• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश प्रमुख हेरफेर : देउवाले पछ्याए ओलीकै शैली

64x64
किशोर दहाल मंगलबार, साउन १२, २०७८  २२:१४
1140x725

काठमाडौं– अघिल्लो (केपी शर्मा ओली नेतृत्वको) सरकारले २०७६ कात्तिक १७ गते त्यतिबेलाका सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गर्ने निर्णय गर्‍यो। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेपछि कांग्रेसका नेताहरुले आपत्ति जनाए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको विरोध भने बुँदागत थियो। जसमध्ये एउटा बुँदा थियो- 'अहिले सरकारको प्राथमिकता प्रदेशका प्रमुखहरुको बर्खास्ती गर्ने कुरा हो? वा, आफूले जनतासमक्ष गरेको बाचा बमोजिमका विषयवस्तुमा गम्भीरतापूर्वक अगाडि जाने हो? प्राथमिकताको हिसाबले मिलेन।'

त्यसपछि पनि पटक–पटक प्रदेश प्रमुख हेरफेर भइरहे। सँगसँगै समर्थन र विरोध पनि चलिरहे। कार्यकालको अन्तिमतिर प्रधानमन्त्री ओलीले सातै प्रदेशमा आफू निकटकालाई प्रमुखहरु बनाउन अस्वभाविक हेरफेर गरेका थिए। त्यसैक्रममा गत फागुन ७ गते प्रदेश २ तथा वैशाख २० गते गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु हेरफेर गरिएका थिए। नेकपा एकै हुँदा पूर्वमाओवादीका तर्फबाट नियुक्त भएका प्रदेश प्रमुखहरुलाई नेकपा विभाजनपछि ओलीले हटाएर आफू निकटका व्यक्तिहरु ल्याएका थिए। यस्ता हेरफेरमा उनले सार्वजनिक रुपमा औचित्य पुष्टि गर्नु जरुरी ठानेका थिएनन्।

संविधानले पाँच वर्ष कार्यकालको अपेक्षा गरेको भए पनि ओलीकै कारण व्यवहारिक रुपमा भने प्रदेश प्रमुखको पद केही महिनामा सीमित हुने स्थिति उत्पन्न भएको थियो। शक्ति अभ्यास गर्ने रुचीकै कारण उनले प्रदेश प्रमुख पदलाई दलीय र गुटीय स्वार्थको मोहरा बनाएका थिए। यस्तैयस्तै कारणले गर्दा प्रधानमन्त्री ओलीको देउवा समेतले आलोचना गर्ने गरेका थिए। प्रधानमन्त्रीबाट ओली बाहिरिए। देउवा भित्रिए। तर, देउवाले पनि ओलीकै शैली अनुकरण गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसबाट दुई वटा प्रदेशका प्रमुखहरु बर्खास्तीमा परेका छन्। गण्डकी प्रदेशकी प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव बर्खास्तीमा परेका हुन्। पौडेल गत वैशाख २० गते मात्रै सो पदमा नियुक्त भएकी थिइन्। यादव भने २०७६ कात्तिकदेखि सोही पदमा कायम छन्। त्यस्तै, मंगलबारै ती दुवै प्रदेशमा नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरिएका छन्। जसअनुसार, गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचन नियुक्त भएका हुन्। शेरचन यसअघि गण्डकी प्रदेशमा प्रमुख थिए। उनले २०७६ कात्तिकदेखि २०७८ वैशाखसम्म जिम्मेवारी सम्हालेका थिए। संविधानमा 'एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन' भन्ने व्यवस्था भएकै कारण उनी यसपटक गण्डकीबाट लुम्बिनी पुगेका हुन्।

तर, २०७६ सालको हेरफेरको बेला कांग्रेस प्रवक्ताले 'सरकारको प्राथमिकता यही हो?' भनेर जुन प्रश्न गरेका थिए, आज देउवा सरकार सामु पनि सोही प्रश्न तेर्सिएको छ।

प्रधानमन्त्री ओली र देउवा दुवैको प्रवृत्ति गलत भएको बताउँछन्, संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्य। 'यस्तो पदमा पहिले नै सोच विचार गरेर उपयुक्त व्यक्ति नियुक्त गर्नुपर्छ। ओलीले पनि गल्ती गरेका थिए। देउवाले त्यही गल्तीको पुनरावृत्ति गरेका छन्। यो एकदमै आपत्तिजनक कुरा हो। यस्तो गर्ने छुट प्रधानमन्त्रीलाई हुँदैन', नेपाल लाइभसँग कुरा गर्दै आचार्यले भने।

प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि देउवाले आफ्नै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। हतारहतार विश्वासको मत लिएर बाँकी पदावधि सुरक्षित गरेका उनले सरकारको प्राथमिकताबारे कुनै ठोस दृष्टि पनि प्रस्तुत गर्न सकेका छैनन्। तर, प्रदेश प्रमुखको हेरफेरलाई भने प्राथमिकता दिएका छन्। जबकि, बर्खास्त गरिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारलाई अहसयोग गरेको वा नयाँ सरकार आएपछि विवादित भएको अवस्था थिएन। सरकारको यो निर्णय ओलीका मान्छे हटाएर आफ्ना मान्छेलाई जागिर खुवाइहालौं भन्ने अभिप्रायभन्दा बढी केही देखिँदैन।

संविधानले दिएको भूमिकालाई केलाउने हो भने प्रदेश प्रमुख सम्बन्धित प्रदेशको राष्ट्रपति जस्तै हो। त्यसैले समग्र राष्ट्रको सन्दर्भमा राष्ट्रपतिको जुन मर्यादाको अपेक्षा गरिन्छ, सम्बन्धित प्रदेशको सन्दर्भमा प्रदेश प्रमुखको मर्यादा पनि सोही खालको अपेक्षा गरिन्छ। तर, उनीहरुलाई पदमुक्त गर्ने कुनै ठेगान र मापदण्ड कायम नभएपछि सो पदको कुनै मर्यादा बाँकी नरहने सरोकारवालाहरुले चिन्ता व्यक्त गर्ने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'यस्तो क्रियाकलापले सो पदको गरिमालाई गम्भीर आघात पुर्‍याउँछ। त्यो पद र संस्थामाथि जोडिएको जनताको विश्वासमाथि पनि आघात पुर्‍याउँछ। यस्ता कुरा अन्तिममा लोकतन्त्र र संविधानसँग जोडिएको हुन्छ। र अन्तत्वगत्वा संविधान र व्यवस्थाप्रति नै मानिसमा अनास्था फैलिन्छ', संवैधानिक कानुनका जानकार आचार्य भन्छन्।

नेपाल बार एशोसिएशनका पूर्व महासचिव सुनिल पोखरेल प्रदेश प्रमुखको पदलाई कुनै संस्थाको 'जीएम' जस्तो बनाइएको टिप्पणी गर्छन्। 'संघीय शासन व्यवस्थामा प्रदेश प्रमुखको पद अति सम्मानित र मर्यादित हुने गर्छ। तर, विगतमा ओली सरकार र अहिले देउवा सरकारले यो पदलाई कुनै संस्थानको जिएम जस्तै बनायो। हठात पदमुक्त र नियुक्त!', ट्विटरमा उनले लेखेका छन्।

प्रदेश प्रमुख हेरफेर शृंखला
२०७४ माघ ३ गते- मन्त्रिपरिषद्‌द्वारा सातै प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त गरिए। जसअनुसार, प्रदेश १ मा डा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, बागमती प्रदेशमा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, लुम्बिनी प्रदेशमा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाद र सुदुरपश्चिम प्रदेशमा मोहनराज मल्ल नियुक्त भएका थिए। कायस्थ तत्कालीन संघीय समाजवादी फोरम र झा तत्कालीन राजपाका तर्फबाट प्रदेश प्रमुख भएका थिए। बाँकी सबै कांग्रेसको तर्फबाट प्रदेश प्रमुख भएका थिए।

२०७६ कात्तिक १७- त्यसै दिन बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सातै जना प्रदेश प्रमुखहरु बर्खास्त गरिए। 

२०७६ कात्तिक १८- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त। जसअनुसार, प्रदेश १ मा सोमनाथ अधिकारी, प्रदेश २ मा तिलक परियार, बागमती प्रदेशमा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, लुम्बिनी प्रदेशमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी, सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त (त्रिपाठी) नियुक्त भएका थिए। जसमध्ये परियार, शेरचन र पन्त पूर्वमाओवादीका तर्फबाट र बाँकी पूर्वएमालेको तर्फबाट नियुक्त भएका थिए।

२०७७ फागुन ७- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार बर्खास्त गरिए। त्यसैदिन राजेश झा 'अहिराज' नियुक्त गरिए।

२०७८ वैशाख २०- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु बर्खास्त गरिए। त्यसैदिन सीताकुमारी पौडेल र गंगाप्रसाद यादव नियुक्त गरिए।

२०७८ साउन १२- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रमुखहरु सीताकुमारी पौडेल र धर्मनाथ यादव बर्खास्त गरिए। आजै पृथ्वीमान गुरुङ र अमिक शेरचन नियुक्त गरिए।


यो पनि पढ्नुहोस्-

प्रदेश प्रमुख अदलबदल प्रकरण : 'काल पल्किएला भन्ने डर!'

प्रदेश प्रमुख फेरबदलबाट ओलीले दिन खोजेको सन्देश
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्