनि सभापति बन्न गाह्रो छ।  

कांग्रेस महाधिवेशबाट को नेतृत्वमा आउँदा फाइदा हुने भन्नेबारे ओलीले विश्लेषण गरेको जानकारहरु बताउँछन्। देउवाबाहेकका नेताहरु नेतृत्वमा आए एमालेलाई थप चुनौती हुने ओलीको बझुाइ छ। देउवाले पहिलेजस्तै राम्ररी सरकार चलाउन नसक्ने हुँदा एमालेलाई लाभ हुने र अहिले पार्टी मजबुत बनाउन प्रशस्त समय रहेको बालकोटको विश्लेषण छ। गुप्तचरको रिपोर्टपछि ओलीले आफू अनुकूलको राजनीतिक रणनीति बनाउन सक्ने स्रोत बताउँछ।  

गुप्तचर प्रमुख अधिकारीले कतिसम्म गरिरहेका छन् भने विभाजनपछिको एमालेको अवस्था के हुन्छ, एमालेले आउँदो निर्वाचनमा कति सिट जित्छ भन्ने कुराको हिसाब गर्नसमेत देशभरको संयन्त्रलाई परिचालन गरेका छन्। पूर्वको जिल्लामा खटिएका एक गुप्तचर एसपीले पार्टीको चुनावी जोडघटाउका लागि आफूहरुलाई खटाइएको बताए। 

यतिसम्म कि, गुप्तचर प्रमुख अधिकारीले केही महत्वपूर्ण जिल्लामा ओलीले चाहेका व्यक्तिलाई नै जिल्ला प्रमुखका रुपमा सरुवा गरिदिएका छन्। गुप्तचर संगठनमा ओलीको यस्तो प्रभाव रहिरहनुको अर्को कारण भने उनले नै गुप्तचर विभागलाई गृह मन्त्रालय मातहतबाट तानेर प्रधानमन्त्री मातहत ल्याउनु पनि हुनसक्छ।

हामीले यसबारे प्रधानमन्त्री देउवानिकट कांग्रेसका नेता र उनको सचिवालयलाई सोधेका थियौं। उनीहरु यसबारे खुलेर बोल्न चाहेनन्। उनको सचिवालयका एक सदस्यले भने यसबारे आफू अनभिज्ञ रहेको, अब यसलाई गम्भीरतापूर्वक लिइने प्रतिक्रिया दिए। 

‘रअ’का नेपाल प्रमुखसँग भेटपछि गुप्तचर प्रमुख सोझै बालकोट
भारतको बाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का तत्कालीन नेपाल स्टेशन प्रमुख (एनपी स्याटलाइट) चिफ अभिजित हल्दरको कार्यकाल सकिएको पाँच महिना बितिसक्दा पनि ‘रअ’ले कसैलाई नेपाल पठाएन। 

पाँच महिनापछि गत वैशाख २४ गते रअले नेपाल स्टेशन प्रमुखमा राघव भटनागरलाई नियुक्त गर्दै नेपाल पठाएको थियो। इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआई २१५ मार्फत् राघव काठमाडौं ओर्लिएका थिए। उनलाई लिन त्यसबेला भारतीय दूतावासबाट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेको थियो। उनी यस्तो समयमा आएका थिए कि त्यसबेला नेपालमा राजनीतिक उथलपुथल हुँदैथियो।

गत साउन १५ गते भारतीय भूमिको प्रयोग गरेर दार्चुला सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि नदीमा खसेर व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए। प्रतिपक्ष एमालेले सुरुवाती क्रममा यो विषयलाई ठूलो मुद्दा बनाउँदै सडकदेखि सदनसम्म तताउने सार्वजनिक रुपमा अभिव्यक्ति नै दिएको थियो। एमाले कार्यकर्ताहरुले सडक आन्दोलनसमेत थालेका थिए।

घटनाको केही दिनपछि रअका नेपाल प्रमुख राघव र नेपालका गुप्तचर प्रमुख गणेश अधिकारीबीच गोप्य भेट भयो। स्रोतका अनुसार राघव र अधिकारीबीच राजधानीकै एक ठाउँमा भेट भएको थियो। जहाँ उक्त घटनालाई लिएर आन्दोलन गर्दा दिल्लीसँगको सम्बन्ध चिसिने राघवको धारणा थियो।

‘दार्चुला घटनाबारे राघवले दिल्लीको बुझाइ र धारणा गुप्तचर प्रमुख अधिकारीलाई सुनाए,’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘दिल्लीको धारणा बुझेपछि उक्त रिपोर्ट गुप्तचर प्रमुख अधिकारीले सरकारलाई सुनाउनुपर्ने हो। तर, उनी सोझै बालकोट पुगेर ओलीलाई ब्रिफिङ गरे।’ 

तत्कालीन प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुख अधिकारीलाई दुई पटक गोप्य रुपमा दिल्ली पठाएको विषय अहिलेसम्म सार्वजनिक भएको छैन। २०७६ मंसिर २२ गते प्रधानमन्त्री ओलीकै निर्देशनमा अधिकारीलाई बालुवाटार बोलावट भएको थियो। त्यसपछि ओलीले उनलाई दिल्ली पुगेर आउन निर्देशन दिएको उच्चस्रोत बताउँछ।

ओलीकै निर्देशनअनुसार अधिकारी २०७६ मंसिर २३ गते दिल्ली गएका थिए। अधिकारी तीन दिनपछि मंसिर २६ गते काठमाडौं फर्किएका थिए। तर, उनी किन दिल्ली गए र क–कसलाई भेट गरे भन्ने खुलेको छैन। 

भारतले जम्मु कश्मीरलाई विभाजन गरी कश्मीर र लद्दाखलाई छुट्टाछुट्टै राज्य बनाएर जारी गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको थियो। त्यसपछि आफ्ना विश्वास पात्र अधिकारीलाई ओलीले दिल्ली पठाएका थिए। 

यसपछि पनि अधिकारी सुटुक्क दिल्ली पुगेका थिए। दोस्रो दिल्ली प्रस्थान पनि अहिलेसम्म गोप्य नै छ। जानकारहरु त अधिकारीले नै रअका प्रमुख सामन्तकुमार गोयललाई बालुवाटर प्रवेश गराउने भूमिका खेलेको दाबी गर्छन्। 

२०७७ कात्तिक ५ गते साँझ साढे ८ बजेदेखि साढे १० बजेसम्म तत्कालीन प्रधानमन्त्री ओली र गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन अध्यक्ष ओलीले शुक्रबार टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दि... शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्