प्रतिकात्मक तस्वीरि
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
महाशाखाले मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल अन्य स्थानहरुमा पनि विकास हुने क्रममा रहेको जनाएको छ।
महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीमा न्यून चापीय क्षेत्र बन्न सुरु भइ असोज ९ गते बनेको 'गुलाव' नामक शक्तिशाली चक्रवातका कारण नेपालमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गुलाव चक्रवात अहिले भारतको उडिसामा अवतरण भइ न्यून चापीय क्षेत्रको रुपमा पश्चिम दिशातर्फ अगाडि बढिरहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले तत्काल भारी वर्षा हुने सम्भावना कम रहे पनि सतर्कता अपनाउन भने अनुरोध गरेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जानाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।