• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

अधिकारको दुरुपयोग : सत्तामा पुगेपछि ओली पनि उस्तै, देउवा पनि उस्तै

64x64
किशोर दहाल मंगलबार, असोज १२, २०७८  २१:१०
1140x725

काठमाडौं- प्रतिनिधि सभाको अघिल्लो अधिवेशन साउन ३ गते सुरु भएको थियो। साउन ३२ गते सरकारले हठात् अधिवेशन अन्त्य गर्‍यो। र, भोलिपल्टै राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गर्‍यो। एमाले र जनता समाजवादी पार्टी फुटाउनका लागि सो अध्यादेश ल्याइएको थियो। अध्यादेश जारी भएको सात दिनपछि नै ती दल विभाजन पनि भए।

भोलिपल्ट अध्यादेश ल्याउनका लागि अघिल्लो दिन मध्यरातमा संसद् अधिवेशन अन्त्य गरिएको थियो। अर्थात् अध्यादेश जारी गर्नका लागि सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर संसद् अधिवेशन अन्त्य गरिएको थियो। मान्यता हो, संसद् अधिवेशन चालु नरहेको अवस्थामा अध्यादेश ल्याउने। सरकारले भने अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गर्‍यो। सत्ता दुरुपयोगको अनौठो शैली प्रधानमन्त्री शेरबहादुर देउवाले अपनाए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीमा देउवा : ‘बदनाम पात्र’ले पाएको अर्को अवसरमंगलबार, असार २९, २०७८

संसद्को अधिवेशन चालु नरहेका बेला कुनै कानुनी प्रबन्ध गर्नुपर्ने जरुरी परेमा अध्यादेश ल्याउने संवैधानिक प्रावधान हो। तर, राजनीतिक दलसम्बन्धी अध्यादेश जनता वा देशको कुनै बृहत्तर हित सम्बोधन गर्न ल्याइएको थिएन। किनकि, दल विभाजनका लागि कानुनी अभाव थिएन। विद्यमान कानुनमा भएका प्रावधानलाई सम्बन्धितले सदुपयोग गर्न सक्थे नै। तर, देउवाले आफूमा निहित अधिकारको दुरुपयोग गरेका थिए। निश्चित दल फुटाएर लाभ लिने दुराशय राखेर उनले दल विभाजनको प्रावधानलाई साह्रै खुकुलो बनाइदिएका थिए। यसरी स्थिरताका कोणबाट संविधानको परिकल्पना विपरीतको अध्यादेश जारी गरेर देउवाले प्रधानमन्त्रीका रुपमा निभाउनुपर्ने अभिभावकीय भूमिकाप्रति घात गरेका थिए।

देउवा तिनै हुन्, जसले शक्तिको दुरुपयोग गर्ने अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशस्तै आलोचना गरेका थिए। २०७७ वैशाख ८ गते ओलीले तत्कालीन समाजवादी पार्टी विभाजनको नियत राखेर जारी गरेका अध्यादेशको समेत देउवाले आलोचना गरेका थिए। वैशाख ९ गते शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकपछि जारी विज्ञप्तिमा भनिएको थियो- 'संविधान निर्माण गर्दा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएका थिए। तर, राजनीतिक दलसम्बन्धी व्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको छ।'

यो पनि पढ्नुहोस्

शेरबहादुर देउवाका पाँच चुनौतीमंगलबार, असार २९, २०७८

कांग्रेसको त्यतिबेलाको विरोध स्थिरता खलबलिने चिन्तासँग सम्बन्धित थियो? कि, प्रधानमन्त्री ओलीको विरोध गर्ने प्रतिपक्षीय धर्म पालना मात्रै थियो? उनका आजका कदमले यी प्रश्न देउवासँगै सोधिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक दलसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को अंग बनिसकेको थियो। तर, हिजो (सोमबार) मात्रै मन्त्रिपरिषद् बैठकले भदौ १ गते जारी भएको अध्यादेश खारेजीको सिफारिस गर्‍यो। अध्यादेश सोमबारै खारेज पनि भइसकेको छ। संसद्‌मा प्रवेश भइसकेको विषयलाई त्यहीँबाट छिनोफानो हुन दिनु सान्दर्भिक हुन्थ्यो। संसदीय सर्वोच्चताको गीत गाउने कांग्रेस त यो विषयमा झन् प्रष्ट हुनुपर्ने हो। तर, कांग्रेसले सुनाउने लोकतन्त्रको कथा एकातिर छ, प्रधानमन्त्री देउवाको शक्ति अभ्यास अर्कोतिर।

अध्यादेश जसरी फिर्ता लिइयो, त्यसले हिजो सो अध्यादेश जारी गराउने कदममाथि नैतिक प्रश्न उठाएको छ। निश्चित दल विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको थियो, त्यो मिसन पूरा भएकाले खारेज गरिएको प्रष्ट छँदैथियो, पछिल्लो कदमले त्यो प्रष्टतालाई वैधता प्रदान गरेको छ।

यस्तो गलत नियत राखेर काम गर्ने प्रधानमन्त्री देउवाका कारण सो पदको मर्यादा कसरी जोगिएला?

यो पनि पढ्नुहोस्

प्रदेश प्रमुख हेरफेर : देउवाले पछ्याए ओलीकै शैलीमंगलबार, साउन १२, २०७८

अघिल्ला प्रधानमन्त्री ओलीले संविधानको हुर्मत लिन कुनै कसर बाँकी राखेका थिएनन्। उनले दुई–दुई पटक त प्रतिनिधि सभालाई विघटन गरेका थिए। आफ्नै दललाई ढाँटेर अनेकथरी अध्यादेश जारी गरेर अनेक लाभ उठाएका थिए। संसद्लाई पनि आफ्नो अनुकूलतामा सञ्चालन हुनसक्ने अवस्था सिर्जना गरेका थिए। जस्तो कि, २०७७ पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको अधिवेशन पुस २६ गते अन्त्य गरिएको थियो। त्यसबीचमा चार वटा बैठक मात्रै बसेका थिए। पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर आलोचित भइरहेका ओलीले राष्ट्रिय सभामा उठेका आवाजलाई बन्द गराउन सो रणनीति अपनाएका थिए।

फागुन ११ गते प्रतिनिधि सभा ब्युँतियो। फागुन २३ गतेपछि बैठक बस्न थाल्यो। तर, त्यसलाई बिजनेस दिएर जीवन्त बनाउने कुरामा ओलीले ध्यान दिएनन्। संसद्ले काम गर्न नसकेकाले भंग गर्नुपरेको आफ्नो दाबीलाई स्थापित गर्न उनले जानाजान त्यस खालको उपाय अपनाएका थिए। त्यसपछि पनि ओली कहिल्यै संसद्को सहयोगी भएनन्।

यो पनि पढ्नुहोस्

लोकतन्त्रलाई चोट दिने ‘ओली-पथ’मा देउवामंगलबार, भदौ १, २०७८

ओली गए, देउवा आए। संसद्‌लाई बोझ ठान्ने शैलीलाई निरन्तरता दिए। किनकि, संसद्प्रति देउवाको पनि सहयोगी व्यवहार देखिएको छैन। कारण जेसुकै होस्, नवौं अधिवेशनका सुरुवाती दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ। प्रतिपक्षलाई सहमत गराएर संसद्लाई सहज ढंगले सञ्चालन गराउने दायित्व सत्तापक्षको पनि हो। तर, अवरोध भइरहे एमाले नै बदनाम हुन्छ भन्ने रणनीति अख्तियार गरिरहेका देखिन्छन्, प्रधानमन्त्री देउवा। कानुनमन्त्रीमार्फत् उनले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग संवाद कायम राखिरहेका छन्, तर त्यसले परिणाम ननिकालेको प्रष्ट छ। ओली प्रधानमन्त्री भएका बेला उनले जसरी देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर दुई पक्षीय छलफल गर्न सक्थे, उनीबाट सहयोग लिन सक्थे। आज त्यो नैतिक बल देउवासँग छैन।

यो पनि पढ्नुहोस्

देउवा सरकारको 'शैली' : गर्ने काम नगर्ने, नागरिकलाई धम्की दिने!आइतबार, भदौ २०, २०७८

अध्यादेश र संसद्लाई पंगु बनाउने सवालमा मात्रै होइन, नागरिकलाई धम्क्याउने विषय होस् वा प्रदेश प्रमुख हेरफेरको विषय; यी लगायत कैयौं कदमका सन्दर्भमा उतिबेला ओलीले गरेका गल्तीलाई देउवाले पुनरावृत्ति गरिरहेका छन्। हिजो ओली जुन खालका गल्तीहरुको शृंखलामा फँसेर आलोचित हुनपुगे। आज देउवा फटाफट त्यही बाटो हिँडिरहेका छन्। परिणामतः प्रधानमन्त्रीका रुपमा ओली र देउवाबीच भेद मेटिँदै गएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्