काठमाडौं- दसैं तथा तिहारको अवसरमा जावा बाइकले ग्राहकमुखी योजना ल्याएको छ। यस योजनाअन्तर्गत जावा बाइक खरिद गर्ने नयाँ ग्राहकलाई प्रफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
'जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमा चारवटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी ड्युटी कपडाको प्रयोग गरी तयार पारिएको छ। यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ। त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षासमेत प्रदान गर्दछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। स्थापनाकालदेखि नै यो कम्पनी अग्रणि कम्पनीका रुपमा रहँदै आएको बताइएको छ।
नेपालमा जावा बाइक अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो। आग्नि माटोइन्क प्रालि अग्नि ग्रुपअन्तर्गत स्थापित भगिनी संस्था हो। नेपालभर अग्नि मोटोइन्कको हाल १३ वटा डिलर नेटवर्क रहेको कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।