• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लोकतन्त्रलाई चोट दिने ‘ओली-पथ’मा देउवा

64x64
किशोर दहाल मंगलबार, भदौ १, २०७८  १७:४३
1140x725

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ८ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए। त्यस दिन बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेको अध्यादेशमा दल विभाजनका लागि खुकुलो प्रावधान राखिएको थियो। राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पनि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य अनिवार्य हुनुपर्ने जुन प्रावधान थियो, ओलीले त्यसलाई केन्द्रीय समिति वा संसदीय दलको ४० प्रतिशत भए पुग्ने बनाइदिए। अर्थात् केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या आवश्यक पर्नेमा अब एउटामा मात्र ४० प्रतिशत संख्या पुगेमा दल विभाजन गर्न पाइने भयो।

ओलीको प्रहार तत्कालीन समाजवादी पार्टी लक्षित थियो। प्रधानमन्त्रीको रुपमा आफूले जे गरे पनि हुन्छ भन्ने अहंमा बगिरहेका उनले आफ्नो कदमले कस्तो सन्देश जान्छ भन्ने ख्याल गरेनन्। परिणामतः उनी दलभित्र र बाहिर हदैसम्म आलोचित बने। पार्टीभित्र आफ्नो विपक्षमा बनिरहेको समीकरणलाई 'काउन्टर' दिन समाजवादी पार्टी फुटाउने योजना बनाएका उनले विरोध खेप्न सकेनन्। अन्ततः १२ गते अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गरे। बरु, तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी रातारात एक भएर जनता समाजवादी पार्टी (जसपा)को जन्म भयो।

अध्यादेश ल्याउने सो कदमको नेपाली कांग्रेसले विरोध जनाएको थियो। वैशाख ९ गते शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले अध्यादेश ल्याउने कदमको भर्त्सना गर्दै अध्यादेश फिर्ता लिन माग गरेको थियो। 'संविधान निर्माण गर्दा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएका थिए। तर, राजनीतिक दलसम्बन्धी व्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको छ,' बैठकपछि जारी कांग्रेसको प्रेस विज्ञप्तिमा भनिएको थियो।

अनावश्यक शक्ति अभ्यासमा प्रधानमन्त्री ओलीलाई जुन खालको रुचि थियो, उनका उत्तराधिकारी प्रधानमन्त्री देउवाले पनि उही बाटो समातेका छन्। सम्बन्धितहरुसँग परामर्शबिना नै संसद् अधिवेशन अन्त्य गर्ने ओलीको जुन शैली थियो, सोमबार देउवाले त्यसैगरी संसद्को अधिवेशन अन्त्य गरिदिए। ओलीले अमुक दललाई लक्ष्य गरेर जसरी अध्यादेश जारी गरेका थिए, देउवाले पनि त्यसैगरी अध्यादेश जारी गरेका छन्। अझ, चलिरहेको संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याइहाल्ने ओलीको जुन शैली थियो, देउवाको शैली पनि उस्तै देखियो।

संसद् नचलिरहेको अवस्थामा तत्काल केही जरुरी कामका लागि कानुनी प्रबन्ध गर्नैपर्ने आवश्यकता पर्‍यो भने अध्यादेश ल्याउने प्रचलन र परिकल्पना हो। तर, पछिल्लो समय त्यसको ठीक उल्टो भइरहेको छ। हिजो ओली र अहिले देउवाले अध्यादेश ल्याउन संसद् अधिवेशनको आयु निर्धारण गर्ने गरेका छन्। यो संवैधानिक अधिकारको दुरुपयोग र संविधानमाथिको घात हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षमा हुँदा कांग्रेस र माओवादी केन्द्रलगायतले जसरी संसद्को भूमिका र मर्यादाको चिन्ता गर्दै संविधान र कानुनको परिकल्पनालाई सर्वोपरि महत्त्व दिएका थिए, सत्तापक्षमा पुग्नेबित्तिकै उनीहरु पनि निहीत उद्देश्य र स्वार्थको बन्धक भएका छन्। आफूहरु पनि ओलीभन्दा फरक नरहेको सन्देश दिएका छन्। 'सरकारले आफू र गठबन्धनमा आबद्ध पार्टीहरुबाट संसद्का बारेमा यसअगाडि भनिएका विषय केवल ढोङ र आडम्बर मात्रै थिए भन्ने पुष्टि भएको छ। यसले गठबन्धनले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्ति र साझा न्यूनतम कार्यक्रममा लिखित रुपमा व्यक्त गरेको प्रतिबद्धताको समेत धज्जी उडाएको छ,' मंगलबार एमालेको स्थायी कमिटीको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने।

यो अवस्थामा सत्तामा पुगेपछि अर्काको दल काट्न उठाइने हतियारले हाम्रो कलिलो लोकतन्त्र र गणतन्त्रलाई घाइते तुल्याउने यथार्थ भने ओझेल पर्दै गएको छ। विपक्षमा हुँदा लोकतन्त्र र प्रणालीको चिन्ता लाग्ने तर सत्तामा पुगेको केही हप्तामै त्यसैलाई क्षति पुर्‍याउने यस्ता कदम घातक छन्।

अध्यादेश ल्याउने कदमको एमालेले विरोध जनाएको छ। 'संसद् अधिवेशनलाई आकस्मिक रुपले अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने प्रमुख प्रतिपक्ष दलभित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्र्याउने जुन तयारी गरिँदै छ। यो विषय अत्यन्तै आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ। हाम्रो पार्टी गठबन्धन सरकारका यस्ता असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजनाप्रति गम्भीर विरोध प्रकट गर्दछ। लोकतान्त्रिक प्रणालीलाई नै विवादित बनाउने र संकटतिर धकेल्ने यस क्रियाकलापप्रति खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने संकल्प प्रकट गर्दछ। यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ,' ज्ञवालीले भने।

एमालेको यस किसिमको विरोधको अर्थ त्यतिबेला हुन्थ्यो, जतिबेला उसले सरकारको नेतृत्व गरिरहेका बेला यस खालको उपायको खेती गरेको हुँदैनथ्यो। तर, यतिबेला उसले सरकारलाई चेतावनी दिने नैतिक सामर्थ्य गुमाइसकेको छ। यो नै हाम्रो स्थिरता र कानुनी शासनका लागि कठिन अवस्था हो।

यो अवस्थामा सत्तामा पुगेपछि अर्काको दल काट्न उठाइने हतियारले हाम्रो कलिलो लोकतन्त्र र गणतन्त्रलाई घाइते तुल्याउने यथार्थ भने ओझेल पर्दै गएको छ। विपक्षमा हुँदा लोकतन्त्र र प्रणालीको चिन्ता लाग्ने तर सत्तामा पुगेको केही हप्तामै त्यसैलाई क्षति पुर्‍याउने यस्ता कदम घातक छन्।

अहिले नेकपा एमाले र अध्यक्ष ओलीप्रति सत्ता गठबन्धनमा रोष छ। त्यसैले सो पक्षलाई क्षति पुग्दा आफूलाई फाइदा पुग्ने आकलन सत्तापक्षको हुनसक्छ। गणितीय कोणबाट त्यो अस्वाभाविक नहोला। तर, लोकतन्त्र र संविधानको परिकल्पनालाई क्षति पुगिसकेपछि बाँकी सबै लाभहरुको अर्थ ओछ्यानमा फेरिएको पिसाबको न्यानोभन्दा बढी हुने छैन।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्