• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा सरकारको 'शैली' : गर्ने काम नगर्ने, नागरिकलाई धम्की दिने!

64x64
किशोर दहाल आइतबार, भदौ २०, २०७८  १८:०१
1140x725

काठमाडौं– गृह मन्त्रालयले पछिल्लो दुई दिनको अन्तरालमा दुई वटा विज्ञप्ति जारी गरेको छ। भदौ १८ र २० मा जारी दुई विज्ञप्तिको सार उस्तै किसिमको छ। अर्थात्, सरकारले नागरिकलाई औपचारिक रुपमै ‘धम्की’ दिएको छ। त्यसको कारण पनि उस्तै छ– ‘मित्रराष्ट्र’का प्रति नेपाली नागरिकबाट व्यक्त आक्रोश।

कूटनीति र भूराजनीति जोडिएका दुई विषय अहिले चर्चामा छन्– अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता र दार्चुलाको सीमावर्ती क्षेत्रमा भएको तुइन प्रकरण। यिनै सन्दर्भमा नागरिकमा आक्रोश बढ्दै गएको छ। त्यसको परिणाम सडकमा पोखिन थालेका छन्। जसप्रति लक्षित गर्दै सरकारले धम्कीको भाषामा विज्ञप्ति जारी गरेको हो। यद्यपि, विज्ञप्तिमा यी विषय प्रष्टसँग इंगित गरिएको छैन।

'विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ। त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाहीसमेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ', भदौ १८ गते जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजनाको सन्दर्भमा निकालेको यो धम्कीपूर्ण विज्ञप्ति एमसीसीको विरोधमा उठेका आवाज दबाउने अभिप्रायका साथ आएको हो भन्ने बुझ्न कठिन छैन। किनकि, यही विषय अहिले पेचिलो रुपमा उठिरहेको छ। आम नेपालीलाई यो विषय प्रष्टसँग बुझाउन नसक्दा वा जनस्तरबाट उठिरहेका प्रश्नको सम्बोधन गर्न नसक्दा सरकारको आलोचना बढ्दै गइरहेको छ। अर्कोतिर, आम आक्रोशकै बीच सदनबाट एमसीसी पारित गराउने रणनीतिमा सरकार लागेको छ। सम्भवतः त्यसकै लागि हठात् संसद अधिवेशन अन्त्य गरेको एक महिना नपुग्दै संसद अधिवेशन आह्वान गरिएको छ। जुन कदम 'राष्ट्रघाती' हो भन्ने धेरैको बुझाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

शनिबार सरकारको यो धम्कीलाई एमाले उपाध्यक्ष भीम रावलले चुनौति नै दिएका थिए। 'म शेरबहादुर देउवाजीलाई चुनौतिका साथ भन्छु, एमसीसी राष्ट्रघाती सम्झौता हो। मैले भनेँ। मलाई गिरफ्तार गर्नुस्। गृहमन्त्रालय आऊ, मलाई पक्रेर लग', कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भनेका थिए, 'धम्क्याएर देशभक्त नेपाली जनता धम्किदैनन्। यो निरंकुशतन्त्र होइन। नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो। तिम्रो धम्कीको कुनै मूल्य छैन।'

सरकारलाई विषय सुल्झाउन सकस देखिएको अर्को विषय हो, भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएका कारण नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको। धामी साउन १५ गते महाकाली नदिमा बेपत्ता भएका थिए। तर, ३८ दिन बितिसक्दा पनि सरकारले आफ्नो नागरिकलाई न्याय दिलाउन कुनै खालको प्रभावकारी कूटनीतिक प्रक्रिया अघि बढाएको छैन। बरु, घटनालाई सामान्यीकरण गर्न र कतिपयको बुझाइ अनुसार 'ढाकछोप' गर्न सरकारले रुचि देखाएको आरोप लाग्दै गएको छ।

तुइन प्रकरणमा सरकारको असंवेदनशीलता झल्किरहेको बेलामा भारतीयले नेपाली भूमिमै हेलिकोप्टर उडाइरहेको खबरहरु सार्वजनिक भइरहेका छन्। यसले आम नागरिकलाई झन् बढी आक्रोशित तुल्याइरहेको छ। यस्तो अवस्थामा सार्वभौम मुलुकको सरकारप्रति नागरिक अपेक्षा भनेको त्यस किसिमका हेपाहा व्यवहारको प्रतिवाद गर्ने नै हो। तर, सरकारले नागरिकको अपेक्षा पूरा गर्ने होइन, मुख बन्द गराउन सहज ठानेको देखिन्छ।

'मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ। भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गरिनेछ', भदौ २० गते गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ।'

तर, पछिल्ला समस्याहरुलाई सरकारले उसकै शब्दमा 'वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान' गर्न खोजेको अनुभूति हुनसकेको छैन। सरकारले त्यसो गर्न खोजेको आभास पनि नागरिकलाई भइरहेको छैन।
नागरिकले गर्ने विरोधलाई रोक्ने सरकारको कोसिस गलत भएको बताउँछन्, राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल। ' सरकारले नागरिकलाई धम्की दिनु लोकतन्त्रको उपहास हो। सरकारले नागरिकको लोकतान्त्रिक अधिकारमाथि धावा बोलेको हो', उनी भन्छन्। उनले सरकार कति पानीमा छ भनेर नागरिक सडकमा आएर जाँच लिनुपर्ने बताए।

'जयसिंह धामीको विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आफूहरुसँग नेपाल सरकारले कुरा नभएको र मिडियाबाट अलिअलि कुरा सुनेका छौं भनिसके', पोखरेलको भनाइ छ, 'नेपाल सरकारले कुरा त राख्नुपर्‍यो नि।'

सामाजिक सञ्जालदेखि बौद्धिक समुदायबाट भइरहेको आलोचनालाई गलत अर्थ लगाइएको गृहमन्त्रालयको भनाइ छ। 'कानुनअनुसार गर, नभए कानुनअनुसार कारबाही हुन्छ भनेर राज्यले भन्न सक्छ नि त', गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जसको हस्ताक्षरमा विज्ञप्ति जारी भएको छ, उनले भने, 'सबैले कानुन अनुसार चल्नुपर्‍यो। त्यही कुरा राज्यले सम्झाएको हो।'
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठा... बिहीबार, जेठ ७, २०८३
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अस्थायी रुपमा रहेको प्रदेशसभाको भवनबाट बजेट अधिवेशनको दोस्रो बैठकमा आज सरकारले आर्थिक वर्ष २०८२/८३... बिहीबार, जेठ ७, २०८३
आज तीन वटा संसदीय समितिको बैठक बस्दै आज बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । आजको बैठकमा आ.ब. २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्... बिहीबार, जेठ ७, २०८३
ताजा समाचारसबै
कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ बिहीबार, जेठ ७, २०८३
गोसाइकुण्डमा गङ्गादशहरा मेला सुरु बिहीबार, जेठ ७, २०८३
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै बिहीबार, जेठ ७, २०८३
आज तीन वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, जेठ ७, २०८३
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्