• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए विश्व सम्मेलन : सबै दल समेटेर बद्री केसीको प्यानल तयार !

64x64
लिलु डुम्रे बुधबार, असोज १३, २०७८  १८:५९
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघको भावी नेतृत्व चयन हुने १०औं विश्व सम्मेलनका लागि बद्री केसीको प्यानल तय भएको छ। केसीले वर्तमान कार्यसमितिका केही पदाधिकारीको साथ लिएर प्यानल बनाएका छन्।

एमाले निकटको मत स्वतः प्राप्त हुने आशामा रहेका केसीले कांग्रेस र माओवादी केन्द्र पक्षधरलाई पनि आफ्नो टीममा समेट्न सफल भएका छन्। डा केसी प्यानलमा वर्तमान महासचिव डा हेमराज शर्मा परेका छन्। बेलायत निवासी शर्माले आसन्न विश्व सम्मेलनमा केसी टीमबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। बागलुङ जन्मघर भएका शर्माले बेलायतबाट उम्मेदवारी दिँदा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको मत घट्न सक्ने आकलन गरिएको छ। 

अर्कोतर्फ, केसी एमालेनिकट भनी प्रचारित हुँदा शर्मा भने कांग्रेसनिकट रहेको बताइन्छ। वर्तमान कार्यसमितिमा अध्यक्ष कुमार पन्त र उपाध्यक्ष केसीको सारथी रहेका शर्मालाई प्रवुद्ध वर्गको समेत साथ छ। २०७६ मा भएको ९औं विश्व सम्मेलनमा शर्माले ११३९ मतसहित जानकी गुरुङलाई महासचिवमा हराएका थिए। 

वर्तमान कार्यसमितिले कोरोना कहरकाबीच उल्लेखनीय कार्य गरेको शर्माको दाबी छ। विशेष महाधिवेशन, विभागीय संरचना सुरुवात, दोस्रो विज्ञ सम्मेलन, प्रत्येक ३ महिनामा आर्थिक विवरण सार्वजनिक लगायतका कार्यलाई उनले वर्तमान कार्यसमितिको उपलब्धि भएको बताएका छन्। विभिन्न ३० देशका ५ सय बढी विज्ञ सहभागी भएको विज्ञ सम्मेलनको संयोजन शर्माले गरेका थिए। केसीको प्यानलको बलियो खम्बाका रुपमा शर्मा उभिएका छन्। 

शर्माको तजविजमा विश्व सम्मेलनका प्रतिनिधिहरुको नाम हेरफेर भएको अर्को पक्षको आरोप छ। वर्तमान कार्यसमितिप्रति असन्तुष्ट पक्षले प्रतिनिधि चयनको विवाद रहेको जनाउँदै परराष्ट्रमा उजुरी दिएको थियो। उक्त पक्षको उजुरीका कारण परराष्ट्रले एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

वर्तमान कार्यसमितिकै कोषाध्यक्ष महेशकुमार श्रेष्ठले केसीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। गत विश्व सम्मेलनमा सर्वाधिक मत ल्याउने श्रेष्ठलाई केसीले आफ्नो प्यानलमा समेटेका छन्। कोषाध्यक्ष पदमा श्रेष्ठले गत विश्व सम्मेलनमा १६५३ मत प्राप्त गरी विजयी भएका थिए। श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका छन्। 

अर्को प्यानलका अध्यक्षका प्रत्यासी कुल आचार्य र श्रेष्ठको गृह जिल्ला पर्वत हो। जापानका सफल व्यवसायीमा दरिएका श्रेष्ठ सिटी एक्सप्रेस जापान ग्रुपको प्रमुख कार्यकारी पदमा छन्। जापानका विभिन्न सहरमा उनले सिटी सेन्टर मार्ट सञ्चालनमा ल्याएका छन्। एमालेनिकट भनेर चिनिएका केसीको टीममा रहेका उपाध्यक्षका प्रतिस्पर्धी श्रेष्ठ पनि कांग्रेस पक्षधर हुन्। 

महासचिवका प्रतिस्पर्धी शर्मा र उपाध्यक्ष श्रेष्ठ कांग्रेस निकट भएर केसीलाई साथ दिने बलियो उम्मेदवार देखिएका छन्। अर्को समूहमा मूलतः कांग्रेस निकटका प्रत्यासी रहेका छन्। केसीले अन्य दलका निकट रहेकालाई साथ लिएर प्यानल बनाएका छन्। शर्मा र श्रेष्ठ उनको प्यानलमा रहेकाले कांग्रेसी मत केसीले तान्न सक्ने आकलन गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मध्यपूर्वबाट केसीको सारथी बनेका छन् डिबी क्षेत्री। लामो समयदेखि ओमानमा रहेका क्षेत्री वर्तमान कार्यसमितिमा प्रवक्ता छन्। क्षेत्री उपाध्यक्ष पदमा भिड्ने भएका छन्। उपाध्यक्षमा चार जना निर्वाचित हुने विधानको व्यवस्था छ। गत सम्मेलनमा उपाध्यक्षमा पराजित धर्मराज अधिकारीलाई यसपटक पनि सोही पदमा केसीले समेटेका छन्। अधिकारी अष्ट्रेलिया निवासी हुन्। 

महासचिवमा केसी प्यानलबाट गौरीराज जोशी प्रत्यासी बनेका छन्। वर्तमान कार्यसमितिकै पदाधिकारी रहेका जोशीलाई उपल्लो पदमा उठाउन लागिएको छ। जोशी वर्तमान कार्यसमितिमा सचिव छन्। सचिव दुई जना हुन पाउने विधानको व्यवस्था छ।

गत विश्व सम्मेलनमा दुई सचिवका लागि ७ जना भिडेका थिए। जोशीले सर्वाधिक, ९१६ मतसहित सचिव पद जितेका थिए। अमेरिकाबाट नै अर्को समूहबाट महासचिवमा प्रतिस्पर्धा गर्न लागेका डा केशव पौडेलसँग जोशीले प्रतिस्पर्धा गर्ने भएका छन्। गत सम्मेलनमा जोशीले सचिव पदमा जित हात पार्दा पौडेल उपाध्यक्षमा पराजित भएका थिए। 

यो पनि पढ्नुहोस्

एनआरएनएमा त्रिपक्षीय प्रतिस्पर्धा : आचार्य, थापा र केसीमा को बलियो?सोमबार, असोज ११, २०७८

महिला उपाध्यक्षमा केसीले यास्मिन वेगम सैयदलाई भिडाउने भएका छन्। उनी वर्तमान कार्यसमितिमा आइसीसी मेम्बर छिन्। वेगम साउदी अरेबियामा कार्यरत छिन्। सचिवमा केसी प्यानलबाट चार जना उठ्ने भएका छन्। रामशरण सिम्खडा, आजिब (ओम) गुरुङ, चिरञ्जीवी घिमिरे र महिला सचिवमा राधिका (टीका) गुरुङ प्रत्यासी बनेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सचिवका प्रत्यासीमा बेलायतबाट सिम्खडा, क्यानडाबाट घिमिरे, जापानबाट गुरुङ र महिलातर्फकी सचिवमा हङकङबाट गुरुङलाई केसीले टीममा पारेका छन्। अध्यक्षमा उम्मेदवार घोषणा गरेकी रविना थापको टीमबाट महिला सचिवमा उठ्ने राधिका गुरुङको नाम पनि राखिएको छ। तर, केसी पक्षले आफ्नो समूहमा तानेको छ।

महिला संयोजकमा केसीको प्यानलबाट संगीता मरहट्टाले प्रतिस्पर्धा गर्ने भएकी छन्। बेलायत निवासी मरहट्टा यसअघिको सम्मेलनमा सोही पदमा पराजित भएकी थिइन्। एक महिला संयोजक चुनिने विधानको व्यवस्था छ। गत सम्मेलनमा उक्त पदमा भोमादेवी लिम्बु निर्वाचित भएकी थिइन्। चार जनाको प्रतिस्पर्धामा मरहट्टा ६५२ मतसहित दोस्रो स्थानमा आएकी थिइन्। अर्को प्यानलबाट महिला संयोजकमा उम्मेदवारी दिएकी जुनु गुरुङसँग प्रतिस्पर्धा मरहट्टाले गर्ने भएकी छन्।

केसीले तयार पारेको टिम।

गत सम्मेलनमा सहकोषाध्यक्षमा निर्वाचित लोकप्रसाद दाहाल आसन्न १०औं विश्व सम्मेलनमा केसी प्यानलबाट कोषाध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन्। गत सम्मेलनमा दाहालले सहकोषाध्यक्षमा ११८४ मत ल्याई विजयी भएका थिए। उनी बेल्जियममा कार्यरत छन्। सहकोषाध्यक्षमा भने केसी प्यानलले नाम चयन गरिसकेको छैन।

उपाध्यक्षमा केसी प्यानलबाट उठेका कार्की, महिला संयोजक मरहट्टा र कोषाध्यक्षका उम्मेदवार दाहाल माओवादीनिकट रहेको बताइन्छ। माओवादी निकटलाई प्यानलमा समावेश गरेकाले ती दल पक्षधरको मत केसी समूहले तान्न सक्नेछ।

महिला सहकोषाध्यक्षमा यमुना भट्टराईलाई रोजेका केसीले युवा संयोजकमा मिलन छन्त्याललाई उठाउने भएका छन्। भट्टराई अमेरिका र छन्त्याल आयरल्याण्डमा कार्यरत छन्।

पूर्वघोषित कार्यतालिका अनुसार अक्टोबर २३ देखि २५ सम्मको लागि विश्व सम्मेलनको मिति तय भएको छ। प्रतिनिधि विवादले निर्वाचन हुने/नहुने अन्योल भने कायमै छ। यसपटक देखि नेतृत्व चयन अनलाईन भोटिङमार्फत् हुने भएको छ। 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्