फाइल तस्बिर।
काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएका छन्।
भर्चुअल माध्यमबाट बिहीबार भएको बैठकमा उनले कर्णाली प्रदेशका १० वटै प्रमुख जिल्ला अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
भर्चुअल बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, सचिव र प्रमुख जिल्ला अधिकारीहरु, सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालयका प्रमुखहरुको सहभागिता थियो।
बैठकमा मुख्यमन्त्री शाहीले वर्षायामका कारण अवरुद्ध सडकहरु सञ्चालन गर्न र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।