• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनएमा त्रिपक्षीय प्रतिस्पर्धा : आचार्य, थापा र केसीमा को बलियो?

64x64
लिलु डुम्रे सोमबार, असोज ११, २०७८  १३:३४
1140x725

काठमाडौं– गैरआवासीय नेपाली संघको अक्टोबर २३ देखि २५ सम्म हुने घोषणा गरिएको १०औं विश्व सम्मेलनमा अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

नवौं विश्व सम्मेलनमा अध्यक्षमा पराजित कुल आचार्यसँग गत महाधिवेशनबाट विजयी उपाध्यक्षद्वय डा बद्री केसी र रविना थापाले प्रतिस्पर्धा गर्ने भएका छन्। आचार्य र थापाले औपचारिक रुपमै उम्मेदवारीको घोषणा गरिसकेका छन्। केसीले भने औपचारिक घोषणा गर्नै बाँकी छ। 

तीन प्रत्यासीमध्ये आचार्यले तुलनात्मक रुपमा बढी सक्रियता देखाएका छन्। गत विश्व सम्मेलनमा आफ्नो टिमको व्यवस्थापनमै चुकेको आरोप लागेका उनले यसपटक अघिल्लो कमजोरीलाई सुधार गर्नका लागि समय खर्चेका छन्।

कसको समर्थन कसलाई?
एनआरएनएका पूर्वअध्यक्षहरुमध्ये अधिकांशले आचार्यलाई समर्थन गर्ने दाबी गरिएको छ। दुई कार्यकाल एनआरएनएको अध्यक्ष बनेका शेष घलेको समर्थन भने आचार्यलाई रहने बताइएको छ। पूर्वअध्यक्ष देवमान हिराचनको साथ पनि उनैलाई रहेको दाबी छ। पूर्वअध्यक्ष भवन भट्ट पनि आचार्यको समर्थनमा रहेको बताइएको छ। संस्थापक अध्यक्ष डा उपेन्द्र महतो विगतदेखि नै तटस्थ देखिँदै आएका छन्। यसपटक पनि उनी कुनै पक्षमा देखिएका छैनन्।

विश्व सम्मेलनमा सभापतिको उम्मेदवारलाई विजयी बनाउन प्रभाव पार्न सक्ने पूर्वअध्यक्षमा महतोसहित घले र जीवा लामिछाने चिनिन्छन्। लामिछानेले सभापतिका अर्का प्रत्यासी डा केसीलाई समर्थन गर्ने बताइन्छ। हालका अध्यक्ष कुमार पन्तलाई उक्त स्थानमा पुर्‍याउन केसीले भूमिका खेलेको हुनाले पन्तको समर्थन उनैलाई रहने बताइन्छ।

आचार्यको टिमबाट महासचिवमा डा केशव पौडेल भिड्ने भएका छन्। संघको केन्द्रीय उपाध्यक्ष सोनाम लामा आचार्यको पक्षमा खुलेका छन्। एनआरएनएको पूर्वकेन्द्रीय सचिव जानकी गुरुङ आचार्यलाई विजयी बनाउन सक्रिय रुपमा खटिएकी छन्। एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जीसी तथा बुद्धिसागर सुवेदीको सहयोग पनि आचार्यलाई नै छ।  एनआरएनए एनसीसी अमेरिका सल्लाहकार वेदप्रसाद खरेल पनि आचार्यको समर्थनमा छन्।

मध्यपूर्वबाट आचार्यलाई आरके शर्माको बलियो साथ छ। वर्तमान कार्यसमितिमा शर्मा सचिव छन्। आचार्यको प्यानलबाट शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी छ। मध्यपूर्वबाट नै आचार्यको प्यानलमा प्रवीण गुरुङ देखिएका छन्। उनले सचिवमा उम्मेदवारी दिने भएका छन्। अरब देशबाट नै मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ युवा संयोजकको उम्मेदवार र राजु रेग्मी ‘राज’ केन्द्रीय युवा उपाध्यक्षको प्रत्यासी हुनेछन्।

रविना थापाले अध्यक्षमा दाबी गरेपछि आचार्यको भोट काटिने आकलन भएको छ। आचार्य र थापा दुवै कांग्रेसनिकट हुन्। पार्टीगत रुपमा आउने मत विभाजन हुँदा आचार्य कमजोर हुने विश्लेषण भएको छ। थापालाई मनाउनका लागि आचार्य समूहले उनीसँग छलफल अघि बढाउने भएको छ।

Ncell 2
Ncell 2

कांग्रेसले आधिकारिक उम्मेदवारका रुपमा आचार्यलाई स्वीकार्ने भएको छ। आचार्यले पार्टीगत रुपमा कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट प्रतिनिधिको मत पनि पाउने छन्। थापाको उम्मेदवारीले आफूलाई असर गर्ने आचार्यले स्वीकारे। थापाले उम्मेदवारी फिर्ता लिनेमा आशावादी देखिएका आचार्यले नेपाल लाइभसँग भने, ‘उहाँसँग (रविना) लामो समयदेखि सहकार्य गर्दै आएको छु। हामी नाता सम्बन्ध पनि हौं। हामी मिलेरै लड्छौं।’

आचार्यले आइतबार उम्मेदवारी घोषणा गरेकै होटल याक एण्ड यतिमा थापाले असोज ७ मा अध्यक्षको प्रत्यासी भएको घोषणा गरेकी थिइन्। उनको प्यानलबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ, महासचिवमा विनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेदवारी दिने भएका छन्।

आचार्यका लागि थापा पक्षका उपाध्यक्षका उम्मेदवार गुरुङ तगारो बन्न सक्छन्। थापाले आफ्नो पदाधिकारीमा बेलायत निवासी एनआरएनलाई रोजेकी छन्। थापाको पक्षबाट बेलायत निवासी गुरुङ उपाध्यक्षमा उठ्दा महासचिव पनि सोही देशबाट उम्मेदवार बनाइएको छ। 

थापाको टीममा बेल्जियमबाट शिवकुमार बरुवाल, हङकङबाट राधिका (टिका) गुरुङ भिड्ने छन्। बरुवाल उपाध्यक्ष र गुरुङ महिला सचिवका प्रत्यासी हुन्। थापा टिमबाट एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा दक्षिण कोरियाबाट विनोद कुँवर, ओसेनिया क्षेत्रीय संयोजकमा न्युजिल्याण्डबाट लाल केसीले उम्मेदवारी दिने छन्। एनआरएनए एनसीसीमा आवद्ध जापानबाट ओम गुरुङ, अमेरिकाबाट कृष्ण जीबी पन्थ र प्रेम श्रेष्ठले थापालाई समर्थन गर्ने भएका छन्।

आचार्य र थापा गण्डकी प्रदेशका उम्मेदवार भएकाले भेगीय मत पनि बाँडिने भएको छ। आचार्य पर्वतका हुन् भने थापा म्याग्दीकी हुन्।

‘होली काउ’ रेष्टुरेन्टमार्फत् बेलायतमा आचार्यको व्यावसायिक सफलता फैलिएको छ। इण्डियन परिकारका लागि प्रसिद्धि कमाएको उनको रेष्टुरेन्टलाई ब्रिटिश कम्पनी डेलिभेरोको सर्टलिस्टमा समावेश गरेको छ। थापा परिवारले अमेरिकामा होटल व्यवसाय गर्नुको साथै जलविद्युत र पर्यटन क्षेत्रमा लगानी छ।

दुई कार्यकाल महासचिव भएका अध्यक्षका अर्का प्रत्यासी केसी पेसाले इन्जिनियर हुन्। मस्कोलाई कार्य क्षेत्र बनाएका उनी करिब दुई दशकदेखि एनआरएनएमा आवद्ध छन्। २०१३ मा केन्द्रीय कोषाध्यक्षमा बनेका उनी त्यसपछिका दुई कार्यकाल महासचिव भए। उम्मेदवारीको घोषणा नगरेका केसीको प्यानलबाट पदाधिकारी लड्नेको टुंगो पनि लागिसकेको छैन।

आचार्यको बलियो प्रतिस्पर्धीका रुपमा देखिएका केसीलाई प्रमुख प्रतिपक्ष दल एमालेको समर्थन रहेको बताइन्छ। एमाले विभाजनको असर एनआरएनएको निर्वाचनमा पनि देखिने आकलन गरिएको छ। त्यसको प्रत्यक्ष लाभ आचार्यले उठाउने सम्भावना छ। 

८४ वटा देशमा राष्ट्रिय समन्वय परिषद् ( एनसीसी) गठन भएका छन्। संस्थामा आवद्ध सूचीकृत एनआरएनहरुको संख्या करिब एक लाख पुगेको छ।

उस्तै-उस्तै अजेण्डा
आसन्न विश्व सम्मेलनका अध्यक्षका प्रत्यासीले करिब साझा प्रकृतिका मुद्दाहरुको उठान गरेका छन्। नागरिकताको मुद्दा तीनै जनाले प्राथमिकताका साथ उठाएका छन्। रोजगारीका लागि विदेशिएका नागरिकको हकका पक्षमा तीनै उम्मेदवार देखिएका छन्।

विदेशबाट लगानी भित्र्याउन रहेका कानुनी जटिलताको समाधान निकाल्न आफू केन्द्रित हुने आचार्यले बताए। ‘नेपालबाट अवैध रुपमा विदेश गएको सम्पत्ति रोक्ने’ आफ्नो प्राथमिकताको मुद्दा रहेको आचार्यले बताए।

समृद्धि, सुरक्षा र समर्पणको मुद्दासहित थापा चुनावी मैदानमा उत्रिने भएकी छन्। १८ वर्षे संस्थाको केन्द्रीय अध्यक्षमा महिलालाई अवसर नदिएको मुद्दामार्फत् पनि उनी अघि बढ्न खोजेकी छन्। आठौं विश्व सम्मेलनमा जमुना घले अध्यक्षमा भिडेको बाहेक मूल नेतृत्वमा महिला उम्मेदवारले प्रतिस्पर्धा गरेको इतिहास छैन।

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन ‘एकपटकको नेपाली, सधैंको नेपाली’ मुद्दालाई पहिलो प्राथमिकतासहित उठाउने तयारीमा छिन् थापा। रोजगारीका लागि विदेशिएका नेपालीका समस्या समाधान गर्न सरकारसँग सहकार्य गर्ने उनले बताइन्।

अध्यक्षका अर्का प्रत्यासी केसीको प्रमुख मुद्दा पनि नागरिकता नै हो। गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन भूमिका खेल्ने उनको प्रतिवद्धता छ। 

विज्ञहरुलाई नेपालमा भित्र्याउन पहल गर्ने उनले बताएका छन्। विद्वत वर्गलाई अनुसन्धान तथा अध्यापन गर्ने कार्यमा नेपाल फर्काउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। रोजगारीका क्रममा श्रम शोषणमा परेका नागरिकलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्ने कार्यमा आफ्नो सक्रियता रहने उनको प्रतिवद्धता छ। गैरआवासीय नेपालीहरुको १० लाख डिम्याट खाता पुर्‍याउने उनको लक्ष्य छ। श्रम बैंक खोल्ने अर्को अजेण्डा पनि उनीसँग छ। श्रमिकको रकम संकलन गरी श्रमिकलाई नै सेवा/सुविधा प्रदान गरिने उद्देश्यले श्रम बैंकको स्थापना गरिने बताइएको छ।

निर्वाचनको अन्योल कायमै
अक्टोबर २३ देखि २५ सम्म विश्व सम्मेलन हुने गरी मिति तय गरिएको छ। तर, परराष्ट्रमा मुद्दा विचाराधीन रहेकाले सोही समयमा सम्मेलन हुनेमा भने आशंका छ। विधान विपरीत महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै एक पक्षले परराष्ट्रमा उजुरी दिएको थियो। संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुबाट चयन गरी आईसीसी सचिवालयमा पठाइएको नामावलीमा व्यापक फेरबदल गरिएको एक पक्षको दाबी छ।

महासचिव हेमराज शर्माको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका प्रतिनिधि छनोट गरेको आरोप छ। प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि भदौ २५ मा एनआरएनएलाई पत्र लेख्दै निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ। प्रतिनिधि चयनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आचार्यले बताए। विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन हुनुपर्ने उनको माग छ।

परराष्ट्र मन्त्रालयले अनावश्यक हस्तक्षेप गरेको भन्दै वर्तमान पदाधिकारी मन्त्रालयप्रति रुष्ट छन्। विधिसंगत ढंगले प्रतिनिधि चयन भएको प्रवक्ता डिबी कार्कीले विज्ञप्तिमार्फत् जनाएका छन्। एनआरएनएले नेपाल सरकारले प्रमाणीकरण गरेको विधानभन्दा बाहिर गएर प्रतिनिधि छनोट गर्नै नसक्ने कार्कीले प्रष्टाएका छन्।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्