• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए विश्व सम्मेलन : सबै दल समेटेर बद्री केसीको प्यानल तयार !

64x64
लिलु डुम्रे बुधबार, असोज १३, २०७८  १८:५९
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघको भावी नेतृत्व चयन हुने १०औं विश्व सम्मेलनका लागि बद्री केसीको प्यानल तय भएको छ। केसीले वर्तमान कार्यसमितिका केही पदाधिकारीको साथ लिएर प्यानल बनाएका छन्।

एमाले निकटको मत स्वतः प्राप्त हुने आशामा रहेका केसीले कांग्रेस र माओवादी केन्द्र पक्षधरलाई पनि आफ्नो टीममा समेट्न सफल भएका छन्। डा केसी प्यानलमा वर्तमान महासचिव डा हेमराज शर्मा परेका छन्। बेलायत निवासी शर्माले आसन्न विश्व सम्मेलनमा केसी टीमबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। बागलुङ जन्मघर भएका शर्माले बेलायतबाट उम्मेदवारी दिँदा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको मत घट्न सक्ने आकलन गरिएको छ। 

अर्कोतर्फ, केसी एमालेनिकट भनी प्रचारित हुँदा शर्मा भने कांग्रेसनिकट रहेको बताइन्छ। वर्तमान कार्यसमितिमा अध्यक्ष कुमार पन्त र उपाध्यक्ष केसीको सारथी रहेका शर्मालाई प्रवुद्ध वर्गको समेत साथ छ। २०७६ मा भएको ९औं विश्व सम्मेलनमा शर्माले ११३९ मतसहित जानकी गुरुङलाई महासचिवमा हराएका थिए। 

वर्तमान कार्यसमितिले कोरोना कहरकाबीच उल्लेखनीय कार्य गरेको शर्माको दाबी छ। विशेष महाधिवेशन, विभागीय संरचना सुरुवात, दोस्रो विज्ञ सम्मेलन, प्रत्येक ३ महिनामा आर्थिक विवरण सार्वजनिक लगायतका कार्यलाई उनले वर्तमान कार्यसमितिको उपलब्धि भएको बताएका छन्। विभिन्न ३० देशका ५ सय बढी विज्ञ सहभागी भएको विज्ञ सम्मेलनको संयोजन शर्माले गरेका थिए। केसीको प्यानलको बलियो खम्बाका रुपमा शर्मा उभिएका छन्। 

शर्माको तजविजमा विश्व सम्मेलनका प्रतिनिधिहरुको नाम हेरफेर भएको अर्को पक्षको आरोप छ। वर्तमान कार्यसमितिप्रति असन्तुष्ट पक्षले प्रतिनिधि चयनको विवाद रहेको जनाउँदै परराष्ट्रमा उजुरी दिएको थियो। उक्त पक्षको उजुरीका कारण परराष्ट्रले एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

वर्तमान कार्यसमितिकै कोषाध्यक्ष महेशकुमार श्रेष्ठले केसीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। गत विश्व सम्मेलनमा सर्वाधिक मत ल्याउने श्रेष्ठलाई केसीले आफ्नो प्यानलमा समेटेका छन्। कोषाध्यक्ष पदमा श्रेष्ठले गत विश्व सम्मेलनमा १६५३ मत प्राप्त गरी विजयी भएका थिए। श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका छन्। 

अर्को प्यानलका अध्यक्षका प्रत्यासी कुल आचार्य र श्रेष्ठको गृह जिल्ला पर्वत हो। जापानका सफल व्यवसायीमा दरिएका श्रेष्ठ सिटी एक्सप्रेस जापान ग्रुपको प्रमुख कार्यकारी पदमा छन्। जापानका विभिन्न सहरमा उनले सिटी सेन्टर मार्ट सञ्चालनमा ल्याएका छन्। एमालेनिकट भनेर चिनिएका केसीको टीममा रहेका उपाध्यक्षका प्रतिस्पर्धी श्रेष्ठ पनि कांग्रेस पक्षधर हुन्। 

महासचिवका प्रतिस्पर्धी शर्मा र उपाध्यक्ष श्रेष्ठ कांग्रेस निकट भएर केसीलाई साथ दिने बलियो उम्मेदवार देखिएका छन्। अर्को समूहमा मूलतः कांग्रेस निकटका प्रत्यासी रहेका छन्। केसीले अन्य दलका निकट रहेकालाई साथ लिएर प्यानल बनाएका छन्। शर्मा र श्रेष्ठ उनको प्यानलमा रहेकाले कांग्रेसी मत केसीले तान्न सक्ने आकलन गरिएको छ।

Ncell 2
Ncell 2

मध्यपूर्वबाट केसीको सारथी बनेका छन् डिबी क्षेत्री। लामो समयदेखि ओमानमा रहेका क्षेत्री वर्तमान कार्यसमितिमा प्रवक्ता छन्। क्षेत्री उपाध्यक्ष पदमा भिड्ने भएका छन्। उपाध्यक्षमा चार जना निर्वाचित हुने विधानको व्यवस्था छ। गत सम्मेलनमा उपाध्यक्षमा पराजित धर्मराज अधिकारीलाई यसपटक पनि सोही पदमा केसीले समेटेका छन्। अधिकारी अष्ट्रेलिया निवासी हुन्। 

महासचिवमा केसी प्यानलबाट गौरीराज जोशी प्रत्यासी बनेका छन्। वर्तमान कार्यसमितिकै पदाधिकारी रहेका जोशीलाई उपल्लो पदमा उठाउन लागिएको छ। जोशी वर्तमान कार्यसमितिमा सचिव छन्। सचिव दुई जना हुन पाउने विधानको व्यवस्था छ।

गत विश्व सम्मेलनमा दुई सचिवका लागि ७ जना भिडेका थिए। जोशीले सर्वाधिक, ९१६ मतसहित सचिव पद जितेका थिए। अमेरिकाबाट नै अर्को समूहबाट महासचिवमा प्रतिस्पर्धा गर्न लागेका डा केशव पौडेलसँग जोशीले प्रतिस्पर्धा गर्ने भएका छन्। गत सम्मेलनमा जोशीले सचिव पदमा जित हात पार्दा पौडेल उपाध्यक्षमा पराजित भएका थिए। 

यो पनि पढ्नुहोस्

एनआरएनएमा त्रिपक्षीय प्रतिस्पर्धा : आचार्य, थापा र केसीमा को बलियो?सोमबार, असोज ११, २०७८

महिला उपाध्यक्षमा केसीले यास्मिन वेगम सैयदलाई भिडाउने भएका छन्। उनी वर्तमान कार्यसमितिमा आइसीसी मेम्बर छिन्। वेगम साउदी अरेबियामा कार्यरत छिन्। सचिवमा केसी प्यानलबाट चार जना उठ्ने भएका छन्। रामशरण सिम्खडा, आजिब (ओम) गुरुङ, चिरञ्जीवी घिमिरे र महिला सचिवमा राधिका (टीका) गुरुङ प्रत्यासी बनेका छन्।

सचिवका प्रत्यासीमा बेलायतबाट सिम्खडा, क्यानडाबाट घिमिरे, जापानबाट गुरुङ र महिलातर्फकी सचिवमा हङकङबाट गुरुङलाई केसीले टीममा पारेका छन्। अध्यक्षमा उम्मेदवार घोषणा गरेकी रविना थापको टीमबाट महिला सचिवमा उठ्ने राधिका गुरुङको नाम पनि राखिएको छ। तर, केसी पक्षले आफ्नो समूहमा तानेको छ।

महिला संयोजकमा केसीको प्यानलबाट संगीता मरहट्टाले प्रतिस्पर्धा गर्ने भएकी छन्। बेलायत निवासी मरहट्टा यसअघिको सम्मेलनमा सोही पदमा पराजित भएकी थिइन्। एक महिला संयोजक चुनिने विधानको व्यवस्था छ। गत सम्मेलनमा उक्त पदमा भोमादेवी लिम्बु निर्वाचित भएकी थिइन्। चार जनाको प्रतिस्पर्धामा मरहट्टा ६५२ मतसहित दोस्रो स्थानमा आएकी थिइन्। अर्को प्यानलबाट महिला संयोजकमा उम्मेदवारी दिएकी जुनु गुरुङसँग प्रतिस्पर्धा मरहट्टाले गर्ने भएकी छन्।

केसीले तयार पारेको टिम।

गत सम्मेलनमा सहकोषाध्यक्षमा निर्वाचित लोकप्रसाद दाहाल आसन्न १०औं विश्व सम्मेलनमा केसी प्यानलबाट कोषाध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन्। गत सम्मेलनमा दाहालले सहकोषाध्यक्षमा ११८४ मत ल्याई विजयी भएका थिए। उनी बेल्जियममा कार्यरत छन्। सहकोषाध्यक्षमा भने केसी प्यानलले नाम चयन गरिसकेको छैन।

उपाध्यक्षमा केसी प्यानलबाट उठेका कार्की, महिला संयोजक मरहट्टा र कोषाध्यक्षका उम्मेदवार दाहाल माओवादीनिकट रहेको बताइन्छ। माओवादी निकटलाई प्यानलमा समावेश गरेकाले ती दल पक्षधरको मत केसी समूहले तान्न सक्नेछ।

महिला सहकोषाध्यक्षमा यमुना भट्टराईलाई रोजेका केसीले युवा संयोजकमा मिलन छन्त्याललाई उठाउने भएका छन्। भट्टराई अमेरिका र छन्त्याल आयरल्याण्डमा कार्यरत छन्।

पूर्वघोषित कार्यतालिका अनुसार अक्टोबर २३ देखि २५ सम्मको लागि विश्व सम्मेलनको मिति तय भएको छ। प्रतिनिधि विवादले निर्वाचन हुने/नहुने अन्योल भने कायमै छ। यसपटक देखि नेतृत्व चयन अनलाईन भोटिङमार्फत् हुने भएको छ। 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्