• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनएमा त्रिपक्षीय प्रतिस्पर्धा : आचार्य, थापा र केसीमा को बलियो?

64x64
लिलु डुम्रे सोमबार, असोज ११, २०७८  १३:३४
1140x725

काठमाडौं– गैरआवासीय नेपाली संघको अक्टोबर २३ देखि २५ सम्म हुने घोषणा गरिएको १०औं विश्व सम्मेलनमा अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

नवौं विश्व सम्मेलनमा अध्यक्षमा पराजित कुल आचार्यसँग गत महाधिवेशनबाट विजयी उपाध्यक्षद्वय डा बद्री केसी र रविना थापाले प्रतिस्पर्धा गर्ने भएका छन्। आचार्य र थापाले औपचारिक रुपमै उम्मेदवारीको घोषणा गरिसकेका छन्। केसीले भने औपचारिक घोषणा गर्नै बाँकी छ। 

तीन प्रत्यासीमध्ये आचार्यले तुलनात्मक रुपमा बढी सक्रियता देखाएका छन्। गत विश्व सम्मेलनमा आफ्नो टिमको व्यवस्थापनमै चुकेको आरोप लागेका उनले यसपटक अघिल्लो कमजोरीलाई सुधार गर्नका लागि समय खर्चेका छन्।

कसको समर्थन कसलाई?
एनआरएनएका पूर्वअध्यक्षहरुमध्ये अधिकांशले आचार्यलाई समर्थन गर्ने दाबी गरिएको छ। दुई कार्यकाल एनआरएनएको अध्यक्ष बनेका शेष घलेको समर्थन भने आचार्यलाई रहने बताइएको छ। पूर्वअध्यक्ष देवमान हिराचनको साथ पनि उनैलाई रहेको दाबी छ। पूर्वअध्यक्ष भवन भट्ट पनि आचार्यको समर्थनमा रहेको बताइएको छ। संस्थापक अध्यक्ष डा उपेन्द्र महतो विगतदेखि नै तटस्थ देखिँदै आएका छन्। यसपटक पनि उनी कुनै पक्षमा देखिएका छैनन्।

विश्व सम्मेलनमा सभापतिको उम्मेदवारलाई विजयी बनाउन प्रभाव पार्न सक्ने पूर्वअध्यक्षमा महतोसहित घले र जीवा लामिछाने चिनिन्छन्। लामिछानेले सभापतिका अर्का प्रत्यासी डा केसीलाई समर्थन गर्ने बताइन्छ। हालका अध्यक्ष कुमार पन्तलाई उक्त स्थानमा पुर्‍याउन केसीले भूमिका खेलेको हुनाले पन्तको समर्थन उनैलाई रहने बताइन्छ।

आचार्यको टिमबाट महासचिवमा डा केशव पौडेल भिड्ने भएका छन्। संघको केन्द्रीय उपाध्यक्ष सोनाम लामा आचार्यको पक्षमा खुलेका छन्। एनआरएनएको पूर्वकेन्द्रीय सचिव जानकी गुरुङ आचार्यलाई विजयी बनाउन सक्रिय रुपमा खटिएकी छन्। एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जीसी तथा बुद्धिसागर सुवेदीको सहयोग पनि आचार्यलाई नै छ।  एनआरएनए एनसीसी अमेरिका सल्लाहकार वेदप्रसाद खरेल पनि आचार्यको समर्थनमा छन्।

मध्यपूर्वबाट आचार्यलाई आरके शर्माको बलियो साथ छ। वर्तमान कार्यसमितिमा शर्मा सचिव छन्। आचार्यको प्यानलबाट शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी छ। मध्यपूर्वबाट नै आचार्यको प्यानलमा प्रवीण गुरुङ देखिएका छन्। उनले सचिवमा उम्मेदवारी दिने भएका छन्। अरब देशबाट नै मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ युवा संयोजकको उम्मेदवार र राजु रेग्मी ‘राज’ केन्द्रीय युवा उपाध्यक्षको प्रत्यासी हुनेछन्।

रविना थापाले अध्यक्षमा दाबी गरेपछि आचार्यको भोट काटिने आकलन भएको छ। आचार्य र थापा दुवै कांग्रेसनिकट हुन्। पार्टीगत रुपमा आउने मत विभाजन हुँदा आचार्य कमजोर हुने विश्लेषण भएको छ। थापालाई मनाउनका लागि आचार्य समूहले उनीसँग छलफल अघि बढाउने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले आधिकारिक उम्मेदवारका रुपमा आचार्यलाई स्वीकार्ने भएको छ। आचार्यले पार्टीगत रुपमा कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट प्रतिनिधिको मत पनि पाउने छन्। थापाको उम्मेदवारीले आफूलाई असर गर्ने आचार्यले स्वीकारे। थापाले उम्मेदवारी फिर्ता लिनेमा आशावादी देखिएका आचार्यले नेपाल लाइभसँग भने, ‘उहाँसँग (रविना) लामो समयदेखि सहकार्य गर्दै आएको छु। हामी नाता सम्बन्ध पनि हौं। हामी मिलेरै लड्छौं।’

आचार्यले आइतबार उम्मेदवारी घोषणा गरेकै होटल याक एण्ड यतिमा थापाले असोज ७ मा अध्यक्षको प्रत्यासी भएको घोषणा गरेकी थिइन्। उनको प्यानलबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ, महासचिवमा विनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेदवारी दिने भएका छन्।

आचार्यका लागि थापा पक्षका उपाध्यक्षका उम्मेदवार गुरुङ तगारो बन्न सक्छन्। थापाले आफ्नो पदाधिकारीमा बेलायत निवासी एनआरएनलाई रोजेकी छन्। थापाको पक्षबाट बेलायत निवासी गुरुङ उपाध्यक्षमा उठ्दा महासचिव पनि सोही देशबाट उम्मेदवार बनाइएको छ। 

थापाको टीममा बेल्जियमबाट शिवकुमार बरुवाल, हङकङबाट राधिका (टिका) गुरुङ भिड्ने छन्। बरुवाल उपाध्यक्ष र गुरुङ महिला सचिवका प्रत्यासी हुन्। थापा टिमबाट एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा दक्षिण कोरियाबाट विनोद कुँवर, ओसेनिया क्षेत्रीय संयोजकमा न्युजिल्याण्डबाट लाल केसीले उम्मेदवारी दिने छन्। एनआरएनए एनसीसीमा आवद्ध जापानबाट ओम गुरुङ, अमेरिकाबाट कृष्ण जीबी पन्थ र प्रेम श्रेष्ठले थापालाई समर्थन गर्ने भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आचार्य र थापा गण्डकी प्रदेशका उम्मेदवार भएकाले भेगीय मत पनि बाँडिने भएको छ। आचार्य पर्वतका हुन् भने थापा म्याग्दीकी हुन्।

‘होली काउ’ रेष्टुरेन्टमार्फत् बेलायतमा आचार्यको व्यावसायिक सफलता फैलिएको छ। इण्डियन परिकारका लागि प्रसिद्धि कमाएको उनको रेष्टुरेन्टलाई ब्रिटिश कम्पनी डेलिभेरोको सर्टलिस्टमा समावेश गरेको छ। थापा परिवारले अमेरिकामा होटल व्यवसाय गर्नुको साथै जलविद्युत र पर्यटन क्षेत्रमा लगानी छ।

दुई कार्यकाल महासचिव भएका अध्यक्षका अर्का प्रत्यासी केसी पेसाले इन्जिनियर हुन्। मस्कोलाई कार्य क्षेत्र बनाएका उनी करिब दुई दशकदेखि एनआरएनएमा आवद्ध छन्। २०१३ मा केन्द्रीय कोषाध्यक्षमा बनेका उनी त्यसपछिका दुई कार्यकाल महासचिव भए। उम्मेदवारीको घोषणा नगरेका केसीको प्यानलबाट पदाधिकारी लड्नेको टुंगो पनि लागिसकेको छैन।

आचार्यको बलियो प्रतिस्पर्धीका रुपमा देखिएका केसीलाई प्रमुख प्रतिपक्ष दल एमालेको समर्थन रहेको बताइन्छ। एमाले विभाजनको असर एनआरएनएको निर्वाचनमा पनि देखिने आकलन गरिएको छ। त्यसको प्रत्यक्ष लाभ आचार्यले उठाउने सम्भावना छ। 

८४ वटा देशमा राष्ट्रिय समन्वय परिषद् ( एनसीसी) गठन भएका छन्। संस्थामा आवद्ध सूचीकृत एनआरएनहरुको संख्या करिब एक लाख पुगेको छ।

उस्तै-उस्तै अजेण्डा
आसन्न विश्व सम्मेलनका अध्यक्षका प्रत्यासीले करिब साझा प्रकृतिका मुद्दाहरुको उठान गरेका छन्। नागरिकताको मुद्दा तीनै जनाले प्राथमिकताका साथ उठाएका छन्। रोजगारीका लागि विदेशिएका नागरिकको हकका पक्षमा तीनै उम्मेदवार देखिएका छन्।

विदेशबाट लगानी भित्र्याउन रहेका कानुनी जटिलताको समाधान निकाल्न आफू केन्द्रित हुने आचार्यले बताए। ‘नेपालबाट अवैध रुपमा विदेश गएको सम्पत्ति रोक्ने’ आफ्नो प्राथमिकताको मुद्दा रहेको आचार्यले बताए।

समृद्धि, सुरक्षा र समर्पणको मुद्दासहित थापा चुनावी मैदानमा उत्रिने भएकी छन्। १८ वर्षे संस्थाको केन्द्रीय अध्यक्षमा महिलालाई अवसर नदिएको मुद्दामार्फत् पनि उनी अघि बढ्न खोजेकी छन्। आठौं विश्व सम्मेलनमा जमुना घले अध्यक्षमा भिडेको बाहेक मूल नेतृत्वमा महिला उम्मेदवारले प्रतिस्पर्धा गरेको इतिहास छैन।

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन ‘एकपटकको नेपाली, सधैंको नेपाली’ मुद्दालाई पहिलो प्राथमिकतासहित उठाउने तयारीमा छिन् थापा। रोजगारीका लागि विदेशिएका नेपालीका समस्या समाधान गर्न सरकारसँग सहकार्य गर्ने उनले बताइन्।

अध्यक्षका अर्का प्रत्यासी केसीको प्रमुख मुद्दा पनि नागरिकता नै हो। गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन भूमिका खेल्ने उनको प्रतिवद्धता छ। 

विज्ञहरुलाई नेपालमा भित्र्याउन पहल गर्ने उनले बताएका छन्। विद्वत वर्गलाई अनुसन्धान तथा अध्यापन गर्ने कार्यमा नेपाल फर्काउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। रोजगारीका क्रममा श्रम शोषणमा परेका नागरिकलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्ने कार्यमा आफ्नो सक्रियता रहने उनको प्रतिवद्धता छ। गैरआवासीय नेपालीहरुको १० लाख डिम्याट खाता पुर्‍याउने उनको लक्ष्य छ। श्रम बैंक खोल्ने अर्को अजेण्डा पनि उनीसँग छ। श्रमिकको रकम संकलन गरी श्रमिकलाई नै सेवा/सुविधा प्रदान गरिने उद्देश्यले श्रम बैंकको स्थापना गरिने बताइएको छ।

निर्वाचनको अन्योल कायमै
अक्टोबर २३ देखि २५ सम्म विश्व सम्मेलन हुने गरी मिति तय गरिएको छ। तर, परराष्ट्रमा मुद्दा विचाराधीन रहेकाले सोही समयमा सम्मेलन हुनेमा भने आशंका छ। विधान विपरीत महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै एक पक्षले परराष्ट्रमा उजुरी दिएको थियो। संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुबाट चयन गरी आईसीसी सचिवालयमा पठाइएको नामावलीमा व्यापक फेरबदल गरिएको एक पक्षको दाबी छ।

महासचिव हेमराज शर्माको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका प्रतिनिधि छनोट गरेको आरोप छ। प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि भदौ २५ मा एनआरएनएलाई पत्र लेख्दै निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ। प्रतिनिधि चयनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आचार्यले बताए। विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन हुनुपर्ने उनको माग छ।

परराष्ट्र मन्त्रालयले अनावश्यक हस्तक्षेप गरेको भन्दै वर्तमान पदाधिकारी मन्त्रालयप्रति रुष्ट छन्। विधिसंगत ढंगले प्रतिनिधि चयन भएको प्रवक्ता डिबी कार्कीले विज्ञप्तिमार्फत् जनाएका छन्। एनआरएनएले नेपाल सरकारले प्रमाणीकरण गरेको विधानभन्दा बाहिर गएर प्रतिनिधि छनोट गर्नै नसक्ने कार्कीले प्रष्टाएका छन्।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्