काठमाडौं- यामाहाले एमटी-१५ शृंखलाका बाइकहरु नेपालमा बिक्री सुरु गरेको छ। यो शृंखलाको बाइक युवाहरुलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ।
‘एमटी-१५ बीएस६ बाइकहरु आधुनिक प्रविधि सवार गरेर सन्तुष्टि प्राप्त गर्न चाहने युवा पुस्ताहरुलाई आकर्षित गर्न सक्षम हुँदै आएको छ। साथै, यी बाइकहरुको पावर र कम्प्याक्ट डिजाइनले एमटीजस्तो बाइक पाउन युवाहरुलाई लोभ्याउने गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमटी-१५ शृंखलाका बाइकहरु सिटी/अर्बान स्पोर्टस् बाइक हुन्। कम्पनीका अनुसार सन् २००५ मा निर्माण सुरू गरेको एमटी शृंखला यामाहाको न्याकेड बाइक सेरिज परिवारको सदस्य हो। एमटीको यो शृंखला डार्क साइड अफ जापान नामले पनि परिचित छ। मास्टर अफ टर्कको विरासत सन् २००५ मा एम टी-०१ बाट सुरु भएको थियो, जुन हालसम्म पनि यामाहाले विश्वभर सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ।
नेपालमा बिक्री सुरु गरेको अवसर पारेर कम्पनीले ‘यामाहा महा एक्सचेञ्ज मेला’समेत आयोजना गरेको छ।
‘यो बाइकको नेपाली युवामा अत्यन्त माग थियो। यस प्रकारले सर्वाधिक प्रतिक्षा गरिएको बाइकलाई नेपालकै सबैभन्दा ठूलो एक्सचेञ्ज कार्यक्रम यामाहा महा एक्सचेञ्ज मेलामार्फत् बिक्रीका लागि प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भएको छ,’ बिक्री शुभारम्भका अवसरमा यामाहाका सीईओ राजु क्षेत्रीले भने। युवाहरुले यामाहाको यो उत्पादनलाई रुचाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।