• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा सरकारको 'शैली' : गर्ने काम नगर्ने, नागरिकलाई धम्की दिने!

64x64
किशोर दहाल आइतबार, भदौ २०, २०७८  १८:०१
1140x725

काठमाडौं– गृह मन्त्रालयले पछिल्लो दुई दिनको अन्तरालमा दुई वटा विज्ञप्ति जारी गरेको छ। भदौ १८ र २० मा जारी दुई विज्ञप्तिको सार उस्तै किसिमको छ। अर्थात्, सरकारले नागरिकलाई औपचारिक रुपमै ‘धम्की’ दिएको छ। त्यसको कारण पनि उस्तै छ– ‘मित्रराष्ट्र’का प्रति नेपाली नागरिकबाट व्यक्त आक्रोश।

कूटनीति र भूराजनीति जोडिएका दुई विषय अहिले चर्चामा छन्– अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता र दार्चुलाको सीमावर्ती क्षेत्रमा भएको तुइन प्रकरण। यिनै सन्दर्भमा नागरिकमा आक्रोश बढ्दै गएको छ। त्यसको परिणाम सडकमा पोखिन थालेका छन्। जसप्रति लक्षित गर्दै सरकारले धम्कीको भाषामा विज्ञप्ति जारी गरेको हो। यद्यपि, विज्ञप्तिमा यी विषय प्रष्टसँग इंगित गरिएको छैन।

'विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ। त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाहीसमेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ', भदौ १८ गते जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजनाको सन्दर्भमा निकालेको यो धम्कीपूर्ण विज्ञप्ति एमसीसीको विरोधमा उठेका आवाज दबाउने अभिप्रायका साथ आएको हो भन्ने बुझ्न कठिन छैन। किनकि, यही विषय अहिले पेचिलो रुपमा उठिरहेको छ। आम नेपालीलाई यो विषय प्रष्टसँग बुझाउन नसक्दा वा जनस्तरबाट उठिरहेका प्रश्नको सम्बोधन गर्न नसक्दा सरकारको आलोचना बढ्दै गइरहेको छ। अर्कोतिर, आम आक्रोशकै बीच सदनबाट एमसीसी पारित गराउने रणनीतिमा सरकार लागेको छ। सम्भवतः त्यसकै लागि हठात् संसद अधिवेशन अन्त्य गरेको एक महिना नपुग्दै संसद अधिवेशन आह्वान गरिएको छ। जुन कदम 'राष्ट्रघाती' हो भन्ने धेरैको बुझाइ छ।

Ncell 2
Ncell 2

शनिबार सरकारको यो धम्कीलाई एमाले उपाध्यक्ष भीम रावलले चुनौति नै दिएका थिए। 'म शेरबहादुर देउवाजीलाई चुनौतिका साथ भन्छु, एमसीसी राष्ट्रघाती सम्झौता हो। मैले भनेँ। मलाई गिरफ्तार गर्नुस्। गृहमन्त्रालय आऊ, मलाई पक्रेर लग', कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भनेका थिए, 'धम्क्याएर देशभक्त नेपाली जनता धम्किदैनन्। यो निरंकुशतन्त्र होइन। नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो। तिम्रो धम्कीको कुनै मूल्य छैन।'

सरकारलाई विषय सुल्झाउन सकस देखिएको अर्को विषय हो, भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएका कारण नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको। धामी साउन १५ गते महाकाली नदिमा बेपत्ता भएका थिए। तर, ३८ दिन बितिसक्दा पनि सरकारले आफ्नो नागरिकलाई न्याय दिलाउन कुनै खालको प्रभावकारी कूटनीतिक प्रक्रिया अघि बढाएको छैन। बरु, घटनालाई सामान्यीकरण गर्न र कतिपयको बुझाइ अनुसार 'ढाकछोप' गर्न सरकारले रुचि देखाएको आरोप लाग्दै गएको छ।

तुइन प्रकरणमा सरकारको असंवेदनशीलता झल्किरहेको बेलामा भारतीयले नेपाली भूमिमै हेलिकोप्टर उडाइरहेको खबरहरु सार्वजनिक भइरहेका छन्। यसले आम नागरिकलाई झन् बढी आक्रोशित तुल्याइरहेको छ। यस्तो अवस्थामा सार्वभौम मुलुकको सरकारप्रति नागरिक अपेक्षा भनेको त्यस किसिमका हेपाहा व्यवहारको प्रतिवाद गर्ने नै हो। तर, सरकारले नागरिकको अपेक्षा पूरा गर्ने होइन, मुख बन्द गराउन सहज ठानेको देखिन्छ।

'मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ। भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गरिनेछ', भदौ २० गते गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ।'

तर, पछिल्ला समस्याहरुलाई सरकारले उसकै शब्दमा 'वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान' गर्न खोजेको अनुभूति हुनसकेको छैन। सरकारले त्यसो गर्न खोजेको आभास पनि नागरिकलाई भइरहेको छैन।
नागरिकले गर्ने विरोधलाई रोक्ने सरकारको कोसिस गलत भएको बताउँछन्, राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल। ' सरकारले नागरिकलाई धम्की दिनु लोकतन्त्रको उपहास हो। सरकारले नागरिकको लोकतान्त्रिक अधिकारमाथि धावा बोलेको हो', उनी भन्छन्। उनले सरकार कति पानीमा छ भनेर नागरिक सडकमा आएर जाँच लिनुपर्ने बताए।

'जयसिंह धामीको विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आफूहरुसँग नेपाल सरकारले कुरा नभएको र मिडियाबाट अलिअलि कुरा सुनेका छौं भनिसके', पोखरेलको भनाइ छ, 'नेपाल सरकारले कुरा त राख्नुपर्‍यो नि।'

सामाजिक सञ्जालदेखि बौद्धिक समुदायबाट भइरहेको आलोचनालाई गलत अर्थ लगाइएको गृहमन्त्रालयको भनाइ छ। 'कानुनअनुसार गर, नभए कानुनअनुसार कारबाही हुन्छ भनेर राज्यले भन्न सक्छ नि त', गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जसको हस्ताक्षरमा विज्ञप्ति जारी भएको छ, उनले भने, 'सबैले कानुन अनुसार चल्नुपर्‍यो। त्यही कुरा राज्यले सम्झाएको हो।'
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्